• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • ११ मिनेट 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • ५ घण्टा 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
  • ५ घण्टा 

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • १८ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • २३ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • २३ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • २३ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • २३ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • १ दिन 

लोकप्रिय समाचार

  • १. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • २. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ३. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ४. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ५. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ८. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ९. विपद्पछि सरुवा रोगको प्रकोप

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

दृष्टिविहीनहरुको प्याराग्लाइडिङ अनुभव : ‘पोखराको सुन्दरताको आनन्द लियौँ’

  •  बिहिबार, साउन २५, २०८० मा प्रकाशित

पोखरा । “जतिजति आकाशको उचाइमा पुग्थेँ, हिमालको सिरसिर हावाको स्पर्श, नजिकैबाट स्वतन्त्र उडिरहेका चरा, हरियाली डाँडाकाँडा अनि पोखराको सुन्दरता आँखाबाहेकका सबै इन्द्रीयले सक्रियरुपमा अनुभूति गरिरहेँ”, ब्लाइण्ड रक्स नामक संस्थामार्फत साउन १५ गते पोखराको आकाशमा उडान गर्नुभएकी नारायणी दवाडीले प्याराग्लाइडिङको अनुभव सुनाउँदै भन्नुभयो, “हामीले देख्ने, भोग्ने र अनुभूति गर्ने संसार नै बेग्लै छ । प्याराग्लाइडिङ उडानको अनुभवले जीवनको उचाइमा पुर्‍याएको महसुस भयो, आत्मविश्वास बढ्यो ।”

जन्मँदै दृष्टिविहीन उहाँ हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टेलिफोन अपरेटरका रुपमा कार्यरत हुनुहुन्छ । यसअघि पनि उहाँसँग वालक्लाइमिङ गरेको अनुभव छ । “प्याराग्लाइडिङ पाइलटले उचाइकाबारे जानकारी गराउँदै, चराहरु उडिरहेको, डाँडाकाँडाको हरियालीसँगै बहेको हावाको स्पर्श, प्राकृतिक सुन्दरता, हिमाललाई बादलले छोपेको सबै दृश्यको वर्णनका आधारमा त्यही दृश्यको कल्पनामा आफूलाई समाहित गर्दा बेग्लै आनन्द आयो”, दवाडीले भन्नुभयो । उहाँले मान्द्रेढुङ्गामा पोखराका प्रमुख धनराज आचार्य र वडा नं २४ का जनप्रतिनिधिको उपस्थितिले पनि उडानका लागि आफूहरुलाई थप हौसला मिलेको बताउनुभयो ।

ब्लाइन्ड रक्सका संस्थापक अध्यक्ष सृष्टि केसीले उडानको अनुभव सुनाउँदै भन्नुभयो, “जीवनमा उचाइ र सफलतमा पुग्नका लागि दृष्टिविहीनताले छेक्दैन, आकाशमा स्वतन्त्ररुपमा उडेर, बादल चुमिरहेको पलले निकै आनन्ददायक ऊर्जा थपिरहेको थियो”, केसीले भन्नुभयो, “कुनै अनुभव गर्नका लागि आँखाको ज्योतिको आवश्यकता हुँदैन, हामीले आँखा नदेखे पनि अरु हाम्रा इन्द्रीयले काम गरिरहेका थिए ।” उहाँले पाइलट भनिरहेका दृश्यलाई कल्पनाको रङले कोरेर बादलुको घुम्टोले छेकेको हिमाल देखिरहेको र हिमालको शीतलताले आफूलाई मन्दमन्द स्पर्श गरिरहेको अनुभव सुनाउनुभयो ।

केसीले जीवनलाई हेर्ने बुझ्ने मानक आँखालाई मात्र बनाउन नहुने बताउनुभयो । दृष्टिविहीन हर कुनै क्षेत्रमा सफल हुन सक्छन् र हर कुनै कार्य गर्न सक्छन् भन्ने सन्देश यस उडान दिएको उहाँको भनाइ थियो ।

केसीका अनुसार ब्लाइण्ड रक्सले कला र सिर्जनासँगै साहसिक गतिविधिमार्फत दृष्टिविहीन अपाङ्गता भएकाहरुको सशक्तीकरणमा काम गर्दै आएको छ । संस्थाले एडभेन्चर बालक्लाइमिङ, रक क्लाइमिङ, रिभर र्‍याफ्टिङ गरिसकेको र यसपटक पोखरामा प्याराग्लाइडिङ गरेको उहाँले जानकारी दिनुभयो ।

दृष्टिविहीन महिलालाई सीमित क्षेत्रमा मात्र कैद गर्ने भएकाले पनि महिलालाई बढी प्राथमिकतामा राख्ने गरेको केसीको भनाइ थियो । उहाँले प्याराग्लाइडिङमा नौ दृष्टिविहीन महिला, दुई विदेशी दृष्टिविहीन पुरुषसँगै र तीन दृष्टियुक्त गरी १२ जनाले उडान गरेको जानकारी दिनुभयो ।

संस्थाका व्यवस्थापक ओसिम अन्सारीले जीवनका हरेक सुन्दर र साहसिक गतिविधिको आनन्द लिन दृष्टिविहीन भएकै कारण अवसर गुमाउनु नपरोस् भन्ने उद्देश्यले संस्थाले कला र साहसिक गतिविधिलाई जोड दिँदै आएको बताउनुभयो । “धेरैलाई लाग्न सक्छ आँखा नदेख्नेहरु रमाउन सक्दैनन्, साहसिक गतिविधि गर्न सक्दैनन् तर उहाँहरु उदाहरणीय हुनुहुन्छ”, उहाँले भन्नुभयो, “हर कुनै कार्य गर्न सवल र सक्षम हुनुहुन्छ ।”

पछिल्लो समय निकै उत्साहका साथ प्याराग्लाइडिङ गरेर उहाँहरुले आफ्नो साहस र क्षमता सफलतापूर्वक प्रदर्शन गरेको उहाँको भनाइ थियो । अन्सारीले प्रत्येक दुई÷तीन महिनामा प्याकेज बनाएर प्याराग्लाइडिङलगायत साहसिक कार्यक्रम गर्दै उनीहरुको सशक्तीकरणमा जोड दिँदै आएको बताउनुभयो ।

व्यावसायिक प्याराग्लाइडिङ उडानको आठवर्षे अनुभव बटुल्नुभएका प्यारापाइलट रोशन गौतमले पहिलोपल्ट दृष्टिविहीनको समूहलाई उडान गराउँदा निकै आनन्द लागेको बताउनुभयो । “मेरो बुझाइमा आँखा देख्नेले जे देखे त्यसैमा रमाउँथे तर दृष्टिविहीन भित्री आँखाबाट अझ बढी आनन्द लिएको मैले पाएँ”, उहाँले भन्नुभयो, “उडानका क्रममा उहाँहरुले भनिरहनुभएको थियो ‘आइ बान्ट टु फ्लाइ इन द क्लाउड’ (म बादलमा उड्न चाहान्छु) हिमालको नजिकबाट छोएको अनुभूति गर्न चाहान्छु । म पनि उहाँहरुको अनुभूतिसँगै उडान गरेको महसुस गरिहेको थिएँ । वास्तवमा मैले पनि बेग्लै आनन्द लिएको थिएँ ।”

गौतमले उडानको व्यवस्थापकीय जिम्मेवारी पनि आफूले गर्ने अवसर मिलेको बताउँदै १९ सय ५० मिटरको उचाइसम्म उडान भरेको जानकारी दिनुभयो । “हामी उचाइमा पुगिरहेका थियौँ, वर्षायामको समय हिमाल पूरा खुल्न पाएको थिएन तर बादलभित्रबाट उहाँहरुले हिमाल नियालिरहनुभएको थियो”, उहाँले भन्नुभयो, “उहाँहरुको मुखबाट निस्किएका बाउ ! भन्ने शब्द र हाउभाउले पनि आनन्द दिइरहेको थियो । उहाँहरुलाई सम्झन लायक उडान गराउन सफल भएको अनुभूति भइरहेको गौतमले बताउनुभयो ।

नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष सुनिल भट्टराइले दृष्टिविहीनहरुको प्याराग्लाइडिङ उडानले सकारात्मक सन्देशसँगै आफू पनि प्रभावित भएको बताउनुभयो । “बाहिरी आँखाभन्दा शक्तिशाली त भित्री आँखा हुँदोरहेछ”, उहाँले भन्नुभयो, “उडानपछिको उहाँहरुको अनुभव सुनेर निकै आनन्द लाग्यो । उहाँहरुको ऊर्जा साहस र आत्मविश्वासबाट म निकै प्रभावित भएको छुँ ।”

भट्टराईले पोखरा महानगरनरपालिकासँगको समन्वयमा उहाँहरुको टिमलाई पोखरा–२४ मान्द्रढुङ्गाबाट प्याराग्लाइडिङ गराइएको जानकारी दिनुभयो । रासस

बिहिबार, साउन २५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सङ्घीय अस्पतालमा शवगृह बनाइने
सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

लोकप्रिय

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

ताजा

सङ्घीय अस्पतालमा शवगृह बनाइने

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.