• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाँकेमा १९३ कुष्ठरोगी
  • ५३ मिनेट 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • ५५ मिनेट 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • ५८ मिनेट 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • २ घण्टा 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • ८ घण्टा 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
  • ८ घण्टा 

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • २० घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • १ दिन 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १ दिन 

लोकप्रिय समाचार

  • १. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • २. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ३. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ४. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ५. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ६. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ९. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

नगर अस्पताल सञ्चालनपछि गाउँमै विशेषज्ञ सेवा

  •  आइतबार, जेठ १४, २०८० मा प्रकाशित

ढोरपाटन ।बागलुङको गलकोट क्षेत्रमा कोही बिरामी पर्नासाथ बागलुङ, पोखरा र काठमाडौँका अस्पतालमा पुर्याइन्थ्यो । यहाँ स्वास्थ्य संस्था नभएर होइन, नागरिकले विश्वास नगर्दा गलकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्यचौकी तथा अन्य स्वास्थ्य संस्थामा बिरामी कम जान्थे । तर पछिल्लो केही महिनायता बिरामी पर्दाबित्तिकै गलकोट बाहिर जानेको सङ्ख्या कम भएको छ । गलकोट नगरपालिकाले पुस महिनादेखि नगर अस्पताल सञ्चालनमा ल्याएपछि जिल्ला बाहिर जाने बिरामीले यही उपचार गराउन थालेका छन् ।

पछिल्लो समय नगर अस्पतालमा नागरिकको विश्वास बढ्दै गएको छ । अस्पतालमा विशेषज्ञ सेवा सुरु भएपछि बिरामीको सङ्ख्या पनि दिनदिनै बढ्दै गएको छ । नगरकार्यपालिकाको पुस १७ को निर्णयानुसार वडा नं ५ को हरिचौरमा नगर अस्पताल सञ्चालनमा आएपछि दुर्गम गाउँका बिरामीले पनि विशेषज्ञ सेवा पाएका छन् । हाल अस्पतालमा एक जना विशेषज्ञ चिकित्सक एक जना मेडिकल अधिकृत, नर्सिङ छ, हेल्थ असिस्टेन्ट दुई, नर्स तीन, अहेव तीन, अनमी तीन, रेडियोक्राफर एक, डेल्टलहाइजेनिस्ट एक, ल्याब टेक्निसिएन एक, ल्याब असिस्टेन्ट एक, कार्यालय सहयोगी पाँच र एक जना एम्बुलेन्स चालक रहेका छन् ।

नगरपालिकाले गलकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ शय्याको नगर अस्पताल बनाएको हो । अहिले अस्पतालमा विशेषज्ञ डा राजेश पौडेल र डा मनोज कार्कीले सेवा दिइराख्नुभएको छ । नगर अस्पताल प्रमुख डा राजेश पौडेलले पहिलेको तुलनामा बिरामीको सङ्ख्या बढिरहेको बताउनुभयो । आफू माघ महिनामा आएको सुनाउँदै त्यसयता धेरै दीर्घ तथा अन्य रोगका बिरामीले सेवा लिएको बताउनुभयो । सेवालाई प्रभावकारी बनाउन र घरआँगनकै अस्पतालबाट गुणस्तरी सेवा दिन अस्पताल प्रशासन गम्भीर बनेर लागेको बताउनुभयो ।

डा पौडेलले भन्नुभयो, “यो अस्पताल धेरै पुरानो हो, विसं २०१६ मा स्थपाना भएको स्वास्थ्य केन्द्र अहिले नगर अस्पतालमा स्तरवृद्धि भएको छ, हामीप्रति नारिककको विश्वास बढ्दै गएको छ, यहाँका चिकित्सक कर्मचारीले नागरिकको विश्वास जित्ने गरी काम गर्ने कोसिस गरिरहेका छौँ, पहिलेका सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउँदै गएका छौँ, केही उपकरणको अभाव छ, त्यसलाई पनि प्रदेश सरकारसँग माग गरेर परिपूर्ति गर्ने तयारीमा छौँ ।”

पहिले मासिक तीन सय ५० बिरामी आउने गरेको अस्पतालमा अहिले एकै दिन एक सय ५० बढी बिरामीले सेवा लिने गरेको अस्पतालले जनाएको छ । अहिले अस्पतालमा चौबीसै घण्टा ‘इमर्जेन्सी’ सेवा, भिडियो एक्सेर, पोष्टमार्टम, प्रसूति सेवा, डिभियो एक्सरे, दन्तरोगको उपचारलगायतका सेवा प्रभावकारी भइरहेका छन् । अस्पतालमा एक एमडीजिपी (जनरल फिजिसिन) र एक एमबीबीएस डाक्टरले सेवा दिन थालेपछि बिरामी पोखरा, काठमाडौँ जानुपर्ने समस्याबाट मुक्त भएको गलकोट नगरपालिका–५ का अध्यक्ष पवन हमालले बताउनुभयो ।

उहाँले पछिल्लो समय गलकोट नगरपालिका बाहेक ताराखोला गाउँपालिका, बरेङ गाउँपालिका, बडिगाड गाउँपालिका, गुल्मीको मुसिकोट नगरपालिकालगायतबाट बिरामी आउन थालेको बताउनुभयो । अस्पताल व्यवस्थापन गर्नका लागि नगरपालिकाको आन्तरिक स्रोत र प्रदेश सरकारबाटै सहयोग भइरहेको अध्यक्ष हमालले बताउनुभयो ।

“नगर अस्पताल सञ्चालनमा आएपछि धेरै नागरिकलाई सहज भएको छ, पहिले हजारौँ पैसा खर्च गरेर टाढाका अस्पतालमा पुग्न बाध्य थिए, अहिले निःशुल्करूपमा नजिककै अस्पतालबाट सेवा लिन पाएका छन्”, अध्यक्ष हमालले भन्नुभयो, “अस्पतालबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रदान भइरहेको छ, एमडिजिपी, एमबीबीएस डाक्टर आएपछि सेवा राम्रो भएको छ, पहिला बिरामीलाई भर्ना गरेर राख्ने व्यवस्था थिएन, अहिले यही राखेर उपचार गरिन्छ, एम्बुलेन्स सेवा थिएन, अहिले व्यवस्थित भएको छ ।”

स्थानीय सुनिल विकले नगर अस्पताल सञ्चालनमा आएपछि गरिब नागरिकले सहजरूपमा स्वास्थ्य सेवा पाउन थालेको बताउनुभयो । पहिले गाउँमा कोही बिरामी हुँद ऋण खोजेर पोखरा काठमाडौँ पुर्याउने गरेको भन्दै अहिले गाउँ नजिकैको अस्पतालमा उपचार गराउन पाउँद खुसी लागेको बताउनुभयो । यहाँका स्वास्थ्यचौकी तथा स्वास्थ्य संस्थामा पहिले सामान्य उपचारसमेत नहुने गरेको भन्दै अहिले विशेषज्ञ चिकित्सकबाट जाँच र उपचार गराउन पाएको विकले बताउनुहुन्छ ।

नगर अस्पतालबाट गुणस्तरीय सेवा प्रदानसँगै चालु आर्थिक वर्षदेखि ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण र उपचार उनीहरूको घर–घर पुगेर गर्न थालेको नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बताउनुभयो । नगरपालिकाभित्रका ६० वर्षमाथिका ज्येष्ठ नागरिकको सहजताका लागि घरमै पुगेर स्वास्थ्य परीक्षण तथा औषधि उपलब्ध गराउन थालेको भण्डारीको भनाइ छ । ज्येष्ठ नागरिक अस्पताल पुग्न समस्या हुने हुँदा नगरपालिकाले यो व्यवस्था गरेको उहाँले बताउनुभयो । रासस

आइतबार, जेठ १४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाँकेमा १९३ कुष्ठरोगी
विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

लोकप्रिय

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

ताजा

बाँकेमा १९३ कुष्ठरोगी

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

सङ्घीय अस्पतालमा शवगृह बनाइने

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.