• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • १ घण्टा 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

  •  आइतबार, जेठ ३१, २०८३ मा प्रकाशित

काठमाडौँ । विज्ञहरुले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको जोखिम अझै कायम रहेको बताएका छन् । नेपाल नेत्रज्योति सङ्घको आज यहाँ आयोजित ३०औँ केन्द्रीय सभाको अधिवेशनमा अन्धोपनको दरमा केही कमी आए पनि सङ्ख्यात्मक रुपमा जोखिम रहेको उहाँहरुको भनाइ थियो । औसत आयु, रक्तचाप तथा मधुमेहका बिरामी बढेका कारण नेपालमा आँखाका बिरामी बढेको उल्लेख गर्दै उहाँहरुले ग्रामीण क्षेत्रमा आँखा उपचार सेवाको पहुँच अभिवृद्धि गर्न जोड दिनुभयो ।

नेपालको आँखा उपचार सेवा विश्वमै अब्बल रहेको जनाउँदै सभाका सहभागीले नेपाललाई आँखा उपचारको ‘हव’ बनाउन सकिने सम्भावना रहेको औँल्याउनुभयो । सङ्घअन्तर्गत हाल अस्पताल, उपचार केन्द्र तथा विभिन्न बाह्य कार्यक्रममार्फत सन् २०२५ मा ३३ लाख ७८ हजार ४२ जनाले परीक्षण गरेका थिए भने दुई लाख ६६ हजार ४०१ को शल्यक्रिया गरिएको थियो ।

सभाको शुभारम्भ गर्नुहुँदै कोशी प्रदेशसभाका उपसभामुख सिर्जना दनुवारले तीन तहको सरकारले आँखा उपचार सेवाका लागि पत्याएको र विश्वास जितेका संस्थाका रुपमा नेपाल नेत्रज्योति सङ्घ रहेको चर्चा गर्दै आगामी दिनमा संस्थाले ग्रामीण विपन्न जनताको आँखा उपचार सेवाको पहुँचमा ल्याउन थप काम गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “तीन तहका सरकारले आँखा उपचार सेवाका लागि लगानी बढाउनुपर्छ । यसका लागि सङ्घले पनि आफ्नोे क्षमता विस्तार गर्नुपर्छ ।” उहाँका अनुसार गत आवमा प्रदेश सरकारले सङ्घअन्तर्गत सञ्चालित अस्पताल तथा उपचार केन्द्र तथा विभिन्न बाह्य कार्यक्रमलाई रु २५ बराबरको सामग्री हस्तान्तरण गरेको थियो ।

रेसुङ्गा नगपालिकाका प्रमुख खिलध्वज पन्थीले आँखा उपचार सेवामा नगरपालिकाले पहिलो प्राथमिकता दिएको जानकारी दिँदै आर्थिक अभावका कारण मोतियाविन्दुलगायत अन्य उपचार सेवाको अभाव हुन नदिएको बताउनुभयो । प्रा डा देवनारायण साहले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको जोखिम अझै कायम बताउनुभयो । सङ्घका अध्यक्ष प्रा डा चेतराज पन्तको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासचिव भरतबहादुर चन्दले वार्षिक प्रतिवेदन पेस गर्नुभएको थियो ।

संस्थागत महासचिव प्रा डा पोखरेल सम्मानित कार्यक्रममा सङ्घका संस्थापक महासचिव प्रा डा रामप्रसाद पोखरेललाई डा नन्द श्रेष्ठ अम्बिका श्रेष्ठ नेत्रज्योति सामाजिक सम्मान अपर्ण गरिएको थियो । नेपालमा आँखा उपचारको संस्थागत प्रादुर्भाव, उन्नयन र विकासमा अतुलनीय योगदान पु¥याएबापत उहाँलाई सो सम्मान अपर्ण गरिएको हो । त्यस अवसरमा नेत्रज्योति विशिष्ट सम्मान रेसुङ्गा र गोरखा नगरपालिका, प्रा डा देवनारायण साह, प्रा डा रघुनन्दन व्याँजु, लायन्स क्बल इन्टरनेसनल मल्टिपल काउन्सिल ३२५, सञ्जय खेतान, कृष्णहरि सापकोटा, जापानी नागरिकद्वय प्रा डा ताकेसी नाइतो र डा जुनसुके अकुरालाई प्रदान गरियो । त्यसैगरी, लाइफटाइम एचिभमेन्ट अवार्डबाट श्यामकुमार पोखरेल, चक्रबहादुर सिंह, श्यामसुन्दर उदास, पदमनारायण चौधरी, प्रा डा दिलबहादुर क्षेत्री, वामदेव खनाल, नेत्रमणि लामिछाने र मायादेवी बज्राचार्यलाई सम्मान गरियो ।

नेत्रज्योति उत्कृष्ट जिल्ला शाखाका रुपमा सङ्खुवासभा, नेत्रज्योति उत्कृष्ट आँखा अस्पताल सम्मानबाट विराटनगर आँखा अस्पताल, नेत्रज्योति उत्कृष्ट आँखा उपचार केन्द्र सम्मानबाट कालीगण्डकी आँखा उपचार केन्द्र र नेत्रज्योति डा निकोल ग्रासेट सम्मानबाट डा पुष्पा गिरीलाई सम्मानित गरियो । कार्यक्रममा नेत्रज्योति सम्मान विन्दुसागर राजभण्डारी, शैलेन्द्रमान सिंह, कुमार पृथु, शालिकराम गौतम, मीना राई र देवबहादुर बुढाक्षेत्रीलाई सम्मान गरियो।रासस

आइतबार, जेठ ३१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ताजा

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.