• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • ५ घण्टा 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

गाजाका क्यान्सरपीडित बालबालिकालाई खेलकुद र मनोरञ्जनमार्फत राहत

  •  आइतबार, जेठ १७, २०८३ मा प्रकाशित

गाजा । युद्ध र रोगको दोहोरो पीडाबाट गुज्रिरहेका गाजाका क्यान्सरपीडित बालबालिकाका लागि शनिबार केही समय खुसी र मनोरञ्जनको वातावरण सिर्जना गरिएको छ । गाजा सहरस्थित अल–रन्तिसी बाल अस्पतालमा स्वयंसेवकहरूले खेलकुद, चित्रकला, अनुहार रङ्ग्याउने तथा विभिन्न मनोरञ्जनात्मक गतिविधि सञ्चालन गर्दै बालबालिकालाई मानसिक राहत प्रदान गर्ने प्रयास गरेका हुन् । यो कार्यक्रम गाजावासीका लागि राहत कार्यमा संलग्न इजिप्टेली सहयोग समितिका मनोसामाजिक सहयोग तथा मनोरञ्जन टोलीद्वारा आयोजना गरिएको थियो ।

कार्यक्रममा सहभागी बालबालिकाले खेल खेल्नुका साथै गीत, नृत्य र सिर्जनात्मक गतिविधिमार्फत केही समयका लागि रोग र युद्धको तनाव बिर्सने अवसर पाए । कार्यक्रममा जोकरको भूमिकामा रहेका स्वयंसेवक सुलेमान अबुदले युद्धका कारण गाजाका बालबालिकाले असाधारण कठिनाइ र त्रास भोग्नुपरेको बताउनुभयो । उहाँका अनुसार यस्ता बालबालिकालाई उपचार मात्र नभई मानसिक र सामाजिक सहयोग पनि अत्यन्त आवश्यक छ । खेल्न, हाँस्न र आफ्ना भावना व्यक्त गर्न पाउनु उनीहरूको मानसिक स्वास्थ्यका लागि महत्वपूर्ण हुने उहाँले उल्लेख गर्नुभयो । बालबालिकाका अभिभावकहरूले पनि यस पहलको प्रशंसा गरेका छन् ।

क्यान्सर उपचार गराइरहेका एक बालकका अभिभावक इहसान अब्दुल आलले यस्ता कार्यक्रमले बालबालिकालाई केही समयका लागि भए पनि अस्पताल, उपचार र रोगको वातावरणबाट टाढा लैजान मद्दत गर्ने बताउनुभयो । युद्धका कारण विस्थापित राफिफ अबु ओदाले आफ्नी १२ वर्षीया छोरी समाहलाई महिनौँपछि यति धेरै खुसी देखेको बताउनुभयो । समाहले स्वयंसेवकहरूसँग गीत गाउन र नाच्न पाउँदा आफू बिरामी भए पनि निकै रमाएको प्रतिक्रिया दिनुभएको छ । यो कार्यक्रम गाजामा बढ्दो मानसिक स्वास्थ्य संकटका बीच आयोजना गरिएको हो । दुई वर्षभन्दा लामो समयदेखि जारी द्वन्द्वका कारण त्यहाँका बालबालिका तथा सर्वसाधारण गम्भीर मानसिक तनावको सामना गरिरहेका छन् ।

गाजाको मानसिक स्वास्थ्य अस्पतालका निर्देशक अब्दुल्लाह अल–जमालले अवस्थालाई अत्यन्त गम्भीर र चिन्ताजनक बताउनुभएको छ । उहाँका अनुसार द्वन्द्वका क्रममा गाजाको एकमात्र मानसिक स्वास्थ्य अस्पताल ध्वस्त भएको छ भने औषधि र विशेषज्ञ चिकित्सकको अभावले उपचार सेवा झन् कठिन बनेको छ । क्यान्सरबाट पीडित धेरै बालबालिकाले समयमै रोग पहिचान र उपचारसमेत पाउन नसकेको उहाँले जानकारी दिनुभयो । अस्पतालहरूमा भएको क्षति र अत्यावश्यक औषधिको अभावका कारण धेरै बालरोगीहरू किमोथेरापी, स्वास्थ्य परीक्षण तथा आधारभूत उपचार सेवाबाट वञ्चित भएका छन् । यसले सामान्य उपचारबाट निको हुन सक्ने अवस्थासमेत दुःखद परिणामतर्फ धकेलिरहेको बताइएको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार गाजामा ११ हजारभन्दा बढी क्यान्सरपीडित बिरामीलाई आवश्यक उपचार उपलब्ध गराउन अन्यत्र स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको छ । विज्ञहरूका अनुसार यस्ता मनोरञ्जनात्मक गतिविधिले गाजाको समग्र मानवीय संकट समाधान गर्न नसके पनि बालबालिकामा देखिएको मानसिक तनाव कम गर्न र उनीहरूलाई केही समयका लागि राहत तथा आनन्दको अनुभूति गराउन महत्वपूर्ण भूमिका खेल्न सक्छन्।रासस

आइतबार, जेठ १७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ताजा

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.