• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • ३ घण्टा 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

स्वास्थ्य क्षेत्रमा काम गर्ने व्यक्तिमा पनि हृदयाघातको जोखिम

  •  बुधबार, फागुन २७, २०८२ मा प्रकाशित

सामान्यतया स्वास्थ्य क्षेत्रमा काम गर्ने व्यक्ति रोग, जोखिमका कारक, उपचार तथा रोकथामका उपायबारे जानकार हुन्छन्‌ भन्ने आम बुझाइ छ । त्यसैले “स्वास्थ्यकर्मीलाई पनि हृदयाघात हुन्छ ?” भन्ने प्रश्न धेरैको मनमा उठ्ने गर्छ । वास्तविकता के हो भने, स्वास्थ्य क्षेमामा कार्यरत व्यक्ति पनि अन्य मानिससरह नै हृदयाघातको जोखिममा हुन्छन् । कतिपय अवस्थामा त उनीहरूमा यो जोखिम अझ बढी देखिन सक्छ । यसको पछाडि विभिन्न शारीरिक, मानसिक, सामाजिक तथा जीवनशैलीसँग सम्बन्धित कारणहरू रहेका छन् ।

सबैभन्दा पहिलो र महत्वपूर्ण कारण अत्यधिक कामको चाप र मानसिक तनाव हो । चिकित्सक, नर्स, स्वास्थ्य सहायक तथा अन्य स्वास्थ्यकर्मीहरू दिनहुँ ज्यानसँग सम्बन्धित निर्णय लिनुपर्ने अवस्थामा हुन्छन् । बिरामी बचाउने दबाब, आफन्तको अपेक्षा, सीमित स्रोतसाधनमा काम गर्नुपर्ने बाध्यता तथा गल्ती भयो भने आउने कानुनी वा सामाजिक प्रश्नहरूले उनीहरूलाई निरन्तर तनावमा राख्छ । दीर्घकालीन तनावले शरीरमा स्ट्रेस हर्मोन (कोर्टिसोल) बढाउँछ, जसले रक्तचाप, मुटुको धड्कन तथा रक्तनलीमा नकारात्मक असर पार्दै हृदयाघातको जोखिम बढाउँछ ।

दोस्रो कारण अनियमित कार्य समय र पर्याप्त निद्राको अभाव हो । स्वास्थ्य पेशामा नाइट ड्युटी, अनकल ड्युटी, आकस्मिक सेवा तथा लामो सिफ्‌ट सामान्य कुरा हुन् । नियमित र गहिरो निद्रा नपुग्दा उच्च रक्तचाप, मधुमेह, मोटोपन तथा मुटुका रोगको सम्भावना बढ्ने कुरा वैज्ञानिकरुपमा प्रमाणित भइसकेको छ ।

तेस्रो महत्वपूर्ण पक्ष भनेको आफ्‌नै स्वास्थ्यप्रति हुने बेवास्ता हो । धेरै स्वास्थ्यकर्मी “मलाई त सबै थाहा छ” भन्ने सोचका कारण नियमित स्वास्थ्य परीक्षण गर्दैनन् । बिरामीको चेकजाँचमा व्यस्त हुँदा आफ्‌नै रक्तचाप, सुगर, कोलेस्ट्रोल जाँच गर्न समय निकाल्न सक्दैनन् । कतिपयले लक्षण देखिँदा पनि “ड्युटी सकेपछि हेर्छु” भन्दै टार्ने गर्छन्, जुन पछि गएर गम्भीर समस्या बन्न सक्छ ।

चौथो कारण अनियमित र अस्वस्थ खानपान हो । समयको अभावका कारण स्वास्थ्यकर्मीहरू धेरैजसो फास्ट फुड, जंक फुड, चिल्लो तथा प्रशोधित खाना खान बाध्य हुन्छन् । अस्पतालको ड्युटीबीच चिया–कफीको अत्यधिक सेवन, ढिलो राति खाना खाने बानी तथा फलफूल र सागसब्जी कम खाने प्रवृत्तिले कोलेस्ट्रोल बढ्ने, मोटोपन र रक्तनलीमा बोसो जम्ने समस्या बढाउँछ ।

पाँचौँ कारण धूम्रपान, मदिरा तथा क्याफिनको अत्यधिक प्रयोग हो । सबै स्वास्थ्यकर्मीले धूम्रपान वा मदिरा सेवन गर्छन् भन्ने होइन, तर तनाव र थकान कम गर्न भन्दै केहीमा यस्तो बानी विकास भएको पाइन्छ । धूम्रपानले रक्तनली साँघुरो बनाउँछ भने मदिराको अत्यधिक सेवनले रक्तचाप तथा मुटुको मांसपेशीमा नकारात्मक असर पार्छ । त्यसैगरी धेरै कफी वा चियाको सेवनले मुटुको धड्कन अनियमित बनाउन सक्छ ।

छैटौँ कारण शारीरिक गतिविधिको कमी हो । लामो समय उभिएर वा लगातार बसिरहने काम, व्यायामका लागि समय नपुग्नु तथा थकानका कारण आराममै सीमित हुने बानीले शारीरिक सक्रियता घटाउँछ । नियमित व्यायामको अभावले मोटोपन, मधुमेह तथा हृदयाघातको जोखिम बढाउँछ ।

सातौँ कारण वंशानुगत तथा पहिलेदेखिका स्वास्थ्य समस्या हुन् । यदि परिवारमा हृदयाघातको इतिहास छ भने व्यक्ति स्वास्थ्यकर्मी भए पनि जोखिम कम हुँदैन । उच्च रक्तचाप, मधुमेह तथा कोलेस्ट्रोल जस्ता समस्या नियन्त्रणमा नरहेमा हृदयाघात हुन सक्छ ।

ज्ञान र व्यवहारबीचको दुरी पनि एउटा ठूलो कारण हो । स्वास्थ्यकर्मीलाई सबै जानकारी भए पनि त्यसलाई व्यवहारमा उतार्न नसक्दा समस्या उत्पन्न हुन्छ । अरूलाई सल्लाह दिने तर आफूले पालना नगर्ने प्रवृत्ति कतिपयमा देखिन्छ । स्वास्थ्य क्षेत्रमा काम गर्ने व्यक्ति पनि मानिस नै हुन् । उनीहरूमा तनाव, थकान, अस्वस्थ जीवनशैली तथा वंशानुगत जोखिमका कारण हृदयाघात हुन सक्छ । स्वास्थ्यकमर्मीले पनि नियमित स्वास्थ्य परीक्षण, तनाव व्यवस्थापन, पर्याप्त निद्रा, सन्तुलित आहार तथा नियमित व्यायामलाई प्राथमिकता दिनु अत्यन्त आवश्यक छ । “आफ्‌नो स्वास्थ्य सुरक्षित भए मात्र अरूको स्वास्थ्य जोगाउन सकिन्छ” भन्ने सोच आजको आवश्यकता हो । यो कुरा हामी स्वास्थ्यकर्मीहरूले मनन गर्नुपर्छ ।

बुधबार, फागुन २७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ताजा

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.