• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • १ घण्टा 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • ७ घण्टा 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
  • ७ घण्टा 

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • १९ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • २४ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १ दिन 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • १ दिन 

झापा र कैलालीमा खोप अभियान
  • १ दिन 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • १ दिन 

लोकप्रिय समाचार

  • १. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • २. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ३. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ४. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ५. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ६. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. विपद्पछि सरुवा रोगको प्रकोप

  • ९. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • १०. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

आँबुखैरेनीमा जनतासँग स्वास्थ्य कार्यक्रम

  •  आइतबार, असार १०, २०८० मा प्रकाशित

दमौली ।तनहुँको आँबुखैरेनी गाउँपालिकाले जनतासँग स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाको शनिबारदेखि सुरु तेह्रौँ गाउँसभाका अवसरमा आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष शुक्र चुमानले स्वास्थ्य सेवालाई विशेष प्राथमिकता दिई जनतासँग स्वास्थ्य कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

यो सेवाअन्तर्गत गाउँपालिकाका सबै वडामा रहेका ज्येष्ठ नागरिकलाई महिनाको एक पटक घरमै पुगेर सेवा प्रदान गरिने अध्यक्ष चुमानले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकाले स्वास्थ्यलाई विशेष जोड दिएर नीति तथा कार्यक्रम बनाएको छ, ज्येष्ठ नागरिकलाई सहजरुपमा सेवा दिन घरमै पुगेर आधारभूत स्वास्थ्य सेवा दिने नीति लिएका छौँ ।”

अध्यक्ष चुमानले महिलाको प्रजनन स्वास्थ्य, पाठेघर क्यान्सर परीक्षण कार्यक्रमलाई जोड दिइएको बताउनुभयो । गाउँपालिकाभित्रका सर्वसाधारणलाई क्यान्सर लागेमा रु ५० हजार आर्थिक सहायता दिने कार्यक्रमलाई आगामी वर्षमा निरन्तरता दिइएको उहाँले उल्लेख गर्नुभयो ।

आँबुखैरेनी–१ सत्रसयमा निर्माण गरिने ट्रमा अस्पतालका लागि प्रदेश सरकारसँग सहकार्य गरिने चुमानले बताउनुभयो । उपचारात्मक स्वास्थ्य सेवालाई विशेष प्राथमिकता दिइएको जनाउँदै उहाँले आधारभूत स्वास्थ्य सेवा सबैलाई निःशुल्क प्रदान गरिने बताउनुभयो । आँबुखैरेनी अस्पतालको स्तरोन्नति गरिने बताउँदै अध्यक्ष चुमानले मिर्गौला डायलासिस केन्द्र स्थापना गरिने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “गोजीमा एक रुपैयाँ नहुँदा पनि उपचारका लागि कहाँ जान्ने भन्ने चिन्ता नलिनुहोला, गाउँपालिकाले स्वास्थ्यको सबै जिम्मा लिन्छ, आँबुखैरेनी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम सुरु भइसकेको छ, बीमा गराउनुहोला ।” उहाँले यही वर्ष अस्पतालमा शल्यक्रिया सेवा सुरु गरिने बताउनुभयो । ठूला शल्यक्रियाका लागि महिनामा एकपटक विशेषज्ञ चिकित्सक ल्याएर सेवा प्रवाह गर्ने उद्देश्य राखिएको उहाँले बताउनुभयो ।

शिक्षातर्फ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)सँग समन्वय गरी बहुप्राविधिक शिक्षालय सञ्चालन गरिने चुमानले बताउनुभयो । सबै सामुदायिक विद्यालयमा प्रविधियुक्त शिक्षाको विस्तार गरिने जनाउँदै उहाँले पञ्चवर्षीय सुधार योजना लागू गरिने उल्लेख गर्नुभयो ।

पर्यटनतर्फ ऐना पहरामा उद्यान निर्माण गर्ने प्रक्रिया अगाडि बढेको र मस्र्याङ्दी जलविद्युत् आयोजनाको बाँधस्थलमा जल पर्यटन सञ्चालन गरिने उहाँले बताउनुभयो । समस्तीपुरको अग्लो झोलुङ्गे पुलमा बन्जीजम्प सम्भाव्यता अध्ययन गरिने जनाउँदै अध्यक्ष चुमानले हिलेखर्क र मिलनचौरलाई पर्यटकीय नमुना गाउँको विकासरुपमा विकास गरिने बताउनुभयो ।

गाउँपालिकाले जमिन बाँझो राख्ने कार्यलाई निरुत्साहित गर्न भूमि बैंक स्थापना गरी खेती गर्न नसक्ने जग्गाधनीको जग्गाको लगत राखी उद्यम प्रयोजनका लागि भाडामा दिने व्यवस्था मिलाइने उल्लेख गरेको छ । गरिब तथा सिमान्तकृत समुदायलाई कृषिमा आधारित एकीकृत उत्पादन कार्यक्रममार्फत आर्थिक क्रियाकलापमा आबद्ध गरी स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने नीति लिइएको अध्यक्ष चुमानले बताउनुभयो ।

वैदेशिक रोजगारीमा जान चाहने नागरिकका लागि सीप विकास कार्यक्रम सञ्चालन गरिने र वैदेशिक रोजगारबाट फर्किएका नागरिकलाई उनीहरुले आर्जन गरेको अनुभव, सीप र पुँजी लगानी उत्पादन तथा स्वरोजगारीका क्षेत्रमा काम गर्र्न प्रोत्साहन गरिने अध्यक्ष चुमानको भनाइ छ ।

दूधमा प्रतिलिटर रु तीन अनुदान दिने व्यवस्थालाई निरन्तरता दिइएको र व्यावसायिक कृषि तथा पशुपक्षी फार्मलाई प्रोत्साहन दिइने नीति अवलम्बन गरिएको उहाँले बताउनुभयो । गाउँपालिकाले आज आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्ने कार्यतालिका छ । रासस

आइतबार, असार १०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सङ्घीय अस्पतालमा शवगृह बनाइने
सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

लोकप्रिय

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

ताजा

सङ्घीय अस्पतालमा शवगृह बनाइने

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.