• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १ दिन 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १ दिन 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १ दिन 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. आँखा अस्पतालमा बिरामी बढे

  • ८. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ९. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • १०. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

‘सिएमसी क्यान्सर इन्स्टिच्युट’द्वारा स्तन क्यान्सरको निःशुल्क परीक्षण सुरु

  •  बुधबार, असोज २२, २०८२ मा प्रकाशित

चितवन । विश्व स्तन क्यान्सर सचेतना महिनाको अवसरमा चितवन मेडिकल कलेज (सिएमसी)को भगिनी संस्था ‘सिएमसी क्यान्सर इन्स्टिच्युट’ले निःशुल्क रुपमा स्तन क्यान्सरको परीक्षण सुरु गरेको छ ।

हरेक वर्ष ‘अक्टोबर’ महिनामा विभिन्न कार्यक्रमसहित विश्व स्तन क्यान्सर सचेतना महिनाको रुपमा मनाइने गरेको सन्दर्भमा सो इन्स्टिच्युटले यसरी निःशुल्क स्वास्थ्य परीक्षण थालनी गरेको जनाएको छ ।

सिएमसीसम्बद्ध सो इन्स्टिच्युटले आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी स्तन (ब्रेष्ट) क्यान्सरसम्बन्धी जनचेतना जगाउने, समयमै रोगको पहिचान र उपचार गर्ने, स्तन क्यान्सरबाट हुने धनजनको क्षति न्यूनीकरण तथा नियन्त्रण गर्न सघाउन पु¥याउने उद्देश्यले निःशुल्क रुपमा स्वास्थ्य परीक्षण सुर गरेको स्पष्ट गरेको छ ।

सिएमसीका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले ‘अक्टोबर’ महिनामा स्तन क्यान्सरको परीक्षण गर्न आउनेहरुलाई बहिरङ्ग सेवाअन्तर्गतको टिकट निःशुल्क गरिएको जानकारी दिँदै सामाजिक उत्तरदायित्वलाई समेत दृष्टिगत गरी अस्पतालले जनचेतनामूलक कार्यक्रमसहित यसरी निःशुल्क सेवा प्रदान गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “तालिमप्राप्त स्वास्थ्यकर्मीबाट स्तनमा गाँठागुँठी छ, छैन भन्ने पहिचान गरी स्वास्थ्य परीक्षण गरिन्छ । शङ्कास्पद देखिएका बिरामीलाई थप परीक्षणको समेत व्यवस्था मिलाइएको छ । विशेष उपकरणमार्फत स्तनको क्यान्सर भए,नभएको पत्ता लगाउने परीक्षण विधि ‘मेमोग्राम’ र भिडियो एक्सरेतर्फ ५० प्रतिशत छुट दिने उहाँले जानकारी दिनु ।”

स्तन आफैँले छामेर समेत गाँठागुँठी छ, छैन पत्ता लगाउन सकिन्छ भन्दै अस्पतालका मेडिकल अङ्कोलोजिष्ट डा सुदीप थापाले स्तनमा गाँठागुँठी छन् भने एकपटक राम्रोसँग परीक्षण गर्न सुझाव दिनुभयो । विशेषगरी ३० वर्षमाथिका महिलाले हरेक वर्ष कम्तीमा एकपटक स्तनको परीक्षण गर्नुपर्ने उहाँका सुझाव थियो ।

डा थापाले भन्नुभयो, “क्यान्सर रोगको हकमा जति छिटो पहिचान गर्न सकियो उति छिटो निको हुन्छ । यसको निको हुने दर पनि उच्च रहेको छ, नियमित परीक्षण गर्न र समस्या देखिए समयमै उपचार गरी सुरक्षित रहन सबैसँग अनुरोध छ । स्तन क्यान्सरको नियमित जाँचसहित पहिचन र उपचारका पक्षमा सक्दो सहयोग गर्न सिएमसी अस्पताल तयार छ ।”

सिएमसी अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा सुवास ठाकुरले शल्यक्रिया, केमो थेरापी र रेडियो थेरापी गरी तीन विधिबाट क्यान्सर रोगको उपचार गर्न सकिने बताउनुभयो ।

स्तन क्यान्सर पहिचान भइसकेपछि तीन वटै विधाका चिकित्सकहरुको छलफलका आधारमा कुनै एक विधि अपनाएर उपचार प्रक्रिया सुर हुने उहाँले स्पष्ट गर्नुभयो ।

यस वर्ष “हरेक कथा अद्वितीय छ, हरेक यात्राको अर्थ छ”, भन्ने नाराका साथ विश्व स्तन क्यान्सर सचेतना महिनाका रुपमा विभिन्न कार्यक्रम गरी मनाइने भएको पत्रकार सम्मेलनमा बताइयो । रासस

बुधबार, असोज २२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.