• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • ४ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • ४ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • ४ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • ५ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • ७ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ८ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • १० घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • १० घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • १०. सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

खप्तडमा सेनाको निःशुल्क स्वास्थ्य सेवा

  •  शनिबार, भदौ ३०, २०८० मा प्रकाशित

खप्तड (बझाङ) । खप्तड छेडेदह गाउँपालिका–१ काँडाका धनबहादुर रावलले खप्तडमा अस्थायी गोठ बनाएर बस्न थालेको तीन दशक भइसक्यो । वर्खायाममा राष्ट्रिय निकुञ्जले पुर्जी दिएपछि बस्तुभाउ चरिचराउनका लागि दिने तीन महिने समयमा उहाँको बसाई खप्तडमै हुन्छ ।

खप्तडमा रहँदा रावलको उपचारको सहारा भएको छ त्यहाँको आर्मी मेडिकल । त्यो मेडिकलमा रावलले आफू मात्रै नभएर आफन्तको उपचारसमेत गराउँदै आउनुभएको छ । गाउँबाट बिरामी भएर आएका आफन्तको सेनाको निःशुल्क मेडिकलमा धेरै पटक उपचार गराएको उहाँ सम्झिनुहुन्छ । “व्यारेकमा ठूलो उपचार त हुँदैन,” उहाँले भन्नुभयो, “सानोतिनो उपचारका लागि भने गाउँले समेत यतै आउनुहुन्छ । अहिले त नजिकैका स्वास्थ्य संस्थाको पनि भर लाग्दैन । खप्तडमा उपचार गराउनु र जिल्ला अस्पतालसम्म पुग्नु एउटै लाग्छ ।”

अझै जिल्ला अस्पतालमा खर्च लाग्ने र सेनाको मेडिकलमा निःशुल्क हुने गरेको उहाँले बताउनुभयो । रावलको जस्तै उपचारप्रति प्रेम छ, खप्तडछान्ना गाउँपालिका–६ का जगत थापाको । उहाँ पनि बिरामी पर्दा खप्तडकै बाटो लाग्नुहुन्छ । “खप्तड हुँदा जुन बेलामा पनि उपचारका लागि ब्यारेकै जान्थे । यसपटक भने घरै भएर पनि औषधिका लागि खप्तड गए ।” उहाँका अनुसार खप्तडमा बिरामी चेकजाँच र औषधीको मात्रा मिलाएर दिने हुँदा स्वास्थ्य चौकीभन्दा आर्मी मेडिकल सहज लाग्छ ।
खप्तडमा मेडिकलमा मात्रै नभएर मेला पर्वमा समेत सयौँले उपचार पाउँछन् । खप्तडमा रहेको श्री सिंह शार्दूल गुल्मले मेडिकल क्याम्प सञ्चालन गरेर तीर्थालु भक्तजनको उपचार गर्दै आएको छ ।

मध्यवर्ती क्षेत्र आसपासका स्थानीय त मेला पर्वको साइत जुराएर उपचारका लागिसमेत आउने गरेका छन् । खप्तडछान्ना गाउँपालिका–३ बझाङकी सिद्धा रोकायाले मेला हेर्ने मौका छोपेर उपचारका लागि आएको बताउनुभयो । उहाँले भन्नुभयो, “ग्याष्ट्रिक पहिलेदेखिकै थियो । यो पटक कम्मर दुख्ने, रिँगाटा लाग्ने, बेला बेलामा ज्वरो आउने समस्या भएको हुँदा उपचार पनि हुन्छ भनेर आए ।”

उहाँले अघिपछि समय नमिल्ने हुँदा मेलाको समयमा आएर चेकजाँज गराएको बताउनुभयो । “गत वर्ष पनि आएकी हुँ, त्यो बेलाको औषधिले धेरै काम ग¥यो । यसपटक पनि डाक्टरले चेकजाँच गरेर औषधि दिनुभएको छ । समस्या भए फेरि आउनु भन्नुभएको छ ।” उहाँले बताउनुभयो ।

गङ्गादशहरा मेला, खापरदह मेलाको उकालु र ओरालुमा समेत गुल्मले निःशुल्क उपचार गरिरहेको गुल्मपति पुरुषोत्तम कार्कीले बताउनुभयो । उहाँका अनुसार गत साता मात्रै गुल्मबाट खटिएका मेडिकल टोलीले खापरदह मेलामा दुई दिने मेडिकल क्याम्प सञ्चालन गरेर एक सय ४० जनाको उपचार गरे ।

सेनाले तीर्थालुको स्वास्थ्योपचारसँगै खापर दह इलाकामा रहेको मन्दिर, ट्रष्टघर, धार्मिक ईलाकाहरूको सरसफाइसहित मेला नजिक अस्थायी शौचालयसमेत निर्माण गरेको गुल्मपति कार्कीले बताउनुभयो । खप्तडमा रहेको आर्मी मेडिकल मध्यवर्ती क्षेत्रका बासिन्दाका लागि मात्रै नभई खप्तड भ्रमणमा आउने पर्यटक, गोठाला, तीर्थालु भक्तजन सबैका लागि निकै ओखती बनेको खप्तडमा होटल सञ्चालन गर्दै आउनुभएका धर्मराज रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो, “खप्तडमा आर्मीको मेडिकल नहुने हो भने धेरै मान्छे आउने थिएनन् ।” मेडिकल भएकै कारण अहिलेसम्म हजारौँ मान्छेलाई राहत पुगेको उहाँले बताउनुभयो ।

मेला पर्वमा मात्रै नभएर अघिपछि पनि दैनिकजसो २०/२२ जनाले सेवा लिइरहेको गुल्मपति कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “खप्तड अग्लो ठाउँमा र धेरै हिँड्नुपर्ने भएको हुँदा यहाँ लेक लाग्ने समस्याले आउने बिरामी धेरै छन् ।” अन्य स्वास्थ्य समस्या भएका बिरामी पनि दैनिकजसो आउने गरेको उहाँले बताउनुभयो । रासस

शनिबार, भदौ ३०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

झापा र कैलालीमा खोप अभियान

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.