भक्तपुर । नेपाल रेडक्रस सोसाइटीले भक्तपुर जिल्ला शाखाले टोलटोलमा मनोपरामर्श सेवा सञ्चालन गरेको छ।
गत भदौ २३ र २४ गते भएको जेनजी समूहको प्रदर्शनपश्चात् आम जनमानसमा देखिएको अन्यौलता, तनाव, चिन्ता आघातजन्य अवस्था रहेको पाइएपछि सम्भावित दुर्घटनाबाट जोगाउन मनोपरामर्श सेवा सञ्चालन गरेको शाखाका रेडक्रस भक्तपुर शाखाका महामन्त्री धर्मराज कार्कीले जानकारी दिनुभयो ।
नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवकहरू प्रभावित व्यक्ति, परिवार, सुरक्षा निकाय, विद्यालय, अस्पतालमा पुगेर सेवा सञ्चालनको अभियाननै थालेको उहाँले बताउनुभयो । शाखाले आफ्ना मनोसामाजिक मनोपरामर्श तालिम प्राप्त स्वयंसेवकहरूलाई समुदायमा आवश्यकताअनुसार आफूलाई पायक पर्ने स्थानमा पुगेर मनोरामर्श दिने अभियान सञ्चालन गरेको उहाँले जानकारी दिनुभयो ।
