• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १३ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १४ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १४ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

‘अन्य विद्यार्थीसँगै पढ्छन् अपाङ्गता भएका विद्यार्थी’

  •  बिहिबार, भदौ १२, २०८२ मा प्रकाशित

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरको लालझाँडी गाउँपालिका–३ बल्मीस्थित पूर्णिमा आधारभूत विद्यालयमा शारीरिक अपाङ्गता भएका विद्यार्थीलाई पनि अन्य विद्यार्थीहरुसँगै कक्षाकोठामा राखिएको छ । यस्ता विद्यार्थीका लागि छुट्टै शिक्षकको व्यवस्था गरिए पनि अन्य विद्यार्थीहरुसँगै राखेर पढाइन्छ ।

शारीरिक रूपमा अशक्त बालबालिका शिक्षाबाट वञ्जित नहोऊन् भन्ने उद्देश्यले अन्य विद्यार्थीसँगै कक्षा कोठामा राखेर पठनपाठन गर्ने गरिएको पूर्णिमा आधारभूत विद्यालयका प्रधानाध्यापक लोकबहादुर वडायकले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष मात्रै विद्यालयले चार जना अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा भर्ना गरेको छ ।

बालविकास कक्षामा अपाङ्गता भएका बालबालिकालाई पठनपाठनका लागि दातृ निकायको सहयोगमा छुट्टै शिक्षकको व्यवस्था गरिएको छ । “हामीले वडामा रहेका अपाङ्गता भएका बालबालिकाको पत्ता लगाएर विद्यालयमा भर्ना गर्न लगायाँै,” प्रधानाध्यापक वडायकले भन्नुभयो, “अरूलाई देखेर पनि बालबालिकाको मनोबल बढ्छ कि भनेर हामीले विद्यालयमा भर्ना गरेका हौँ ।”

विद्यालय भर्ना भएपछि बालबालिकामा सुधार आइरहेको उहाँको भनाइ छ । “कक्षा ५ मा एक जना बच्चा देख्न र बोल्न सक्दैनन्, तर पनि हामीले पढाइमा लगाव बढाउन उत्प्रेरित गरिरहेका छौँ”, वडायकले भन्नुभयो ।

अपाङ्गता भएकै कारण घरको कोठाबाट बाहिर आउन नसक्ने लालझाडी गाउँपालिका–३ बल्मीकामयन्क राना हाल कक्षा कोठामा अन्य विद्यार्थीसँगै पढाइ गर्नुहुन्छ । “मैले त छोरा यसरी विद्यालयमा भर्ना होला भन्ने कल्पनासमेत गरेकी थिएन”, आमा श्रीमतु रानाले भन्नुभयो, “हाल छोरा अलिअलि हिँड्छ, विद्यालयमा भर्ना भएको छ । विद्यालयमा ल्याउने लिने काम म आफैँले गरिरहेकी छु ।”

उहाँले छोराको खुट्टामा समस्या भएका कारण विगतमा हिँडडुल गनए सकिँदैन भनेर घरमै राख्ने गरेको भए पनि नजिकैको विद्यालयले भर्नाै लिने र पढाउने भनेपछि हाल केही सहज भएका भन्दै खुसी व्यक्त गर्नुभयो । “छोरो बस्न र हिँड्डुल गर्न सक्दैन थियो,धेरै अस्पतालमा उपचारका लागि गए, केही सुधार भएन । विद्यालय भर्ना भएपछि पहिलाको तुलनामा धेरै फरक आएको छ । धेरै खुसी छु”, रानाले भन्नुभयो ।

हाल उक्त विद्यालयको बालविकास कक्षामा तीन जना अपाङ्गता भएका बालबालिका छन् । यहाँको भानु माध्यमिक विद्यालयमा पनि अपाङ्गता भएका विद्यार्थीलाई अन्य विद्यार्थीसँगै राखेर अध्यापन गरिँदै आइएको छ । विद्यालयका प्रधानाध्यापक वेदप्रसाद उपाध्यायले हाल अपाङ्गता भएका विद्यार्थीलाई लक्षित कक्षा कोठा व्यवस्थापन गरेर पठनपाठन भइरहेको जानकारी दिनुभयो ।

“कक्षामा कम सुन्ने, पछाडिबाट बोर्डमा लेखेको नदेख्ने र शारीरिक अपाङ्गता भएका विद्यार्थीलाई कक्षामा छुट्टै बस्ने व्यवस्थापन गरेर पठनपाठन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “अझै पनि धेरै अपाङ्गता भएका विद्यार्थीहरू शिक्षाको पहुँच बाहिर छन् । यस पटक हामीले विद्यार्थी भर्ना अभियानमा अपाङ्गता भएका बालबालिकालाई समेत भर्ना गरेका छौँ । यहाँ २३ जना अपाङ्गता भएका विद्यार्थीले अध्ययन गर्ने अवसर पाएका छन् ।”

सामान्यतः अपाङ्ता भएका बालबालिकाका लागि छुट्टै विद्यालय हुनुपर्ने व्यवस्था छ, तर यस क्षेत्रमा त्यस्तो विद्यालय छैन । जसले गर्दा धेरैजसो अभिभावक शिक्षाबाट वञ्चित भइरहेका छन् । यहाँका दुई विद्यालयले अन्य विद्यार्थीसँगै राखेर अपाङ्गता भएका बालबालिकालाई पनि अध्ययन गराउन थालेपछि केही सहज भएको छ । रासस

बिहिबार, भदौ १२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.