• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • २५ मिनेट 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

गर्भवती र सुत्केरलाई ‘आफैँ पाल्दै आफैँ खादै’ कार्यक्रम

  •  आइतबार, असोज ०७, २०८० मा प्रकाशित

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा सञ्चालन भइरहको ‘आफैँ पाल्दै आफैँ खादै’ कार्यक्रम प्रभावकारी बनेको छ । गर्भवती तथा सुत्केरीको स्वास्थ्यलाई ध्यानमा राखेर सो कार्यक्रम सञ्चालनमा आएको थियो ।

यो अभियानअन्तर्गत यहाँका सबै छवटै वडाका गर्भवती तथा सुत्केरीलाई एउटा भाले, दुईवटा पोथी कुखुरा वितरण गर्दै आएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो । यसरी वितरण गरिएको कुखुरालाई पालेर उनीहरूले आवश्यकरूपमा अण्डा, मासुको रूपमा प्रयोग गर्न सक्ने उहाँले बताउनुभयो ।

“गर्भवती र सुत्केरीको स्वास्थ्यलाई लक्षित गरेर ‘आफैँ पाल्दै आफै खादै’कार्यक्रम सञ्चालन भइरहेको छ”, अध्यक्ष राईले भन्नुभयो, “यो कार्यक्रमअन्तर्गत महिलालाई भाले र पोथी कुखुरा वितरण गरेका छौँ । उहाँहरूले आफैँ पालेर खान सक्नुहुनेछ । महिलाको पोषणलाई ध्यानमा राख्दै यो कार्यक्रम सञ्चालन गरेका हौँ ।”

यसअघिको सुत्केरीका लागि रहेको रातोभाले कार्यक्रमलाई निरन्तरता दिँदै आर्थिक वर्ष २०८०÷८१ बाट यो कार्यक्रम सञ्चालनमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताउनुभयो । गाउँपालिकाभित्र घरमै सुत्केरी हुने चलनलाई शून्यमा झारिएको उहाँले बताउनुभयो । नियमितरूपमा गर्भ परीक्षण गराउने र स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई गाउँपालिकाले आवश्यक प्रोत्साहन गर्दैै आएको उहाँको भनाइ छ ।

यो कार्यक्रमअन्तर्गत वर्षमा दुईपटक वितरण गरिने गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । सबै वडामा पहिलो चरण वितरण कामको अन्तिम भएको उपाध्यक्ष राईले जानकारी दिनुभयो । यसरी वितरण गरिएको पोथी भने उनीहरूले दुई वर्षसम्म पाल्नुपर्ने उहाँको भनाइ छ । “सबै वडामा पहिलो चरणको वितरणको काम अन्तिम आवस्थामा पुगेको छ”, उहाँले भन्नुभयो, “वितरण गरिएको कुखुरा अनिवार्यरूपमा दुई वर्ष पाल्नुपर्ने हुन्छ ।”

यो कार्यक्रमअन्तर्गत पौवादुङमा–१ श्यामशिलाका १७ गर्भवती तथा सुत्केरीलाई एक भाले र दुईवटा पोथी वितरण गरिएको वडाध्यक्ष राजेन्द्र तामाङले बताउनुभयो । उनीहरूलाई वडा कार्यालयमा बोलाएर स्वास्थ्य परीक्षणसँगै कुखुरा वितरण गरिएको उहाँको भनाइ छ ।

“हाम्रो वडाका १७ गर्भवती र सुत्केरीलाई कुखुरा वितरण गरेका छौँ”, वडाध्यक्ष तामाङले भन्नुभयो, “यो कार्यक्रमले उनीहरूलाई लाभ पुगेको छ । यसलाई हामी निरन्तरता दिन्छौँ । यो कार्यक्रमले महिलाको पोषणको क्षेत्रमा सहजता थपेको छ ।”

गाउँपालिकाले सञ्चालन गरेको आफैँ पाल्दै खादै कार्यक्रमले सहज भएको स्थानीय महिला रमिला तामाङले बताउनुभयो । यसरी पालेको कुखुराबाट घरमै ताजा अण्डा खान पाइने भएकाले कार्यक्रम लाभदायक रहेको उहाँको भनाइ छ । यसबाहेक गाउँपालिका तथा वडा कार्यालयबाट अन्य विभिन्न खालका सहयोग पनि पाइरहेको उहाँले बताउनुभयो । रासस

आइतबार, असोज ०७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ताजा

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.