• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • १४ मिनेट 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • १ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ३ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ३ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ३ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • ३ घण्टा 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • २२ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • २२ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १ दिन 

लोकप्रिय समाचार

  • १. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • २. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ३. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ४. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ५. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ६. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ७. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ८. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ९. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै

  •  सोमबार, असार ०१, २०८३ मा प्रकाशित

काठमाडौँ  । नेपालमा आँखा स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चित गर्न गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयनमा ल्याइने भएको छ । सम्भवतः पहिलोपटक आँखा स्वास्थ्य सेवा क्षेत्रमा लागू गर्न लागिएको सो प्रणालीले नेपालमा आँखा स्वास्थ्य सेवालाई अन्तरराष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गरी छिमेकी देशसहित अन्य देशका आँखाका बिरामीलाई नेपालमा उपचार गर्न आउन थप आकर्षित गर्न यसले कोसेढुङ्गाको काम गर्ने जनाइएको छ ।

नेपाल नेत्रज्योति सङ्घले आफूअन्तर्गत सञ्चालित अस्पताल, उपचार केन्द्र, बाह्य कार्यक्रममा समेत सो प्रणालीलाई कार्यान्वयनमा ल्याउने नीतिलाई सार्वजनिक गरेको छ । सङ्घका महासचिव भरतबहादुर चन्दले भन्नुभयोे, “आँखा स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चित गर्न गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयनको तयारी गरिरहेका छौँ । यसबाट नेपालको आँखा स्वास्थ्य सेवाको गुणस्तरीयतालाई अन्तरराष्ट्रिय क्षेत्रमा थप पहिचान गराउन सहयोग पुग्नेछ ।”

हाल सङ्घअन्तर्गत हाल २८ आँखा अस्पताल, २२६ आँखा उपचार केन्द्र तथा बाह्य कार्यक्रम सञ्चालित छ । सङ्घअन्तर्गत सञ्चालित ती सञ्जालबाट सन् २०२५ मा मात्र ३३ लाख ७८ हजार ४२ जना आँखाका बिरामीको आँखा परीक्षण एवं दुई लाख ६६ हजार ४०१ जनाको शल्यक्रिया गरिएको थियो । यसैगरी चार लाख ५४ हजार ९४२ बिरामीको निःशुल्क उपचार एवं २५ हजार ५६५ जनाको निःशुल्क शल्यक्रिया गरिएको थियो । सोही वर्ष ती सञ्जालमार्फत नौ लाख ११ हजार ९८० जना अन्य देशका नागरिकको आँखा उपचार गरिएको सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले जानकारी दिनुभयो । तीमध्ये एक लाख ५३ हजार ८६ बिरामीको शल्यक्रिया गरिएको थियो । यसमा अधिकांश भारतीय नागरिक थिए । आँखा स्वास्थ्य सेवा अब्बल भएकै कारण छिमेकी मुलुक भारत, बङ्गलादेश र भुटानलगायत मुलुकका नागरिक नेपालमा आँखा उपचार सेवा लिन आकर्षित भइराखेका छन् ।

‘ग्रिन आइ केयर सेन्टर’ सङ्घले पहिलोपटक आँखा स्वास्थ्य सेवामा पनि ‘ग्रिन आइ केयर सेन्टर’ को अवधारणालाई कार्यान्वयनमा ल्याउन लागेको छ । सङ्घका महासचिव चन्दले भन्नुभयो, “प्रत्येक अस्पतालअन्तर्गत कम्तीमा एक आँखा उपचार केन्द्रलाई ‘ग्रिन आइ केयर सेन्टर’ का रुपमा विकसित गरिने छ । प्रत्येक प्रदेशमा एउटा अस्पताललाई क्रमशः ‘ग्रिन आइ हस्पिटल’का रुपमा विकसित गरिने छ ।” उहाँका अनुसार सङ्घले अस्पताल प्रणालीलाई विद्युतीय प्रणालीमा रुपान्तरण गरी कागजविहीन बनाइने, केही हिमाली तथा पहाडी जिल्लाम ‘भिजन अन हिल’ र तराईमा ‘भिजन अन हवेल’ कार्यक्रामार्फत आँखा उपचार सेवाबाट वञ्चित समुदायलाई सेवा प्रवाह गरिने नीति अवलम्बन गर्न तयारी गरेको छ ।

साथै जिल्लास्तरका आँखा उपचार केन्द्रलाई क्रमशः ‘सर्जिकल सेन्टर’का रुपमा विकसित गरी शल्यक्रिया सेवा विस्तार गर्ने र कर्णाली प्रदेशका जिल्ला सदरमुकाममा रहेका आँखा उपचार केन्द्रलाई ‘सर्जिकल सेन्टर’का रुपमा स्तरोन्नति गरिने, मोबाइल हेल्थ, टेलिमेडिसियन, एआइलगायत नवीन प्रविधिको प्रयोगमार्फत आँखा सेवा थप आधुनिक र प्रभावकरी बनाइने नीति सङ्घले लिएको छ । सङ्घले फण्डुस क्यामरामार्फत ‘डाइबेटिक रेटिनोप्याथि स्क्रिनिङ्’ कार्यक्रम सञ्चालनको तयारी गरेको छ । सङ्घका अध्यक्ष प्रा डा चेतराज पन्तले भन्नुभयो, “यसबाट मधुमेहबाट आँखामा पार्न सक्ने जोखिम समयमै पहिचान गर्न सकिन्छ र अन्धोपन हुनबाट जोगाउन सकिन्छ ।” सङ्घको सहयोगमा केही नगरपालिकामा फण्ड्स क्यामरामार्फत ‘डाइबेटिक रेटिनोप्याथि स्क्रिनिङ’ सुरुआत भइसकेको जनाइएको छ ।

नेपालमा औषत आयु बढ्दै जाँदा आँखाका बिरामी पनि त्यतिकै बढिरहेका छन् । प्रा डा देवनारायण साहका अनुसार नेपालमा पछिल्लो समय रक्तचाप तथा मधुमेहबाट आँखामा हुने बिरामी अत्यधिक वृद्धि भइराखेको छ । उहाँले भन्नुभयो, “औषत आयु बढ्दै जाँदा अाँखाको बिरामी पनि त्यतिकै वृद्धि भइराखेका छन् । विशेष गरी रक्तचाप तथा मधुमेहबाट आँखामा हुने बिरामी अत्यधिक छ ।” अन्तरराष्ट्रिय सम्पर्क समिति गठन सङ्घले विभिन्न छ अन्तरराष्ट्रिय सम्पर्क समिति गठन गरेको छ । हालसम्म बेलायत, अमेरिका, हङकङ, थाइल्याण्ड नेदरल्याण्ड, स्वीट्जरल्याण्डमा अन्तरराष्ट्रिय सम्पर्क समिति गठन गरेको छ ।

आगामी दिनमा थप देशमा अन्तरराष्ट्रिय सम्पर्क समिति गठन गर्ने पनि सङ्घले जनाएको छ । यसबाट नेपालको आँखा उपचार सेवा प्रवद्र्धन, ‘मेडिकल टुरिजम’ भित्र्याउन सहयोग पुग्ने जनाइएको छ।रासस

सोमबार, असार ०१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

लोकप्रिय

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

ताजा

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.