• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • ६ घण्टा 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

राप्ती प्रादेशिक अस्पतालबाट ‘रेफर दर’ घटाउने प्रयास थालियो

  •  बिहिबार, साउन १८, २०८० मा प्रकाशित

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट बिरामीको ‘रेफर’ गर्नेको दर घटाउने प्रयास थालिएको छ । पछिल्लो समय अस्पतालले बिरामीलाई रेफर गर्ने गरेको गुनासो बढेको जनाइएको छ । लुम्बिनी प्रदेश सरकारले रेफरदर घटाउने प्रयास थालेका छ ।

प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीका अनुसार अस्पतालबाट रेफर गर्ने गरेको गुनासो आएपछि त्यसलाई न्यूनीकरण गर्न अस्पताललाई थप बजेट गरिएकोे बताउनुभयो ।

उहाँका अनुसार अस्पतालमा विशेषज्ञ शल्यचिकित्सा सेवा विस्तारका लागि रु साढे चार करोड बजेट विनियोजन गरिएको छ । ‘मोडुलार ओटी सेटअप’लगायतका कार्य गर्नका लागि सोही बजेट विनियोजन गरिएको हो ।

शल्यचिकित्सा सेवा सुरु भएपछि अहिले जस्तो रेफर गर्नुपर्ने अवस्थाको अन्त्य हुने उहाँको भनाइ छ । “अहिले धेरै रेफर हुने गरेको गुनासो आएको छ”, उहाँले भन्नुभयो, “यसलाई घटाउनका लागि प्रदेश सरकार दत्तचित्त भएर लागेको छ, अहिले हामीले शल्यचिकित्सा सेवा सञ्चालनका लागि बजेटसमेत विनियोजन गरेका छौँ ।”

यस सेवा सुरु भएसँगै शल्यक्रियाका धेरै सेवा प्रदान गरिने र अहिले जस्तो बिरामी रेफर गर्नुपर्ने अवस्था नहुने अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा ओम अर्यालले जानकारी दिनुभयो ।

“अहिले यो सेवा नहुँदा केही बिरामीलाई रेफर गरेर पठाउनुपर्छ”, उहाँले भन्नुभयो, “अब यो सेवा सुरु भएमा ‘मेजर अपरेशन’ अस्पतालमै हुन्छन्, र रेफर दर घट्छ ।” चालु आर्थिक वर्ष २०८०÷०८१ का लागि सोही बजेट विनियोजन भएको हो ।

त्यस्तै अस्पतालको नयाँ तला थप तथा ‘पेडियाट्रिक ब्लक’मा सेवा विस्तार गर्नका लागि औजार खरिदका लागि प्रदेश सरकारले एक करोड, औषधि भण्डारण गृह निर्माणका लागि रु ५० लाख रकम विनियोजन गरिएको छ । त्यस्तै अस्पतालको प्रयोगशाला स्तरोन्नतिका लागि रु ६० लाख, इएचआर वार्षिक सम्भार मूल्यसमेत गरी रु पाँच लाख, फोहरमैला व्यवस्थापनका लागि रु चार लाख, सिकलसेल एनिमिया, थालसेमिया तथा हेमोफेलिया निदान, उपचारका लागि रु पाँच लाख, अस्पतालमा आधारित जेरियाट्रिक वार्ड स्थापना, सामाजिक सेवा इकाइ र एकद्वार सङ्कट व्यवस्थापन केन्द्र सञ्चालन कार्यक्रमका लागि रु ४५ लाख बजेट विनियोजन भएको छ ।

त्यस्तै लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालका लागि ‘ओपिडी’ र ‘जनरल श्यया’ सोध भर्नाका लागि रु पाँच करोड बजेट विनियोजन भएको छ । केही समयअघि मात्रै अस्पतालमा एनआइसियु, दूरविन विधिबाट अपरेशन सेवा सञ्चालनमा आएका छन् । आइसियू र जनशक्ति व्यवस्थापन गर्नु अहिलेको आवश्यकता रहेको जनाउँदै आफूले त्यतातिर ध्यान दिएको निमित्त मेसु डा अर्यालले बताउनुभयो ।

अस्पताललाई प्रदेश सरकारले छ सय श्ययामा स्तरोन्नति गर्ने निर्णयसमेत गरिसकेको छ । अब ‘ओएनएम सर्भे’ गर्न बाँकी रहेको छ । सर्भे भएपछि सोहीअनुसार जनशक्ति तथा आवश्यक पूर्वाधार व्यवस्थापन हुने र थप सहज हुने डा अर्यालले बताउनुभयो । उक्त अस्पतालमा साविक राप्तीसहित बाँके, बर्दिया, सुर्खेतबाट समेत बिरामी उपचारका लागि पुग्ने गरेका छन् ।रासस

बिहिबार, साउन १८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ताजा

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.