• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १६ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १६ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १६ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

गैँडाकोटमा नगर अस्पतालको १५ शय्या क्षमताको भवन निर्माणमा ढिलाइ

  •  शुक्रबार, साउन १९, २०८० मा प्रकाशित

नवलपुर ।नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा नगर अस्पतालको १५ शय्या क्षमताको भवन निर्माणमा ढिलाइ भएको छ । सम्झौताअनुसार अस्पताल निर्माण गर्ने समय सकिएर म्याद थप गर्दा पनि कामले गति लिन सकेको छैन ।

विसं २०८० जेठ १३ गतेभित्र भवन निर्माण सम्पन्न गर्नेगरी काठमाडौँको ड्रागन कन्स्ट्रक्सन प्रालिले विसं २०७८ जेठ १४ मा ठेक्का सम्झौता गरेको थियो । निर्धारित समयमा भवन निर्माण सम्पन्न नभएपछि आगामी फागुन १३ गतेसम्मका म्याद थप गरिएको नगरपालिकाका प्रवक्ता शिवकान्त तिवारीले बताउनुभयो । उहाँका अनुसार हालसम्म २३ प्रतिशतमात्रै भौतिक प्रगति भएको छ । कोरोनालगायत विभिन्न कारण देखाउँदै म्याद थपका लागि माग गरेपछि नौ महिना समय थपिएको प्रवक्ता तिवारीले बताउनुभयो ।

भवन निर्माणका लागि गैँडाकोट छनौट भएपछि सङ्घीय सरकारले बजेट विनियोजन गरेको थियो । अत्याधुनिक १५ शय्या क्षमताको भवन निर्माणका लागि निर्माण पक्षसँग रू १२ करोड १५ लाख ७८ हजार सम्झौता भएको प्रवक्ता तिवारीले बताउनुभयो । उहाँका अनुसार सम्झौताअनुरुप तीन छुट्टाछुट्टै भवन निर्माण गर्नुपर्नेछ ।

तीनमध्ये एउटाको पहिलो तला ढलान भएको, एउटाको डिपिसी मात्रै गरिएको छ भने तेस्रो भवनको डिपिसीका लागि खाल्डो मात्रै खनिएको नगरपालिकाका पूर्वाधार शाखाप्रमुख इन्जिनियर निरजकुमार क्षेत्रीले जानकारी दिनुभयो । शव राख्ने भवनको काम सुरु गर्न बाँकी रहेको जानकारी दिँदै उहाँले काम समयमा नै सम्पादन नभएको सम्बन्धमा यसअघि नगरपालिकाले पत्र काटेको जानकारी दिनुभयो । नियमित काम गर्दा थपिएको समय सीमाभित्रै निर्माण सम्पन्न हुने उहाँको भनाइ थियो । वर्षायाममा ठूला ढलान कार्य प्रभावित हुने क्षेत्रीले बताउनुभयो ।

अस्पताल परिसरमा रहेको बुद्ध मूर्ति र गुम्बालाई स्थानान्तरण गर्न समय लागेकाले निर्माणमा ढिलाइ भएको निर्माण पक्षको दाबी छ । सम्झौता अवधिभित्र कार्य सम्पन्न नहुनाका १३ कारण पेस गरी निर्माण पक्षले म्याद थपको माग गरेको थियो ।

निर्माण कम्पनीका तर्फबाट अमृत भुर्तेलले कोभिडको प्रभाव, कार्यस्थलमा रहेको गुम्बा स्थानान्तरणमा ढिलाइ हुनु, माटो परीक्षणमा समस्या, पेस्की र नगद भुक्तानी समयमा नपाउनु, बजार महङ्गी, सामग्री अभाव, निर्वाचनको असरलगायत कारणले निर्माण प्रभावित भएको बताउनुभयो ।

अस्पताल व्यवस्थापन समितिका सदस्य एवं गैँडाकोट–११ का वडाध्यक्ष गोविन्द सुवेदीले काठमाडौँबाट ठेकेदार झिकाई काम सुरु गर्न दबाब दिएपछि निर्माणले गति लिएको बताउनुभयो । “समयमा काम सुरु हुने अवस्था नदेखेपछि ठेक्का रद्द गरी अगाडि बढ्ने तयारी गरिरहेका थियौँ”, उहाँले भन्नुभयो, “त्यसपछि निर्माण पक्ष कार्यस्थलमा आएर रड झार्ने, खाल्डा खन्नेलगायत काम थालेको छ ।” रासस

शुक्रबार, साउन १९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.