• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • ९ घण्टा 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

द्वन्द्वले अफगान बालकुपोषण सङ्कट झनै गहिरिँदै

  •  बिहिबार, बैशाख ३१, २०८३ मा प्रकाशित

काबुल । पाकिस्तानसँगको जारी तनाव र इरान युद्धका कारण आपूर्ति शृङ्खला अवरुद्ध हुँदा अफगानिस्तानमा कुपोषणको सङ्कट अझ गहिरिँदै गएको छ । संयुक्त राष्ट्रसङ्घले पर्याप्त स्रोत र सहज ढुवानी सम्भव भएको भए कुपोषणको जोखिममा रहेका थप १० लाख बालबालिकालाई सहयोग पु¥याउन सकिने अवस्था हुने बताएको छ ।

संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का एक वरिष्ठ अधिकारीका अनुसार अहिलेको द्वन्द्व, सीमा अवरोध र बढ्दो लागतले मानवीय सहायता वितरणलाई गम्भीर रूपमा प्रभावित गरेको छ । उहाँले अफगानिस्तानलाई अहिले ‘गम्भीर पोषण सङ्कटको केन्द्र’ का रूपमा वर्णन गर्नुभयो । डब्लुएफपीका उपकार्यकारी निर्देशक कार्ल स्काउले भन्नुभयो, “अफगानिस्तानमा यो एक पोषण सङ्कट हो । गत वर्षको वृद्धि हामीले देखेको सबैभन्दा खराब थियो, र यो वर्ष अवस्था अझै खराब छ ।”

संस्थाले जनवरीमा सार्वजनिक गरेको अनुमानअनुसार अफगानिस्तानमा करिब पाँच करोड जनसङ्ख्या मध्ये ५० लाख महिला र बालबालिका यस वर्ष जीवन जोखिममा पार्ने स्तरको कुपोषणको सामना गर्न बाध्य हुनेछन् । पछिल्ला महिनाहरूमा अफगानिस्तानले भूकम्प, जलवायुजन्य प्रकोप र छिमेकी देशहरूबाट ठूलो सङ्ख्यामा फर्किएका नागरिकको चापसमेत सामना गरिरहेको छ । यसले खाद्य असुरक्षा र स्वास्थ्य सङ्कटलाई थप तीव्र बनाएको छ । यसैबीच पाकिस्तानसँगको द्वन्द्वका कारण करिब आठ महिनादेखि सीमा लगभग पूर्ण रूपमा बन्द रहेको छ । यसले खाद्यान्न, औषधि र इन्धन आपूर्तिमा ठूलो अवरोध सिर्जना गरेको छ । इरानमा जारी युद्धका कारण उत्पन्न विश्वव्यापी आर्थिक प्रभावले पनि अवस्था थप जटिल बनाएको छ ।

खाद्यान्न तथा इन्धन मूल्य वृद्धि र आपूर्ति शृङ्खलामा आएको अवरोधले मानवीय सहायता ढुवानीमा ढिलाइ भइरहेको डब्लुएफपीले जनाएको छ । स्काउका अनुसार, यदि यी अवरोध नभएको भए अफगानिस्तानमा थप १० लाख बालबालिकालाई पोषण सहायता दिन सकिने थियो । उहाँले भन्नुभयो, “यदि हामी आपूर्ति शृङ्खला, ढिलाइ र लागतको समस्यामा नफसेका भए हामी अझै एक लाखभन्दा बढी बालबालिकासम्म पुग्न सक्थ्यौँ ।” डब्लुएफपीले अफगान स्कुलका बालबालिकाका लागि हजारौँ टन पोषणयुक्त बिस्कुट पाकिस्तानमार्फत पठाउने योजना बनाएको थियो । तर सीमा बन्द भएपछि सहायता सामग्रीको मार्ग परिवर्तन गर्नुप¥यो ।

संस्थाले आपूर्तिलाई दुबई र इरान हुँदै पुनः मार्ग परिवर्तन गरेको थियो, तर मध्यपूर्वमा फैलिएको द्वन्द्वका कारण थप अवरोध उत्पन्न भयो । त्यसपछि साउदी अरेबिया, टर्की, जर्जिया र तुर्कमेनिस्तान हुँदै सात देश पार गरेर सामग्री अफगानिस्तान पु¥याउने विकल्प अपनाइएको छ । स्काउले भन्नुभयो, “यो हप्ता सामग्री आइपुग्नेछ, तर यसले महिनौँ समय लियो र हामीलाई निकै ठूलो लागत व्यहोर्नु प¥यो ।” डब्लुएफपीले आर्थिक सहयोग जुटाउन पनि कठिनाइ भइरहेको जनाएको छ ।

संस्थाले अफगानिस्तानका लागि आवश्यक वार्षिक कोषको केवल आठ प्रतिशत मात्र हालसम्म सङ्कलन गर्न सकेको छ । स्काउले पूर्वी अफगानिस्तानका ग्रामीण क्लिनिकहरूको अवलोकन गर्दा देखेको अवस्थाबारे भावुक हुँदै गम्भीर कुपोषण भएका बालबालिकासहित महिलाहरू घण्टौँ पैदल हिँडेर उपचारका लागि आउने गरेका तर धेरैलाई सहायता अभावका कारण फर्काउनुपरेको बताउनुभयो ।

“हामीसँग उनीहरूलाई दिन सहयोग थिएन । ती महिलाहरूको निराशा र पीडा मेरो स्मृतिमा लामो समय रहनेछ”, उहाँले भन्नुभयो, “यदि संसारको कुनै एउटा विषयमा सहमति हुनुपर्छ भने त्यो हो—बालबालिकाले भोकले मर्नु हुँदैन।”रासस

बिहिबार, बैशाख ३१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ताजा

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.