• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • २ घण्टा 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

काभ्रेको पशुचौपायामा ‘लम्पी स्किन’ सङ्क्रमण

  •  बिहिबार, भदौ १२, २०८२ मा प्रकाशित

काभ्रेपलाञ्चोक । बनेपा नगरको केही वडामा पशुचौपायामा‘लम्पी–स्किन’को सङ्क्रमण देखिएको छ। वडा नं १२ र १४ का केही दुधालु पशुमा देखिएको सङ्क्रण पुष्टी भएको पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

जिल्लाको धुलिखेल,पाँचखाल तथा मण्डनदेउपुरमासमेत सङ्क्रमण देखिएको र परीक्षणका लागि प्रयोगशाला पठाउन नमूना सङ्कलन भइरहेको जनाइएको छ। कार्यालयका प्राविधिक तारामान तामाङकाअनुसार विगत छ महिनादेखि काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक दुई जिल्लाका २५ स्थानीय तहका पशुमा लम्पी–स्किनविरुद्धको खोप लगाइएको छ,भने भदौ पहलिो हप्ता सप्ताहब्यापी चेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ।

बनेपाको ११ नं वडामा एक र १२ नं वडाको एक गाईमा लम्पी–स्किन सङ्क्रमण परीक्षण गर्दा पुष्टी भएको नगर पशु सेवा शाखा प्रमुख चिरन्जिवी शर्माले बताउनुभयो। उहाँका अनुसार ती दुई स्थानका पशुमा लम्पी–स्किन सङ्क्रमण पुष्टी भएलगत्तै त्यस क्षेत्र वरिपरिका गाई–भैंसीमा दोहो¥याएर खोप लगाइसकिएको छ। छ महिनाको अवधिमा बनेपा नगरको १६ हजार पशुमा लम्पी–स्किनविरुद्धको खोप लगाइएको शर्माले बताउनुभयो।

जिल्लास्थित पश् सेवा कार्यालयका अनुसार गत वर्ष काभ्रेपलाञ्चोकमा लम्पी–स्किन सङ्क्रमित २८ हजार ६५६ पशुमध्ये एक हजार २७४ पशु मरेका थिए। जिल्लाको १३ स्थानीय तहमध्ये केही तहले पशु मरेका किसानलाई राहत प्रदान गरेका थिए।

नेपालमा विसं २०७७ साउनमा मोरङमा पहिलो पटक यो रोग पुष्टि भएको थियो। त्यसपश्चात नेपालका सात वटै प्रदेशका विभिन्न जिल्लामा यो रोग फैलँदा दूध उत्पादनमा ठूलो मात्रामा ह्रास आएको जनाइएको छ। डा.प्रकाश अधिकारीका अनुसार यो रोगको सङ्क्रमण भएको लैनो गाईभैँसीमा दूध दिने क्षमता ७० प्रतिशतसम्म घट्ने गर्दछ। गाईभैँसीमा यो रोग देखापरेमा ज्वरो आउने,झोक्राउने,दानापानी कम खाने,दूध उत्पादन घट्ने,छालामा एकदेखि पाँच सेन्टिमिटरको कडा गोलो गिर्खा देखिने,ओठमुख र नाकभित्र घाउ देखिने,आँखा र नाकबाट अत्याधिक मात्रामा तरल पदार्थ आउने,¥याल काढ्ने, लिम्फनोड सुनिने लक्षण देखापर्ने र अन्त्यमा मृत्यु हुने हुन्छ।

यस्तै लम्पी स्किन रोग लगाउने भाइरस् गोठको वातावरणमा लामो समयसम्म जीवित रहन्छ। यो रोग लागेर मरेका पशुको उचित तरिकाले गाड्ने वा जलाउनेकार्य छिटोभन्दा छिटो गर्नुपर्दछ। लामखुट्टे,किर्ना र भुसुनाजस्ता कीराले यो रोगको बिषाणु रोगी पशुबाट स्वस्थ पशुमा सर्ने गर्छन्। वर्षात्को मौसममा बढी देखिने यो रोग रोगी पशुको सिङ्गान,दूध र घाउबाट निस्केको पीप,रगतजस्ता जैविक रसको प्रत्यक्ष संसर्गबाट सर्नसक्छ। सङ्क्रमित गाईबस्तुको ओसारपसारबाट,सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट,प्राकृतिक वा कृत्रिम गर्भाधानबाट पनि यो रोग सर्ने गरेको पाइएको छ।रासस

बिहिबार, भदौ १२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ताजा

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.