• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • १० घण्टा 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  •  मङ्गलबार, बैशाख २९, २०८३ मा प्रकाशित

काठमाडौँ । काठमाडौँलगायत देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय प्रहरी समाचार कक्षले जारी गरेको प्रहरी बुलेटिनमा उल्लेख छ ।

प्रहरी समाचार कक्षका अनुसार काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर जडीबुटीस्थित सडकमा बाप्र०२–०६० प १२७५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–९ का ४३ वर्षीय भुवन गुरुङको मृत्यु भएको छ । सोमबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । त्यसैगरी, महोत्तरीको गौशाला नगरपालिका–४ ठाकुरपोखरी नजिक सडकमा बीआर३०यु ४४९९ नम्बरको मोटरसाइकल गए राति दुर्घटना हुँदा चालक सोही नगरपालिका–३ नवराजपुर बस्ने २५ वर्षीय सुवेशकुमार यादवको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नगर अस्पताल गौशालामा उपचारका क्रममा मृत्यु भएको हो । त्यसैगरी, सुनसरीको इटहरी उपमहानगरपालिका–१७ विवेक पट्रोलपम्पस्थित सडकमा बागमती प्रदेश०१–००६ख ६६४९ नम्बरको बसले प्रदेश२–०१–००१त १४६७ नम्बरको ट्याक्टरलाई आज बिहान ठक्कर दिँदा ट्याक्टरमा सवार सप्तरी कन्चनरूप नगरपालिका–५ का १८ वर्षीय उत्तम सरदारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सान्विसिटी अस्पताल लविपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुवै सवारीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसैगरी, रौतहट जिल्ला परोहा नगरपालिका–६ कोप्वास्थित सडकमा बीआर०५एएच २८७७ नम्बरको मोटरसाइकल र बा८१प ६४४८ नम्बरको मोटरसाइकल गए राति एकापसमा ठोक्किएर भएको दुर्घटनामा बीआर०५एएच २८७७ नम्बरको मोटरसाइकलमा सवार सोही नगरपालिका–३ तेजापाकड बस्ने २२ वर्षीय सुरेन्द्र पासवानको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारका क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बा८१प ६४४८ नम्बरको मोटरसाइकलमा सवारमध्ये एक जनाको नेशनल मेडिकल कलेज वीरगन्जमा उपचार भइरहेको छभने एक जनालाई थप उपचारका लागि चितवनतर्फ रिफर गरिएको छ । यसैगरी, रौतहटको कटहरिया नगरपालिका–४ बहादुरपुर टोलस्थित सडकमा कटहरियाबाट सन्तपुरतर्फ जाँदै गरेको म.प्र.०२–०३–११प ३५०८ नम्बरको मोटरसाइकलबाट लडेर फतुवा विजयपुर नगरपालिका–५ गमहरियाकी ३८ वर्षीया रिङ्कुदेवी ठाकुरको गए राति मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय कक्षले जारी गरेको प्रहरी बुलेटिनमा उल्लेख छ।रासस

मङ्गलबार, बैशाख २९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ताजा

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.