• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १४ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १५ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १५ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

साकेलामा घुम्ती शिविर मार्फत सेवा

  •  बिहिबार, भदौ २८, २०८० मा प्रकाशित

खोटाङ । साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडामा आयोजना गरिएको टोलस्तरीय घुम्ती शिविरबाट सात सय ५८ नागरिकले सेवा लिएका छन् । भौगोलिक विकटताका कारण गाउँपालिकाको कार्यालय पुगेर सेवा लिन नसक्ने नागरिकलाई मध्यनजर गर्दै टोलटोलमा आयोजना गरिएको घुम्ती शिविरबाट दुई सय ४३ ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता नवीकरण, दुई सय ९० जनाको स्वास्थ्य परीक्षण एवम् औषधि वितरण र दुई सय ५५ घरधुरीले जग्गाको कर बुझाएका छन् ।

सेवाग्राहीलाई गाउँमै सेवा दिने लक्ष्यका साथ टोलस्तरमा सरकारी सेवाको प्रबन्ध मिलाइएको साकेला–१ का वडाध्यक्ष हेमन राईले बताउनुभएको छ । “गाउँपालिकाको अन्य वडाको तुलनामा यो वडा भौगोलिक रुपमा विकट र ठूलो भएका कारण विभिन्न सेवाहरु टोलस्तरबाट प्रदान गर्ने कोसिस गरिएको छ”, उहाँले भन्नुभयो, “भौतिक विकास सँगसँगै सरकारबाट प्रदान हुने सेवा क्रमिक रुपमा प्रदान गरिनेछ । टोलस्तरीय घुम्ती शिविरबाट सामाजिक सुरक्षा भत्ता नवीकरण, प्राथमिक स्वास्थ्य सेवा र भूमि कर सङ्कलनसम्बन्धी सेवा पाउँदा नागरिक हर्षित बनेका छन् ।”

भौगोलिक रुपमा विकट टोलमा पुगेर टोलस्तरीय शिविरका लागि वडा सचिव नमी राई, सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा संयोजक डिएम चाम्लिङ राई, वडाका अन्य कर्मचारी तथा स्वास्थ्यकर्मीको टोली खटिएका थिए । जिल्लाको सबैभन्दा सानो (पाँच वडामात्र रहेको) साकेला गाउँपालिकाले यसअघिबाटै सबै वडामा टोलस्तरीय घुम्ती शिविर सञ्चालन गर्दै आएको छ ।

जनताको आवश्यकतालाई पहिचान गर्दै अन्य वडामा पनि क्रमिक रुपमा टोलटोलबाटै सेवा प्रदान गरिने गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईले बताउनुभयो । “सङ्घीयता जनताका लागि लागू गरिएको हो । उनीहरुले महसुस गर्नेगरी सेवा दिन सकिएन भने सङ्घीयताको कुनै अर्थ हुँदैन”, उहाँले भन्नुभयो, “राज्यको पहुँचभन्दा टाढा तथा भौगोलिक रुपमा विकट मानिएका बस्तीमा घुम्ती शिविरको आयोजना गरेर सेवा दिने प्रयास गरिरहेका छौँ । आफ्नै ठाउँमा सेवा लिन पाउँदा उनीहरु पनि हर्षित बनेका छन् ।”साकेला गाउँपालिकाले जिल्लामै पहिलो पटक घुम्ती शिविरमार्फत सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरेको थियो । कर्मचारीले वितरण गर्दै आएको सामाजिक सुरक्षाभत्तामा चरम लापरबाही भएको पाइएपछि टोलटोलमा घुम्ती शिविर सञ्चालन गरेर बैंङ्िकङ प्रणालीमार्फत वितरण सुरु गरिएको हो ।

साकेलामा एउटै व्यक्तिको नामबाट तीन जनासम्मले सामाजिक सुरक्षाभत्ता लिने गरेको पाइएको थियो । सामाजिक सुरक्षाभत्ता वितरणमा कर्मचारीले आर्थिक अनियमितता गरेको खुलासा भएपछि गाउँपालिकाले गठन गरेको छानबिन समितिले उक्त व्यक्ति सो गाउँपालिकामै नभेटेको प्रतिवेदन बुझाएको थियो ।

साकेला गाउँपालिकामा सामाजिक सुरक्षाभत्ता वितरणमा आर्थिक अनियमितता भएको पाइएपछि जिल्लाका दशवटै स्थानीय तहमा उक्त अनियमितता रोक्न बैंकिङ प्रणाली लागू गरिएको छ । लाभग्राहीलाई सुविधा दिन सबै स्थानीय तहले आ–आफ्नो क्षेत्रमा सञ्चालित बैंकिसँगैको सहकार्यमा हरेक तीन÷तीन महिनाको अवधिमा शिविर सञ्चालन गरेर वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण गरिरहेका छन् ।

स्थानीय तहले सामाजिक सुरक्षाभत्ता वितरण कार्यलाई बैंकिङ प्रणालीमा लगेपछि राज्यको करोडौँ रकम हिनामिना हुनबाट बचेको छ । सामाजिक सुरक्षाभत्ता वितरणमा बैंकिङ प्रणाली लागू गरिएपछि सम्बन्धित व्यक्तिले मात्र उक्त सुबिधा पाएका छन् । रासस

बिहिबार, भदौ २८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.