• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • ६ घण्टा 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

बांँकेमा सिकलसेल एनिमिया र थालेसेमिया रोग नियन्त्रणमा स्थानीय सरकारको प्रतिबद्धता

  •  बिहिबार, असार १६, २०७९ मा प्रकाशित

नेपालगञ्ज । थारु समुदायमा जनस्वास्थ्य समस्याका रुपमा रहेको वंशाणुगत सिकलसेल एनिमिया र थालेसेमिया रोग नियन्त्रणका लागि बाँकेका स्थानीय सरकार प्रमुखहरूले प्रतिबद्धता जनाएका छन् ।

स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा आज नेपालगञ्जमा आयोजित कार्यक्रममा सहभागी पालिका प्रमुखहरूले सो प्रतिबद्धता जनाएका हुन् । सिकलसेल तथा थालेसेमिया रोग नियन्त्रणका लागि समुदायका सबै बालबालिकाको स्क्रिनिङ गरेर उपचार र त्यसको व्यवस्थापनमा स्थानीय सरकारले पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

बाँकेका थारु बाहुल कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका र बैजनाथ गाउँपालिकामा सिकलसेल तथा थालेसेमियाको प्रभाव बढी छ । कोहलपुर नगरपालिकाले ल्याब राखेर स्क्रिनिङ गर्दै आएको छ भने राप्तीसोनारी र बैजनाथ गाउँपालिकामा ल्याब छैन । जसका कारण त्यहाँ स्क्रिनिङ गर्न समस्या छ । सिकलसेल तथा थालेसेमिया विज्ञ डा. राजन पाण्डेले पालिकाहरूले आफ्नो अस्पतालमा ल्याब राख्ने सिकलसेल र थालेसेमियाका बिरामीका लागि चाहिने औषधि तथा चेकजाँचमा पालिकाले सहयोग गर्ने हो भने बिरामीलाई धेरै राहत हुने बताउनुभयो । सरकारले सिकलसेलका बिरामीलाई उपचार खर्चबापत एक लाख दिने गरेको छ । तर, थालेसेमियाका बिरामीलाई भने उपचार खर्च दिने गरेको छैन । दुवै रोग उस्तै–उस्तै खाले र जनस्वास्थ्य समस्याकै रुपमा रहेकाले स्थानीय सरकारले यस्ता बिरामीलाई उपचारमा सहयोग पुर्‍याउनु पर्ने डा. पाण्डेको भनाई छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र चौधरी, उपप्रमुख सीता कार्की, राप्तीसोनारी गाउँपालिकाका प्रमुख तप्त बहादुर पौडेल, राप्तीसोनारी गाउँपालिकाकी उपाध्यक्ष मनीषासिंह थारु, डुडुवा गाउँपालिकाका उपाध्यक्ष शाहिदा बानो, नरैनापुर गाउँपालिकाका कार्यवाहक प्रमुख जयन्तीदेवी श्रीवास्तव, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाह लगायतको सहभागिता रहेको स्वास्थ्य कार्यालय अधिकृत नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

बिहिबार, असार १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ताजा

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.