• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • ४ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • ८ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • ९ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • ९ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • ९ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • ११ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • १२ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • १४ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • १४ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • १०. सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

पौवादुङमा ‘नवजात शिशु भविष्य सुरक्षा कार्यक्रम’

  •  मङ्गलबार, असार १२, २०८० मा प्रकाशित

भोजपुर ।यहाँको पौवादुङमा गाउँपालिकाले पहिलोपटक ‘नवजात शिशु भविष्य सुरक्षा कार्यक्रम’ लागू गरेको छ । आर्थिक वर्ष २०८०÷८१ को वार्षिक नीति तथा कार्यक्रममा बालबालिकाको भविष्य सुनिश्चितताको लागि यो कार्यक्रम लागू गर्न लागेको हो ।

यो कार्यक्रमअन्तर्गत यहाँभित्र जन्म र सिफारिस भएका बालबालिकाको भविष्य सुरक्षाका लागि प्रत्येक महिना रु पाँच सयका दरले पाँच वर्षसम्म गाउँपालिकाले भत्ता वितरण गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । बालबालिकाको पालनपोषण तथा भविष्य सुरक्षाका लागि यो कार्यक्रमको थालनी गरिएको भट्टराईको भनाइ छ ।

“बालबालिकाको भविष्य सुरक्षाका लागि यो कार्यक्रम सञ्चालनमा ल्याएका छौँ”, उहाँले भन्नुभयो, “पाँच वर्षसम्म बैंकिङ प्रणालीमार्फत प्रोत्साहन रकम दिन्छौँ । नवजात शिशु विद्यालय जाने उमेरसम्म खातामा जम्मा भएको रकमले पठनपाठनसँगै भविष्य सुरक्षामा टेवा पुग्छ भन्ने हाम्रो उद्देश्य हो ।”

बालबालिकाको स्वास्थ्यसँगै उनीहरूको भविष्यका लागि लगानी गर्न सके त्यसबाट दक्ष जनशक्ति उत्पादन गर्न सकिने गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । बालबालिकालाई गर्भमा रहेदेखि उसको उज्ज्वल भविष्यको लागि प्रोत्साहनको कार्यक्रम सञ्चालनमा ल्याएको उहाँको भनाइ छ ।

राज्यले ज्येष्ठ, एकल महिला, असक्त, असाहय नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिए पनि नवजात शिशुका लागि भने पौवादुङमा गाउँपालिकाले पहिलोपटक प्रोत्साहनको कार्यक्रम सुरु गरेको अध्यक्ष राईले बताउनुभयो । “गरिबी तथा अर्थाभावका कारण अब आउने बालबालिका स्वास्थ्य र शिक्षाबाट बञ्चित नहुन् भन्ने हाम्रो मुख्य लक्ष्य छ”, उहाँले भन्नुभयो, “गाउँपालिकाले प्रदान गर्ने रकमले उनीहरूको उज्ज्वल भविष्य निर्माणमा टेवा पुग्छ । पाँच वर्षसम्म जम्मा भएको रकमलाई मुद्धति खातामा राखेर उनीहरूको उज्ज्वल भविष्य निर्माणमा लगानी हुनेछ ।”

गाउँपालिकाले विगतका वर्षबाट नै स्वास्थ्य क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको अध्यक्ष राईको भनाइ छ । गाउँपालिकाले ‘बर्थिङ सेन्टर’बाट सिफारिस गरिएका गर्भवती, सुत्केरी नवजात शिशुलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने जनाएको छ । महिला तथा नवजात शिशुको स्वास्थ्यलाई ध्यानमा राख्दै विगतका दिनको रातो भाले कार्यक्रमलाई निरन्तरता दिँदै ‘आफैँ पाल्दै आफँै खादै’ कार्यक्रमअन्तर्गत गर्भवतीलाई पोथी वितरण ‘अण्डा कार्यक्रम’ सञ्चालनमा ल्याइएको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले जानकारी दिनुभयो ।

त्यस्तै गर्भवती अवस्थामा आठपटक स्वास्थ्य संस्थामा र सुत्केरी अवस्थामा चारपटक घरमै स्वास्थ्य जाँच गराउने व्यवस्था मिलाइने उहाँले जानकारी दिनुभयो । “प्रोत्साहनको कार्यक्रमसँगै महिला स्वास्थ्यमा विषेश ध्यान दिएका छौँ”, उपाध्यक्ष राईले भन्नुभयो, “भावी सन्ततिको स्वास्थ्य जीवनका लागि गर्भवतीलाई पोषण कार्यक्रमसँगै स्वास्थ्य परीक्षणमा जोड दिएका छौँ ।” गाउँपालिकाभित्र रहेका पाँच बर्थिङ सेन्टरलाई थप व्यवस्थित गर्दै नर्सिङ कर्मचारीलाई रात्रिकालीन भत्ताको व्यवस्था गर्ने जनाइएको छ । रासस

मङ्गलबार, असार १२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.