• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • ५ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • १० घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १० घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • १० घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • १० घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • १३ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • १४ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • १६ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • १६ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • १०. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

एकीकृत घुम्ती शिविरमार्फत गाउँपालिकाको सेवा वडामा

  •  शुक्रबार, बैशाख १५, २०८० मा प्रकाशित

भोजपुर ।भोजपुरको रामप्रसाद राई गाउँपालिकाले वडा–वडाबाट पालिकाको सेवा विस्तार गरेको छ । गाउँपालिकाले आठ दिने एकीकृत घुम्ती शिविर सञ्चालन गरेर वडास्तरमा सेवा प्रदान गरेको हो ।

सेवा लिनको लागि घन्टौँ लगाएर गाउँपालिका केन्द्रसम्म आउनुपर्ने सास्तीलाई ध्यानमा राखेर वडास्तरबाट आवश्यक सेवा प्रदान गर्दै आएको गाउँपालिकाले जनाएको छ । एकीकृत घुम्ती शिविरअन्तर्गत बैंकसँगको सहकार्यमा काम सम्पन्न भएर आवश्यक कागजपत्र मिलेका पाँच लाखसम्मको योजनाको भुक्तानीसमेत वडामा नै दिने लक्ष्य रहेको गाउँपालिका उपाध्यक्ष वीरेन्द्र राईले जानकारी दिनुभयो । स्थानीयलाई सहज सेवा प्रवाहको लागि गाउँ कार्यपालिकाको निर्णयअनुसार सेवालाई वडास्तरसम्म विस्तार गरिएको उहाँको भनाइ छ ।

“घुम्ती शिविरमार्फत गाउँपालिकाको सेवा वडास्तरसम्म विस्तार गरेर सेवा दिँदै आएका छौँ”, उपाध्यक्ष राईले भन्नुभयो, “स्थानीय नागरिकको सहजताको लागि काम गरिरहेका छौँ । यसअघि योजना सम्झौता पनि वडामा आएर गरेका थियौँ । साना योजनाको भुक्तानी तथा सामाजिक सुरक्षा भक्ता वितरणसँगै अन्य विभिन्न सेवा वडास्तरबाट दिएका छौँ ।” एकीकृत घुम्ती शिविरमार्फत वडामा सेवा पाउँदा स्थानीय नागरिक पनि खुसी भएका छन् । सेवा लिन गाउँपालिकासम्म जानुपर्ने बाध्यताको अन्त्य भएको स्थानीयवासी सीता मगरले बताउनुभयो । “सानो कामको लागि पनि चार÷पाँच घन्टा लाएर वैकुण्ठे जानुपथ्र्यो”, उहाँले भन्नुभयो, “अहिले आफ्नै वडामा भक्ता पाए, स्वास्थ्य परीक्षण पनि गरे अत्यन्तै खुसी लागेको छ ।”

शिविरमा जेष्ठ नागरिकको स्वास्थ्य परीक्षणसमेत गरिएको छ । गाउँपालिकाले सेवा सञ्चालनमा गरेको नयाँ अभ्यासले सहजता थपिएको स्थानीय वृद्ध भट्टराईले बताउनुभयो । “गाउँपालिकाले गरेको काम प्रशंसायोग्य छ”, उहाँले भन्नुभयो, “धेरै सास्ती खेपेर गाउँपालिका केन्द्रमा पुगेर गर्नुपर्ने काम यही गर्न पाएका छौँ । यसले हामी ज्येष्ठ नागरिक र अशक्तलाई धेरै सहयोग पुगेको छ ।”
असक्त तथा वृद्धवृद्धा नागरिकको समस्यालाई मध्यनजर गरेर सेवा दिइएको वडा कार्यालयले जनाएको छ । नागरिकलाई सहज सेवा दिन वडाले पहलकदमी गरिरहेको वडाध्यक्ष रामु थापामगरले बताउनुभयो । “स्थानीय सरकारले सकेसम्म नागरिकलाई सहजरुपमा सेवा दिने हो”, उहाँले भन्नुभयो, “हामीले स्थानीय नागरिकलाई कानुनले दिएसम्म सहजरुपमा सेवा दिने लक्ष्यका साथ कामको थालनी गरेका छौँ । यसले यहाँका नागरिकलाई लाभ पुगेको छ ।”

नागरिकलाई स्थानीय सरकार भएको अनुभूति दिलाउन घुम्ती शिविरमार्फत सेवा दिइएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अनन्त राईले बताउनुभयो । आगामी दिनमा सेवालाई अझ सहज हुने गरी विस्तार गर्ने योजना रहेकोसमेत उहाँको भनाइ छ । “हामीले नागरिकको प्रत्यक्ष सरोकार राख्ने पाँचवटा मुख्य कामलाई ध्यानमा राखेर सेवा दिँदै आएका छौँ”, उहाँले भन्नुभयो, “योजना सम्झौतासँगै साना योजनाको भुक्तानीको काम पनि वडास्तरबाट गर्ने अभ्यास गरेका छौँ ।”

त्यहाँ रहेको एनआइसी एसिया बैंकसँगको सहकार्यमा वडाबाट, साना योजनाको भुक्तानी, सामाजिक सुरक्षा भत्ता वितरण, ज्येष्ठ नागरिक तथा महिला स्वास्थ्य परीक्षण, अपाङगता परिचयपत्र वितरण, सप्ताहव्यापी पञ्जीकरण तथा विद्यार्थी भर्ना अभियानलाई पनि सञ्चालन गरिरहेको उहाँको भनाइ छ । रासस

शुक्रबार, बैशाख १५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.