• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १२ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १२ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १२ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

बाँकेमा बढ्दैछन् क्यान्सरका रोगी

  •  बिहिबार, साउन ०४, २०८० मा प्रकाशित

जानकी । “मैले मेरो जेठानीलाई क्षयरोगले दिएको पीडा देखेपछि पाठेघरको क्यान्सरविरुद्धको खोप लगाएकी हुँ ।” यो भनाइ हो, नेपालगञ्ज उपमहानगरपालिका–१० पासाङल्हामु मार्गकी कुसुम दुगडको । क्षयरोग लागेकी जेठानीलाई पीडामा छटपटिएको देखेर क्यान्सर लाग्यो भने त आफूलाई योभन्दा बढी पीडा दिन्छ भन्ने डरले आफूले पाठेघरको क्यान्सरविरुद्धको खोप लगाएको उहाँको भनाइ छ । कुसुमले खोपको सबै मात्रा पूरा गर्नुभएको छ ।

कुसुमले मात्र नभई उहाँका दुई छोरीले पनि पाठेघरविरुद्धको क्यान्सरको खोप लगाइसक्नुभएको छ । छोरीले नै आफूलाई खोप लगाउन सुझाव दिएको बताउने कुसुमले अरु महिलालाई पनि पाठेघरको क्यान्सरविरुद्धको खोप लगाउन सुझाव दिनुभयो । “क्यान्सर लागेर धेरै पैसा खर्च गर्नुभन्दा क्यान्सरविरुद्धको खोप लगाएर जीवनलाई स्वस्थ राख्नु नै उत्तम हुन्छ”, उहाँ भन्नुहुन्छ, “खोप महँगो भए पनि हाम्रो आर्थिक अवस्थाले भ्याउँथ्यो त्यसैले हामी तीन आमा छोरीले नै यो खोप लगाएका छौँ ।”

कुसुम जस्तै पाठेघरको क्यान्सरविरुद्धको खोप लगाउनुभएकी प्रस्तुती शर्मा आफैँमा एक डाक्टर पनि हुनुहुन्छ । उहाँले पनि आफ्नो स्वाथ्यको ख्याल गरेर पाठेघरको क्यान्सरविरुद्धको खोप लगाउनु भएको हो । उहाँका अनुसार सबै डाक्टरले यो खोप लगाउँछन् भन्ने हुँदैन । कतिपयलाई यो खोपका बारेमा जानकारी छैन भने जानकारी भएकालाई पनि खोपको शुल्क महङ्गो भएको हुनाले पनि उक्त खोप लगाउनबाट बञ्चित रहेको डा प्रस्तुतिको भनाइ छ । डा। शर्माले नेपालगञ्ज मेडिकल केलेज नेपालगञ्जमा कार्यरत हुँदा आफूसँगै आमा र तीन जना आफन्तलाई पनि पाठेघरविरुद्धको क्यान्सरको खोप लगाउन सल्लाह दिनुभएको छ ।

सरकारले सन् २०१५ देखि २०१६ मा पाठेघरको क्यान्सरविरुद्ध लगाइने खोपको कास्की र चितवनमा आरम्भ गरेको थियो । अहिले उक्त खोपलाई निजी अस्पतालले बिरामीको मागबमोजिम लगाउने गरेका छन् । त्यसरी खोप लगाउनेमध्ये बाँकेको नेपालगञ्जस्थित कान्ति आरोग्य अस्पताल पनि एक हो । अस्पतालका बालरोग विशेषज्ञ डा रोमा बोराका अनुसार अहिलेसम्म सात जनाले मात्र उक्त खोप लगाएका छन् ।

खोप लगाउनको लागि प्रतिव्यक्ति रु १० हजार खर्च हुने भएकाले पनि यो खोप लगाउन जो कोहीको क्षमताले नसक्ने डा बोराले बताउनुभयो । उहाँले भन्नुभयो, “खोप महँगो छ । लगाउने इच्छा भए पनि खोपको मूूल्यकै कारण लगाउन सकिरहेका छैनन्”, उहाँले भन्नुभयो, “समयमै लगाउनसके पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ भन्ने जनचेतनाको पनि कमीकै कारण हुनसक्छ खोपप्रति यहाँका जनताको चासो खासै देखिएको पाइँदैन ।”

खोपका बारेमा थाहा पाएर लगाउने इच्छा भएकाहरुलाई बाहिरबाट खोपको व्यवस्था गरी लगाउने गरेको डा बोराको भनाइ छ । उहाँका अनुसार १० वर्षदेखि ४९ वर्षसम्मका महिला तथा बालबालिकाले यो खोप लगाएका छन् । १५ वर्षभन्दा तलका उमेर समूहले छ महिनाको अन्तरालमा दुई पटक खोप लगाउनुपर्छ भने १५ वर्षभन्दा माथिका महिलाले छ महिनाकै अन्तरालमा तीनपटक खोप लगाउनुपर्छ । एकपटक खोप लगाएपछि अर्को पटकको खोपलाई व्यवस्थापन गर्न चुनौती नै हुने गरेको डा बोराले बताउनुभयो ।

परीक्षणको समयमा पाठेघरको क्यान्सर कुन अवस्थामा छ भन्ने जानकारी लिन सकिन्छ । समयमा नै चिकित्सकको सल्लाहमा औषधि सेवन गरेमा रोग निको हुन्छ । सानै उमेरमा विवाह गरेमा, असुरक्षित र सानै उमेरमा यौन सम्बन्ध राखेमा, धेरै बच्चा जन्माएमा, धेरै गर्भधारण गरेमा यो रोग लाग्ने बढी खतरा रहने भेरी अस्पतालका स्त्री क्यान्सर रोग विशेषज्ञ कृतिपाल सुवेदीले बताउनुभयो ।

धुमपान गरेको महिलालाई पनि पाठेघरको मुखको क्यान्सरको सम्भावना बढी हुने उहाँको भनाइ छ । यस्तै पाँच वर्षभन्दा बढी हर्मोनयुक्त परिवार नियोजनको अस्थायी साधन प्रयोग गरेका महिलामा पनि क्यान्सरको जोखिम रहने डा सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार भेरी अस्पतालमा दैनिक दुईदेखि तीन जनासम्म पाठेघरका क्यान्सरका बिरामी परीक्षणका लागि आउने गरेका छन् ।

त्यसैगरी बाँकेको खजुरामा रहेको क्यान्सर अस्पतालमा पनि पाठेघरको मुखको क्यान्सरका विरामीको सङ्ख्या पछिल्लो समय बढ्दै गएको स्त्रीरोग विभागका प्रमुख एवं क्यान्सर सर्जन डा इन्द्रनील घोषले बताउनुभयो । “पहिलो, दोस्रो र तेस्रो चरणका सबै प्रकारका क्यान्सरका बिरामी पछिल्लो समय अस्पतालमा परीक्षण र उपचारका लागि आइरहेका छन्”, उहाँले भन्नुभयो, “धेरैजसो बिरामी त तेस्रो चरणमा आउने गर्छन् । त्यस्त बिरामीका लागि शल्यक्रिया नै अन्तिम विकल्प हुन्छ ।”

डा घोष पाठेघरको क्यान्सरविरुद्धको खोपको व्यवस्था नेपाल सरकारले नै गरेको भए महिलाको पाठेघरको क्यान्सरपीडित हुनबाट बच्न सकिने धेरै सम्भावना रहने बताउनुहुन्छ । खोप महँगो भएकै कारण निःशुल्क गर्न नसके पनि थोरै शुल्कमा यो खोपको व्यवस्था सरकारले गर्नुपर्ने उहाँको भनाइ छ । उहाँका अनुसार खजुरा अस्पतालमा प्रत्येक महिना पाँचदेखि छ जनासम्म पाठेघरको क्यान्सरका लागि उपचारका लागि जाने गर्दछन् । अस्पतालको तथ्याङ्कअनुसार २४ देखि ६५ वर्षसम्मका क्यान्सर पीडितहरु रहेका छन् ।

उहाँले भन्नुहुन्छ, “ह्युमन प्यापिलोमा भाइरस ९एचपिभी० को सक्षमणले हुने क्यान्सर हो । यो सङ्क्रमणले पाठेघरको मुखलाई लक्षित गरी आक्रमण गर्ने गर्छ ।” सङ्क्रमण भएको आठदेखि १० वर्षपछि क्यान्सरमा परिणत हुन्छ । महिलालाई पाठेघरको मुखमा क्यान्सर भए÷नभएकाबारे ‘प्याप स्मेयर टेस्ट’ अर्थात् गर्भाशय श्राव परीक्षण गरेर मात्र पत्ता लगाउन सकिन्छ । यो विधि पाठेघरको कोषिकामा सामान्य अवस्थामा रहे नहरेको पत्ता लगाउने एउटा सरल र छरितो विधि भएको डा घोषको भनाइ छ ।

पहिलो चरणमा नै औषधि उपचार गरे निको हुने पाठेघरको क्यान्सरलाई तेस्रो चरणमा पु¥याएर शल्यक्रिया नै गर्नुपर्ने कारण चेतनाको कमी भएको डा घोषको भनाइ छ । पाठेघरको मुखको क्यान्सर ह्युमन प्यापिलोमा भाइरस ९एचपिभी० को सङ्क्रमणका कारण हुन्छ । महिलामा हुने क्यान्सरमध्ये सबैभन्दा धेरै पाठेघरको मुखको क्यान्सर भएको विश्वस्वास्थ्य सङ्गठनको तथ्याङ्क छ ।

सङ्गठनको तथ्याङ्कअनुसार यो रोगबाट बर्सेनि दुई लाख ७० हजारभन्दा बढी महिलाको अकालमै मृत्यु हुने गरेको छ । नेपालमा वार्षिक १० हजारको हाराहारीमा पाठेघर मुखको क्यान्सरका नयाँ बिरामी थपिने गरेको देखिएको स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाले जनाएको छ । यसमा ८५ प्रतिशत कम विकसित अर्थात् नेपाल जस्तो देशहरु पर्दछन् । पाठेघरको मुखमा एचपिभी भाइरस प्रवेश गरेको छ भने यौनसम्पर्क सुरु भएपछि असर देखिन सुरु हुन्छ ।

बिहिबार, साउन ०४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.