• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • ८ घण्टा 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

अपाङ्गता भएकालाई सहयोग सामग्री

  •  शुक्रबार, असोज १०, २०८२ मा प्रकाशित

लम्की (कैलाली) । कैलालीका तीन पालिकामा रहेका ६८ जना अपाङ्गता भएकालाई सहयोग सामग्री वितरण गरिएको छ । अपाङ्गता भएका विद्यार्थीलाई शिक्षामा सहज पहुँच स्थापित गर्नका लागि सहयोग सामग्री वितरण गरिएको जनाइएको छ ।

अपाङ्गता भएका विद्यार्थी उमेर समूहका बालबालिकालाई उनीहरूको आवश्यकता पहिचान गरी १६ प्रकारका ९२ वटा सामग्री वितरण गरिएको हो । जसमा लम्कीचुहा नगरपालिकामा १८ जनालाई २४ प्रकारका सहयोग सामग्री, जानकी गाउँपालिकामा २६ जनालाई ३९ प्रकारका र टीकापुर नगरपालिकामा २४ जनालाई २९ प्रकारका विभिन्न सहयोग सामग्री वितरण गरिएको हो ।

कूल रु १३ लाख ५१ हजार ८४० बराबरको सहयोगी संस्थाको बजेटमा ह्विलचियर, कर्सी, ट्वाइलेट चियर, कृत्रिम खुट्टा, कृत्रिम औलालगायतका १६ प्रकारका सहयोग सामग्री वितरण गरिएको गुडनेवर्स इन्टरनेशनल नेपालका कार्यक्रम संयोजक अरूण चौधरीले जानकारी दिनुभएको छ ।

गुडनेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग, सेवक नेपाल कैलालीसँगको साझेदारी र लम्कीचुहा नगरपालिका, जानकी गाउँपालिका र टीकापुर नगरपालिकासँगको समन्वयमा समावेशी परियोजनामार्फत उक्त सहयोग सामग्री वितरण गरिएको हो ।

जानकी गाउँपालिकाले पालिकाभित्र रहेका विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिको पहिचान गर्न र कार्ड वितरणका लागि टीकापुर अस्पतालबाट विशेषज्ञ चिकित्सक ल्याएर महिनाको एक पटक परिचयपत्रको लागि प्रक्रिया सुरु गर्ने पालिका अध्यक्ष गणेश चौधरीले बताउनुभयो । उहाले भन्नुभयो, “मानिसको जीवन सहज कसरी बनाउने कुरा हो । विभिन्न अपाङ्गता भएकालाई सहज जीवनयापन जीउनको लागि सक्दो सहयोग गर्न हामी प्रतिबद्ध छौँ ।”

सहयोग सामग्री पाएपछि अपाङ्गता भएका बालबालिका तथा उहाँहरूका अभिभावक समेत खुसी भएका थिए । जानकी–७ का अपाङ्गता भएका रामु थारू आफू कृत्रिम खुट्टा पाएपछि हिँडडुल गर्न समेत सहज भएको बताउनुभयो । उहाँले चार वर्ष अघि घर निर्माणमा मजदुर काम गर्ने क्रममा पर्खाल भत्किदा खुट्टा गुमाउनुभएको थियो । रासस

शुक्रबार, असोज १०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ताजा

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.