• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • ३ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • ४ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • ४ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • ४ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • ६ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ७ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ९ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ९ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ९ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

  • १०. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

कानुन व्यवसायीमा ‘मानसिक स्वास्थ्य र तनाव व्यवस्थापन’ आवश्यक

  •  सोमबार, जेठ ११, २०८३ मा प्रकाशित

काठमाडौँ  । न्याय क्षेत्रमा कार्यरत कानुन व्यवसायीमा ‘मानसिक स्वास्थ्य र तनाव व्यवस्थापन’ आवश्यक रहेको बताइएको छ । विशेष अदालत बार एशोसियसनले आइतबार यहाँ आयोजना गरेको ‘मानसिक सु–स्वास्थ्य र तनाव व्यवस्थापन’सम्बन्धी अन्तक्र्रियामा न्याय क्षेत्रमा कार्यरत न्यायधीश तथा कानुन व्यवसायी तनावमुक्त हुनुपर्ने बताइएको हो ।

कार्यक्रममा सर्वोच्च अदालतका न्यायधीश सुनीलकुमार पोखरेलले कानुन र संविधानका धारामा केन्द्रित हुने न्यायिक क्षेत्रमा पहिलोपटक मानसिक स्वास्थ्य र मनोसामाजिक पक्षकाबारेमा छलफल हुनु सकारात्मक कुरा भएको बताउनुभयो । उहाँले न्यायिक निर्णय प्रक्रिया र कानुनी अभ्यासमा संलग्न व्यक्तिमा उच्च मानसिक तनाव हुने गरेको भन्दै यसको व्यवस्थापनका लागि सचेतना आवश्यक रहेको बताउनुभयो ।

न्यायाधीश पोखरेलले ५१ प्रतिशत प्रमाण पुग्नेले मुद्दा जित्ने र ४९ प्रतिशत प्रमाण हुनेले मुद्दा हार्ने भएकाले हार्ने पक्षले सामाजिक सञ्जाल र अन्य माध्यमबाट गर्ने आलोचनाले न्यायाधीशमा ठूलो मानसिक दबाब सिर्जना हुने गरेको उल्लेख गर्नुभयो । “जुन दिन तपाईंले ठूलो मुद्दाको फैसला गर्नुहुन्छ, त्यो दिन बेलुका सामाजिक सञ्जाल नहेर्नुस्, यसले मानसिक शान्ति दिन्छ”, उहाँले भन्नुभयो । उहाँले राष्ट्रिय न्यायिक प्रतिष्ठानले दिने तालिममा एक महिनाको अवधिमा मानसिक स्वास्थ्य र तनाव व्यवस्थापनको एक छुट्टै कक्षा राख्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

नेपाल बार एशोसियशनका अध्यक्ष प्रा डा विजयप्रसाद मिश्रले मानसिक तनावका कारण कतिपय न्याय क्षेत्रका मानिसले अकालमै आत्महत्या भएको भन्दै यसो हुन नदिन यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले ठूला कानुन व्यवसायी अफिसले आफ्ना कर्मचारीलाई ‘मानसिक सु स्वास्थ्य र तनाव व्यवस्थापन’सम्बन्धी तालिम प्रदान गर्नुपर्ने बताउनुभयो । उहाँले मानसिक स्वास्थ्य र तनाव व्यवस्थापन’सम्बन्धी तालिमलाई नेपाल बारलेसमेत अगाडि बढाउने स्पष्ट पार्नुभयो ।

विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश सुदर्शनदेव भट्टले पछिल्लो समय हरेक क्षेत्रमा मानसिक तनाव बढ्दै गएको भन्दै यसलाई न्यूनीकरण गर्न जरुरी रहेको उल्लेख गर्नुृभयो । विशेष अदालत बार एशोसिएसनका अध्यक्ष टीकाबहादुर कुँवरले न्याय क्षेत्रमा हुने निरन्तरको कार्यबोझ र मानसिक चापकाबीच काम गर्ने कानुन व्यवसायीलाई राहत पु¥याउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा कानुन व्यवसायीको मानसिक स्वास्थ्य परीक्षणका लागि ‘स्क्रिनिङ क्याम्प’ सञ्चालन गरिने बताउनुभयो ।

मनोचिकित्सक तथा अनुसन्धानकर्ता डा ऋषभ कोइरालाले विभिन्न मुद्दाबारे चिन्ता लिँदा कानुन व्यवसायी मानसिक समस्यामा पर्ने गरेको भन्दै यसलाई कम गर्न योगा, ध्यान आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालमा १० जनामध्ये एक जना मानसिक समस्याको सिकार परेको बताउनुभयो । अमेरिकामा २८ प्रतिशत अधिवक्तामा ‘डिप्रेसन’ र १९ प्रतिशत अधिवक्तामा ‘एन्जाइटी’को समस्या देखिने गरेको डा कोइरालाले बताउनुभयो । नियमित शारीरिक गतिविधि, योगा, ध्यान, विपश्यना, सन्तुलित आहारविहार, सागसब्जी सेवन गरेमा मानसिक समस्यामा केही कमी आउने उहाँको भनाइ थियो।रासस

सोमबार, जेठ ११, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

झापा र कैलालीमा खोप अभियान

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.