• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • ७ घण्टा 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

रावाबेँसी गाउँपालिकामा कोभिड–१९ अस्पताल रुपान्तरणपछि सेवाग्राही लाभान्वित

  •  बिहिबार, माघ ०५, २०७९ मा प्रकाशित

खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिकामा सञ्चालित कोभिड–१९ अस्पताललाई रुपान्तरण गरेर निरन्तरता दिएपछि सेवाग्राही लाभान्वित भएका छन् ।

कोरोना महामारीका बेला स्थापना गरिएको अस्थायी कोभिड–१९ अस्पताललाई पाँच शय्याको बनाएर निरन्तरता दिइएको थियो । गाउँपालिकाको केन्द्र कुभिन्डेस्थित हरमटारमा सञ्चालित अस्पताललाई रुपान्तरण गरेर चौबीसै घण्टा स्वास्थ्य सेवा उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठले जानकारी दिनुभयो ।

“अस्पतालमा आपतकालीन, ओपिडी, प्रसूति, भिडियो एक्स–रे, इसिजीलगायत सेवा चौबीसै घण्टा उपलब्ध गराउने गरिएको छ”, उहाँले भन्नुभयो । अस्पतालमा एक चिकित्सकसहितको स्वास्थ्य सेवा पाएपछि स्थानीय बासिन्दा अन्यत्र धाउनुपर्ने बाध्यताबाट मुक्त भएका छन् । गाउँपालिकाको लगानीमा सञ्चालित सो अस्पतालमा गर्भवतीको भिडियो एक्स–रे र रगत जाँच निःशुल्क गरिनुका साथै ज्येष्ठ नागरिकलाई पनि भिडियो एक्स–रे सेवामा छुट दिइन्छ ।

अस्पतालमा दैनिक २० जनाको हाराहारीमा बिरामी आउने गरेको अस्पतालका प्रमुख डा मनोजकुमार साहले बताउनुभयो । कोरोना महामारी रोकथाम तथा न्यूनीकरणका लागि २०७७ सालमा कर्मचारी आवास भवनलाई अस्थायी कोभिड–१९ अस्पतालका रुपमा स्थापना गरिएको थियो । कोरोना सङ्क्रमण सामान्य भएसँगै अन्य कोभिड अस्पताल बन्द गरिए पनि रावाबेँसी गाउँपालिकाले भने अस्पतालमा रुपान्तरण गरेको हो ।

हरमटारमा सञ्चालित अस्पतालबाट रावाबेँसीको सबै वडा तथा छिमेकी गाउँपालिका ऐसेलुखर्कका केही वडाका बासिन्दाले स्वास्थ्य सेवा लिइरहेका छन् । अस्पतालको फार्मेसीबाट अधिकतम औषधि निःशुल्क उपलब्ध गराउने गरिएको गाउँपालिकाले जनाएको छ । अस्पतालका लागि आवश्यक पर्ने एक थान एक्सरे मेसिनसमेत ल्याएर आसपासका स्वास्थ्यचौकीबाट रेफर भएका बिरामीको उपचारलाई निरन्तरता दिने गरिएको छ । शल्यक्रिया गर्नुपर्ने जटिल किसिमका बिरामीलाई जिल्ला अस्पताल वा अन्यत्र रेफर गर्ने गरिएको डा साहले बताउनुभयो ।

डा साह, ल्याब टेक्नेसियन उमेशकुमार साह, नर्स सिर्जना तामाङ र कार्यालय सहयोगी सुरेन्द्र भुजेललाई गाउँपालिकाले आन्तरिक स्रोतबाट सेवा सुविधाको व्यवस्था गरेको छ । स्वास्थ्य सहायक भोजराज अधिकारी र अनमी बिनाकुमारी साहलाई काजमा खटाइएको छ । रावाबेँसी–२ खार्पामा १५ श्ययाको अस्पताल बनिरहेको छ । रासस

बिहिबार, माघ ०५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ताजा

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.