• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • ६ घण्टा 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

स्वास्थ्यलाई प्राथमिकतामा राख्दै स्थानीय तह

  •  बिहिबार, भदौ ०७, २०८० मा प्रकाशित

बलेवा । बागलुङका स्थानीय तहले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर पूर्वाधार तथा उपकरणको व्यवस्थापनमा ध्यान दिन थालेका छन् । स्थानीय तहले अत्यावश्यक स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक पूर्वाधार, उपकरण र स्रोत साधनको व्यवस्थापनमा स्थानीय तहले ध्यान दिन थालेका हुन् ।

गलकोट नगरपालिकाले सञ्चालनमा ल्याएको नगर अस्पताल चर्चामा छ । गलकोट र आसपासका बिरामीले अस्पतालबाट चिकित्सकसहितको सेवा लिइरहेका छन् । अस्पतालका लागि आवश्यक पूर्वाधार, प्रयोगशाला र चिकित्सककोसमेत व्यवस्था गरेर नगर अस्पताल सञ्चालनमा आएको हो । अस्पताल सञ्चालनमा आएदेखि नै दैनिक बिरामीको चाप बढ्दो क्रममा रहेको अस्पतालमा प्रमुख डा राजेश पौडेलले बताउनुभयो ।

यसअघि गलकोट क्षेत्रका सर्वसाधारणलाई समान्य उपचारका लागिसमेत जिल्ला सदरमुकाम वा छिमेकी जिल्ला धाउनुपर्ने बाध्यता थियो । जैमिनी नगरपालिकाले सुविधासम्पन्न एम्बुलेन्स सञ्चालनको तयारी गरिरहेको छ । प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरामा प्रयोगशाला विस्तार र नगर अस्पताल सञ्चालनका लागि जग्गा व्यवस्थापन लगायतका काम भइरहेको नगर उप्रमुख हरिहर शर्मा बताउनुहुन्छ ।

कुश्मीशेरा प्राथमिक स्वास्थ्यचौकीको सुधार, विस्तार, चिकित्सकको व्यवस्थापन र पूर्वाधार विकासले त्यहाँ बिरामीको चाप छ । सदरमुकामसमेत रहेको बागलुङ नगरपालिका–१३ पैँयुपाटामा नगर अस्पताल सञ्चालनमा ल्याइएको छ । अस्पताल भवन निर्माणाधिन छ । नगरका हरेक वडामा प्रयोगशालासहित स्वास्थ्यकर्मीको सेवा विस्तार गर्ने योजना नगरपालिकाले अघि सारेको छ ।

“हामी नागरिकको स्वास्थ्यप्रति गम्भीर र संवेदनशील छौँ”, नगरप्रमुख वसन्तकुमार श्रेष्ठले भन्नुभयो, “कम्तीमा आधारभूत स्वास्थ्य सेवा सर्वसुलभ बनाउनै पर्छ ।” जिल्लाको निसीखोला गाउँपालिकाले सर्वसाधारणको स्वास्थ्यलाई मध्यनजर गरेर एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।

गाउँपालिकाले आव २०७९÷८० को बजेटमा रु २० लाख १० हजार बजेट विनियोजन गरेर एम्बुलेन्स ल्याएको हो । यसअघि सो गाउँपालिका एम्बुलेन्सविहीन थियो । एम्बुलेन्स सञ्चालनका लागि कानुनी प्रक्रियाअनुसार अनुमति लिएर अगाडि बढ्ने र पालिकाले कार्यविधि तथा भाडादर निर्धारण गरेपछि एम्बुलेन्स सञ्चालन हुने गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीले बताउनुभयो ।

बरेङ गाउँपालिकाले सामुदायिक फार्मेसीमार्फत नागरिकलाई घरघरमै सबैखाले रोगका औषधि उपलब्ध गराउँदै आएको छ । गाउँपालिकाका स्वास्थ्यचौकीमा आधारभूत तहको भिडियो एक्स–रे सञ्चालनमा ल्याएको गाउँपालिकाले स्वस्थ्यकर्मीको व्यवस्थापन र उपचार पद्धतिलाई प्राथमिकतामा राखेको छ ।

बडिगाड गाउँपालिकाले क्षयरोग, कुष्ठरोगजस्ता सरुवा रोगको खोजी र उपचार गर्ने कार्यलाई प्राथमिकतामा राखेर कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । नागरिक स्वस्थ रहेमात्रै विकास हुने धारणा गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले राख्ने गर्नुभएको छ ।

विकास भन्नेबित्तिकै सडक, भवनजस्ता संरचना सम्झिने परिपाटीलाई विस्तारै स्थानीय तहले स्वास्थ्य क्षेत्रको विकासलाई पनि ध्यान दिन थालेकामा स्वास्थ्यकर्मीले खुसी व्यक्त गर्छन् । जिल्लाका १० स्थानीय तहमध्ये अब केही स्थानीय तहमा एम्बुलेन्स सेवा छैन । बाँकी सबै स्थानीय तहमा एम्बुलेन्स सञ्चालनमा आउँदा नागरिकले आधारभूत स्वास्थ्य सेवा पाउनबाट बञ्चित हुन नपर्ने स्वास्थ्यकर्मी बताउँछन् । रासस

बिहिबार, भदौ ०७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ताजा

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.