• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • १० घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • १४ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १५ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • १५ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • १५ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • १७ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • १९ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • २० घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • २० घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ८. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ९. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • १०. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

अपाङ्गताले छेकेन सन्तोषलाई

  •  बुधबार, माघ ०४, २०७९ मा प्रकाशित

सुरुङ्गा । सफल उद्यमी बाह्रदशी गाउँपालिका–६ निवासी सन्तोष सुवेदी लिङ्गेपिङ खेल्ने क्रममा खसेर सख्त घाइते हुँदा उहाँको मेरुदण्डमा नराम्रो असर प¥यो । विसं २०५६ मा बडादसैँको बेलामा बनाइएको लिङ्गेपिङमा मच्चिँदा घाइते भएपछि उहाँलाई मेरुदण्डको पक्षघात भयो । लामो समयसम्म उपचार गर्दा पनि सन्तोष सपाङ्गसरह हिँड्डुल गर्न नसक्ने भएपछि अहिले ह्विलचियरको सहारा लिँदै आउनुभएको छ ।

पिङबाट लडेर सख्त घाइते हुनुभएका उहाँलाई तत्काल धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पु¥याइएकामा त्यहाँ पूर्णरूपमा ठीक नभएपछि थप उपचारका लागि काठमाडौँस्थित स्पाइनलकट पुनस्र्थापना केन्द्र पु¥याइयो । त्यहाँबाट पनि राम्रोसँग उपचार हुन नसक्दा सन्तोष अहिले पनि सपाङ्ग सरह हिँड्डुल गर्न सक्नुहुन्न ।

मध्यमवर्गीय जयनारायण सुवेदी र रनमायाका जेठा छोरा उहाँ विसं २०३७ मा पाँचथरको साबिक नान्गिन गाविस–८ मा जन्मिनुभएको थियो । राम्रो शिक्षादीक्षा दिलाउने उद्देश्यले झापाको साबिक डाँगीबारी गाविस–८ मा बसाइँ सरेको सन्तोषको परिवारमा २०५६ सालको बडादसैँका बेला सो बज्रपात परेको थियो । त्यसबेला उहाँ १९ वर्षको मात्रै हुनुहुन्थ्यो ।

शारीरिकरूपमा अशक्त सन्तोषको कामप्रतिको ऊर्जा भने सपाङ्गको भन्दा कम छैन । शारीरिक अपाङ्गता भएका व्यक्तिले गरेका कामका कारण उहाँको चर्चा अहिले दिनदिनै समाजमा फैलिनाका साथै विदेशीले समेत सन्तोषलाई खोज्न थालेका छन् ।

अनलाइन व्यापारमा पोख्त सन्तोष घरमै बसीबसी लाखौँको कारोबार गर्नुहुन्छ । अनलाइन व्यापार झट्ट सुन्दा सजिलो लागे पनि सन्तोषको काम त्यतिमा मात्र सीमित छैन । आफैँले ‘ब्ल्याक राइस’ उत्पादन गर्दै खाडीसहित युरोपियन मुलुकमा बिक्री गर्दै आउनुभएका उहाँ त्यस क्षेत्रको सफल कृषक पनि हो । सुडानबाट ल्याइएको कालो मकै, अमेरिकाबाट ल्याइएको कालो आलु र कालो धानको खेतीले सन्तोषलाई अहिले देशीविदेशीले खोजिरहेका हुन्छन् । नयाँनयाँ प्रविधि अपनाएर बीउ उत्पादनमा उत्तिकै पोख्त उहाँले अनाजसँगै पशु आहारका लागि पनि उत्तिकै काम गर्दै आउनुभएकाले विदेशमा समेत परिचित हुनाका साथै उत्पादित बस्तु बिक्रीबाट राम्रो मुनाफासमेत आर्जन गरिरहनुभएको छ ।

कालो धान औषधिको रुपमा प्रयोग गरिने भएकाले यसको माग विश्व बजारमा धेरै रहेको सन्तोषको भनाइ छ । अन्य चामलको तुलनामा यो चामलमा धेरै प्रोटिनका साथै आवश्यक अन्य पोषकतत्ब हुने भएकाले पनि यसको माग उच्च रहेको उहाँ बताउनुहुन्छ । यसमा एन्टिअक्सिडेन्ट हुने भएकाले बहुउपयोगी मानिदै आएको उहाँको भनाइ छ ।

‘ब्ल्याक राइस’को माग विश्व बजारमा उच्च भएसँगै आफूले कालो धानको बीउ उत्पादन र घरमै बसीबसी अनलाईनमार्फत पनि बिक्री गरेर अहिले राम्रो कमाई गरिरहेको सन्तोष बताउनुहुन्छ । अहिले कालो धानको बीउसँगै कालो आलु र कालो मकैको बीउसमेत बिक्री हुँदै आएको छ । उहाँले गतवर्षदेखि कालो धानका थप तीन प्रजाति नेपाल भित्र्याएर बीउ, उत्पादन शुरु गर्नु भएको हो । बर्मेली ब्ल्याक राइस, बी वान र लङ ग्रिन ब्ल्याक राइसको बीउ उत्पादन शुरु गरिएको र पशु आहारका लागि घाँसको बीउ समेत उत्पादन गर्दै नेपालका विभिन्न जिल्लामा बिक्री गर्दै आउनुभएको छ । पोसिलो घाँँस उत्पादनमा आफूले छोटो समयमा सफलता हात पारेको सन्तोषको तर्क छ ।

पशु आहारका लागि मक्का क्रस, बाजुरा क्रस, डिएचएन सिक्स, अस्टे«लीयाली रेड नेपियर, मुम्वासा, ताइवान जाइन किङ, बङ्गालादेशी नेपियरजस्ता प्रजातिको घाँसको बीउ उत्पादन गरेर बिक्री गर्दै आउनु भएका सन्तोषले घाँसको बीउ पनि बेचेर पनि उत्तिकै कमाइ गरिरहनु भएको र उत्पादित घाँस पश्चिम नेपालका विभिन्न जिल्लामा पुग्ने गरेको छ । “इन्टरनेटको माध्यमबाट घाँसका प्रजातिका विषायमा सर्च गर्दै सुरुमा गहिरो अध्ययन गरेपछि प्रयोगका लागि बीउ मगाएर आफैँले खेती गरेँ ” उहाँ भन्नुहुन्छ, “आफूले लगाएको उन्नत जातको घाँस राम्रो र पशुआहारका लागि उपयुक्त ठहरिएपछि त्यसकै बीउ उत्पादन गर्दै व्यापार थालेको हुँ ।”

सन्तोषले थाल्नुभएको काममा परिवारले साथ दिएका छन् । उहाँका भाइबुहारी इन्द्र र मीना तथा बाबुआमाको हौसला र सहयोगले विश्व बजारमा इन्टरनेटकै माध्यमबाट व्यापार व्यवसाय सञ्चालन गर्दै लाखौँ रु कमाई गरिरहनुभएको छ । उत्पादित घाँस महेन्द्रनगर, धनगढी, सुर्खेत, बारा, पर्सालगायत जिल्लामा बढी बिक्री हुने गरेको छ भने कालो आलु, कालो मकै, कालो धान पाकिस्ताान, दुबई, अमेरिकालगायत देशमा पुग्ने गरेको सन्तोषको भनाइ छ ।

बीउका लागि उत्पादन गरिएको घाँस साइलेज प्रविधि अपनाएर भण्डारण गर्नाका साथै सन्तोषले व्यवसायिकरूपले बोयर र रेड बोयर प्रजातिका बाख्रापालन गर्नुभएको छ । बाख्रापालनबाट समेत राम्रो मुनाफा लिँदै आउनुभएका उहाँसँग अहिले उन्नत जातका १३ वटा बोयर बोका छन् । प्रत्येक बोकाको मूल्य झन्डै रु ५० हजारदेखि रु ७० हजार हजारसम्म पर्ने गरेको सन्तोषको भनाइ छ ।

अपाङ्गता भएर पनि व्यवसायमा जन्मुभएका उहाँलाई यदाकदा क्वारेन्टिन बाधक बन्ने गरेको छ । आफूले उत्पादन गरेको सामान बिक्री गर्दा र नयाँनयाँ प्रजातिका बीउ आयात गर्दा कहिलेकाहीँ क्वारेन्टिनका कर्मचारीले झन्झट दिने गरेको सन्तोषको दुःखेसो छ । कृषि, व्यवसाय र पशुपालनमा रम्नुभएका उहाँ फूलको पनि पारखी हुनुहुुन्छ । सजावटका लागि रोपिएका फूल बिक्री हुन थालेपछि पछिल्लो समय सन्तोषले फूलको व्यावसायिक खेतीसमेत गर्नुभएको छ । हरेक याममा पाइने फूलका बिरुवा उत्पादनले मनग्य आम्दानी दिन थालेको छ । उहाँका नर्सरीमा अहिले टेरिसबल, कलकत्ते सयपत्रीलगायत विभिन्न प्रजातिका फूलका बेर्ना प्रशस्त रहेका र धेरैजसो फूल तथा बिरुवा अनलाइनबाटै बिक्री हुँदै आएको छ ।

घैलाडुब्बा आदर्श विद्या मन्दिरबाट २०६४ सालमा एसएलसीसम्मको अध्ययन पूरा गर्नुभएका उहाँले त्यसअघिको पढाइलाई निरन्तरता दिनु भएन । बाह्रदशी अपाङ्ग अभियानका अध्यक्ष रहनुभएका सन्तोष बाह्रदशी अपाङ्गता समन्वय समितिको सदस्य तथा बाह्रदशी कला साहित्य प्रतिष्ठानको उपाध्यक्ष रहेर विभिन्न सामाजिक र साहित्यिक योगदान दिँदै आउनुभएको छ ।

उक्त गाउँपालिकाभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई सीपमूलक काममा सहजीकरण गर्दै आउनुभएका उहाँले सबैलाई आयअर्जनको बाटोमा डो¥याएर सँगसँगै अघि बढाउन निर्वाह गर्नुभएकोे भूमिका गाउँपालिकाका लागि मात्र नभई देशकै लागि अनुकरणीय रहेको बाह्रदशी कला साहित्य प्रतिष्ठानका अध्यक्ष दयानन्द गोश्वामी बताउनु हुन्छ । शारीरिक अपाङ्गता भएर पनि नयाँ नयाँ काम गर्दै राम्रो आयआर्जनको बाटोमा लाग्नुभएका सन्तोष सपाङ्ग व्यक्तिका लागि पनि प्रेरणाको स्रोत बन्नुभएको छ । रासस

बुधबार, माघ ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.