• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • ६ घण्टा 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

चार बर्षदेखि थन्काइयो भेन्टिलेटर

  •  आइतबार, साउन २८, २०८० मा प्रकाशित

दैलेख । कोरोना सङ्क्रमणको दर तीव्र गतिमा फैलिएका बेला दैलेखमा जटिल खालका बिरामीको उपचारका लागि सघन उपचार केन्द्रमा भेन्टिलेटर जडान गरियो ।

लाखौँ रकम खर्च गरी ल्याइएका पाँच आइसियु शय्यामध्ये दुई आइसियु अहिलेसम्म प्रयोगमा नआइ थन्किएका छन् । आइसियु र भेन्टिलेटर कक्षको व्यवस्था पछि जटिल खालको उपचार जिल्लामै हुने आशामा रहेका यहाँका नागरिक अहिले पनि जटिल खालका रोगको उपचार गर्न भने बाहिरी जिल्ला जानुपर्ने बाध्यतामा छन् । लाखौँ रकम खर्चेर ल्याइएको आइसियु र भेन्टिलेटर भौतिक संरचना तथा बजेट अभाव देखाउँदै चार वर्षदेखि थन्क्याइएको छ ।

तत्कालीन स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा नीरञ्जन पन्तका पालामा २०७७ वैशाखमा भेन्टिलेटर र आइसियुका लागि उपकरण खरिद गरिए पनि अहिलेसम्म प्रयोगमा नआइ थन्किएको हो । हाल स्वास्थ्य सेवा कार्यालयमा निमित्त स्वास्थ्य व्यवस्थापक डा धर्मराज रेग्मीले यही जनशक्तिले भेन्टिलेटर सञ्चालनमा ल्याउन नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “यस कार्यालयमा सात विशेषज्ञ चिकित्सकको दरबन्दी खाली रहेको र दरबन्दीअनुसार एक जना पनि विशेषज्ञ चिकित्सक छैनन् । आफू पनि स्त्रीरोग विशेषज्ञ भएकाले सेवा लिन आउने महिलालाई बाहिर पठाउन परेको जानकारी दिनुभयो । हाल अस्पतालमा ६१ कर्मचारीको दरबन्दी रहेकामा २६ कर्मचारीको पद रिक्त छ । जिल्ला अस्पतालमा हाल कार्यरत नौ मेडिकल अधिकृतमध्ये दुईजना मात्र स्थायी रहेको जनाइएको छ । अन्य आठ जना मेडिकल अधिकृत छात्रवृत्ति र करारका रहेका निमित्त स्वास्थ्य व्यवस्थापक रेग्मीले बताउनुभयो ।”

उहाँले भन्नुभयो,“स्वास्थ्य सेवा कार्यालयमा उपचार गर्न आउने अधिकांश बिरामी श्वासप्रश्वासको समस्याका हुन्छन् । हामीसँग भएको अक्सिजनको माध्यमबाट उपचार त गर्छौँ तर बचाउन निकै समस्या भएको छ । भेन्टिलेटर भए पनि चलाउने दक्ष जनशक्तिको समस्या छ”

उक्त कार्यालयमा श्वासप्रश्वासको समस्या भएका बिरामीलाई सामान्य अक्सिजनको भरमा उपचार गरिँदै आइए पनि जटिल खालका बिरामी भने प्रभावकारी उपचार नपाएर दिनहुँ मृत्युको मुखमा पुग्ने गरेका देखिन्छन् । प्रदेश सरकारमातहत जिल्ला अस्पतालले दिने सेवालगायत कुरामा नागरिकले प्रश्न उठाउँदै आएका छन् । रासस

आइतबार, साउन २८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ताजा

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.