• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाँकेमा १९३ कुष्ठरोगी
  • ५४ मिनेट 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • ५६ मिनेट 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • ५८ मिनेट 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • २ घण्टा 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • ८ घण्टा 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
  • ८ घण्टा 

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • २० घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • १ दिन 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १ दिन 

लोकप्रिय समाचार

  • १. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • २. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ३. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ४. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ५. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ६. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. विपद्पछि सरुवा रोगको प्रकोप

  • ९. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

बागलुङमा बढ्दै स्वास्थ्य बिमाको पहुँच

  •  शुक्रबार, जेठ २६, २०८० मा प्रकाशित

बागलुङ । बागलुङ नगरपालिका–४ उपल्लाचौरका मोहदत्त आचार्यले स्वास्थ्य बिमा गर्न थालेको छ वर्ष पुग्यो । स्वास्थ्य बिमाबाट उपचार गराउँदा ठूलो राहत मिलेको आचार्यको भनाइ छ ।

“लगातार छ वर्षदेखि स्वास्थ्य बिमा गर्दै आएको छु, गत वर्ष त रु एक लाख रकम नै उपचारमा सकियो, रु तीन हजार पाँच सय रकम तिरेर रु एक लाखको उपचार पाउँदा निकै राहतको महसुस भयो”, आचार्यले भन्नुभयो, “स्वास्थ्य बिमाले उपचारमा सहज बनाएको छ, अहिले स्वास्थ्य बिमा गर्न आवश्यक छ भनेर आफँैले समेत अरुलाई भन्ने गरेको छु ।”

बागलुङको धौलागिरि अस्पतालको स्वास्थ्य सेवा विस्तारसँगै स्वास्थ्य बिमाको पहुँच बढ्न थालेको हो । पैसा बोकेर अस्पताल जाने व्यक्ति अहिले स्वास्थ्य बिमाको कार्ड बोकेर अस्पताल धाउन थालेका छन् । आर्थिक अवस्था कमजोर भएकालाई स्वास्थ्य बिमाले निकै सजिलो भएको बिमाकर्ता बताउँछन् । अहिले धौलागिरि अस्पतालमा दैनिक न्यूनतम तीन जना स्वास्थ्य बिमा गरेका बीमित सदस्य नियमित सेवा लिन अस्पतालमा आउन थालेको धौलागिरि अस्पतालको भनाइ छ । अस्पतालमा दिन नसकिएको सिटिस्क्यान, एमआरआइ र अन्य ठूला रोगको उपचारका लागि स्वास्थ्य बिमाबाटै अन्यत्र सिफारिस गर्दै आएको अस्पतालले जनाएको छ ।

पछिल्लो समय जिल्लामा स्वास्थ्य बिमा गर्नेको सङ्ख्या क्रमशः बढ्दै आएको छ । स्वास्थ्य बिमाबाट बीमित परिवारलाई रु एक लाख बराबरको एक वर्षसम्म निःशुल्क उपचारको सेवा प्रदान गर्ने भएपछि बिमा कार्यक्रममा सहभागी हुनेको सङ्ख्या पनि उल्लेख्यरुपमा वृद्धि भएको छ । जिल्लामा ४० प्रतिशत नागरिक हाल स्वास्थ्य बिमाको पहुँचमा आइसकेको स्वास्थ्य बिमा बोर्ड बागलुङले जनाएको छ ।

बागलुङमा ३१ हजार नौ सय १० परिवारका ९७ हजार नौ सय ८९ जना स्वास्थ्य बिमामा आबद्ध भएका स्वास्थ्य बिमा बोर्डका जिल्ला संयोजक दिनेश जिसीले जानकारी दिनुभयो । गत वर्षको तुलनामा यस वर्ष स्वास्थ्य बिमा गर्नेको सङ्ख्या सात प्रतिशतले वृद्धि भएको जिसीको भनाइ छ ।

बागलुङमा रु ५१ हजार सात सय ३३ महिला र ४६ हजार दुई सय ६१ पुरुष स्वास्थ्य बिमामा आबद्ध भइसकेका तथा सबैभन्दा बढी बिमा बागलुङ नगरपालिकामा भएको उहाँले बताउनुभयो । “विपन्न समुदायका लागि स्वास्थ्य बिमा निकै प्रभावकारी बनेको छ, उपचार पाएकाले बिमा नवीकरण गर्ने गरेका छन्, केहीले उपचार नपाएको गुनासोसमेत गर्ने गरेका छन्”, जिसीले भन्नुभयो, “बिमाबाट सेवा पाएकाले अन्यलाई समेत बिमा गर्न हौसला दिएका छन्, त्यसैको प्रभावले बिमामा आबद्ध हुनेको सङ्ख्या क्रमशः वृद्धि भएको छ ।”

यस वर्ष स्वास्थ्य बिमामा आबद्ध हुनेको सङ्ख्यामा १० प्रतिशत वृद्धि गरी ५० प्रतिशत पु¥याउने योजना रहेको जनाइएको छ । बागलुङका १० स्थानीय तहमध्ये केही पालिकाले स्वास्थ्य बिमालाई प्राथमिकतामा राखेका कारण स्वास्थ्य बिमा गराउनेको सङ्ख्यामा वृद्धि हुँदै आएको हो । जिल्लाको बडिगाड गाउँपालिका र निसीखोला गाउँपालिकाले लक्षित वर्षलाई निःशुल्क स्वास्थ्य बिमा गराउन थालेका छन् ।

गाउँपालिकाले नीति तथा कार्यक्रममा नै समावेश गरी सबै नागरिकलाई स्वास्थ्य बिमामा आबद्ध गराउन निःशुल्क स्वास्थ्य बिमा गराउने गरी जिल्लाका पालिका अगाडि बढेका छन् । जिल्लाको काठेखोला गाउँपालिका, तमानखोला गाउँपालिका र जैमिनी नगरपालिकाले गरिब तथा विपन्नका लागि निःशुल्क स्वास्थ्य बिमा गर्ने योजनाका साथ कार्यक्रम अगाडि बढाएका छन् ।

बडिगाड गाउँपालिकाले अतिविपन्न, एकल महिला, एकल पुरुष, स्वास्थ्य स्वयंसेविका र अपाङ्गता भएकाको निःशुल्क बिमा गर्न थालिएको बडिगाडका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो ।

बिमा कार्यक्रममा सहभागी गराउन जिल्लामा ७८ जना दर्ता सहयोगी खटाइएको स्वास्थ्य बिमा बोर्डले जनाएको छ । स्वास्थ्य बिमा गरेका बिरामीका लागि बागलुङ सदरमुकाममा रहेको धौलागिरि अस्पताल, ढोरपाटनमा रहेको बुर्तिबाङ प्रास्वाके, गल्कोट नगर अस्पताल, जैमिनीको कुश्मीसेरामा रहेको नगर अस्पताल प्रथम सेवा बिन्दुका रुपमा रहेर बीमितलाई उपचार सेवा दिइरहेको स्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्माले जानकारी दिनुभयो ।

धौलागिरि अस्पतालमा मात्रै दैनिक ८० प्रतिशत बिरामी स्वास्थ्य बिमाका बीमित सदस्य आउने गरेको धौलागिरि अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा रविरञ्जन प्रधानले जानकारी दिनुभयो । ग्रामीण क्षेत्रका विपन्न परिवारलाई अझै पनि स्वास्थ्य बिमाको फाइदाका विषयमा जानकारी हुन नसक्दा उनीहरु बीमित हुन नसकेको स्वास्थ्य बिमा बोर्डको भनाइ छ ।

पाँच जनाको परिवारले रु तीन हजार पाँच सय तिरेमा एक वर्षसम्मका लागि रु एक लाखसम्मको स्वास्थ्य बिमाले तोकेको अस्पतालमा उपचारका लागि रकम तिर्नु पर्दैन । यदि परिवारमा थप सङ्ख्या भए एक जना बराबर रु सात सय थप गर्नुपर्छ । बिमा कार्यक्रममा ज्येष्ठ नागरिक, अतिगरिब परिवार, एचआइभी एड्स सङ्क्रमित र द्वन्द्वपीडितलाई परिचयपत्रका आधारमा निःशुल्क बिमा गर्ने गरिएको छ ।रासस

शुक्रबार, जेठ २६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाँकेमा १९३ कुष्ठरोगी
विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

लोकप्रिय

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

ताजा

बाँकेमा १९३ कुष्ठरोगी

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

सङ्घीय अस्पतालमा शवगृह बनाइने

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.