• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • ५ घण्टा 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
  • ५ घण्टा 

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • १८ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • २२ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • २२ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • २२ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • २२ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • १ दिन 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • १ दिन 

लोकप्रिय समाचार

  • १. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • २. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ३. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ४. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ५. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ८. विपद्पछि सरुवा रोगको प्रकोप

  • ९. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

स्वास्थ्य चौकी जाने बाटो नहुँदा नयाँ भवन प्रयोगविहीन

  •  सोमबार, असोज ०८, २०८० मा प्रकाशित

बलेवा (बागलुङ) । सरसफाइ गरेर बिरामीको दैनिक आउजाउ हुनुपर्ने स्वास्थ्य चौकी भवन झाडीभित्र छ । झाडीले घेरिएकोले भवन जीर्ण बन्न लागिसक्यो तर प्रयोग हुने कहिले भन्ने यकिन छैन ।

काठेखोला गाउँपालिका–२ भीमापोखरा स्वास्थ्य चौकीको भवन बनेको तीन वर्ष पुगिसक्यो । आकर्षक दुईतले पक्की भवनमा अहिले ताला लगाइएको छ । वरिपरि झार उम्रेको छ । बाहिरबाट हेर्दा यो झाडीभित्रको जीर्ण घरजस्तो देखिन्छ । झण्डै रु तीनकरोड लागतमा बनेको यो भवन अलपत्र परिरहेको बेला नजिकैको पुरानो भवनमा भने ठाउँ नपुगेर सेवा प्रवाह गर्न बाध्य भइरहेको स्वास्थ्यकर्मीले बताउनुभयो । नयाँ भवनबाट दिनुपर्ने सेवा पुरानो भवनबाट दिँदा ठाउँ अभाव भएको छ । ‘बर्थिङ सेन्टर’समेत रहेको भीमापोखरामा प्रसूति कक्ष, बिरामी जाँच, स्वास्थ्यकर्मीको आबाससहित प्रशासन कक्ष र ‘कोल्डचेन’ कोठा बनाउन पुग्ने गरी भवन भने अलपत्र परेको हो ।

भवन बनिसकेर पनि स्वास्थ्य चौकीमा जाने सडक नभएपछि अलपत्र परेको हो । पहिला पूर्वी खण्डबाट जाने सडक बनाउने सहमतिअनुसार भवन बनेको थियो भने अहिले पश्चिमतर्फको जग्गा खोजी भएकोमा जग्गावालाले नदिएर भवन उपयोगविहीन भएको स्थानीयले बताएका छन् । “हामीले पूर्वतर्फको बाटोमा जोड्ने गरी भवन बनाएका हौँ, तर अहिले घर जोखिममा पर्ने भएर सडक जोडिएको छैन”, काठेखोला गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख सोम शर्माले भन्नुभयो, “पश्चिमतर्पmको सडक खुलाउने सहमति भइनसकेकाले ढिला भएको हो ।” तत्काल सरोकारवालाको छलफल राखेर बाटो खुलाउने उहाँले बताउनुभयो ।

स्वास्थ्य चौकीका प्रमुख आशिस सापकोटाले भवन बनिसकेपछि सरुवा भएर आएकाले पूर्वशर्त के कस्तो भएका छन् भन्ने बुझ्न नसकेको जानकारी दिनुभयो । पूर्वसहमति भएको तर्फको सडक नखुलाइएको र पछि नजिक परेपछि जग्गा माग्दा नपाएको उहाँले बताउनुभयो । बनेको भवन जीर्ण भएको तर पुरानो भवनमा बसेर काम गर्न अप्ठेरो भएको उहाँको अनुभव छ । भवनभित्र आवास भए पनि उनी डेरामा बस्ने गरेका छन् पुरानो भवनमा भने पानी चुहिएकाले सामान सुरक्षित राख्नसमेत कठिन छ ।

सुरक्षित सुत्केरी सेवा पनि दिनुपर्ने स्वास्थ्य चौकी पुरानै भवनमा चलेकाले धेरैले नयाँ भवन प्रयोग गर्न सुझाएका छन् । स्वास्थ्य चौकीमा दक्ष प्रसूतिकर्मीको दरबन्दी छ तर कोठा अभावमा गोपनीयता नहरेको गुनासो छ । उपचारपछि राख्ने कोठा तथा सरसफाइका लागि भित्रै शौचालयको अभाव छ । नयाँ भवनमा सबै व्यवस्थापन भए पनि सञ्चालनमा आउन नसकेको हो । बनेको भवन हालको सडकदेखि सिँढीबाट झर्नुपर्ने स्थानमा छ । पश्चिमतर्फ बाँसघारी छ । त्यो फाल्दा पहिरो जाने खतरा छ भने पूर्वतर्फ सडक खन्दा दुईवटा घर बग्ने जोखिम छ ।

स्थानीयले चार रोपनी जमिन दिएपछि भवन बनाउने अवसर पाए पनि प्रयोगमा ल्याउन समस्या भएको वडा अध्यक्ष विद्यापति शर्माले बताउनुभयो । “कसैले जग्गा नदिएर काम रोकिएको भन्ने हल्ला चलेको रहेछ”,उहाँले भन्नुभयो, “जोखिम बहन गर्न नसकिएला भनेर ढिला गरेका हौँ ।”

भवन सञ्चालनमा ढिला भएकाले उपचारमा आउने बिरामी पनि फर्केर सदरमुकाम जाने गरेको स्थानीय गीता शाहीले बताउनुभयो । “भवन जीर्ण भएको र नयाँमा सर्न नपाएकोले बिरामीले गाडी भेटेसम्म सदरमुकाम धाउँछन्”, उहाँले भन्नुभयो, “कसको पहलले भवन सञ्चालनमा आउने होला ?” समयमा भवन चल्न नसके जीर्ण भएर जाने उहाँले चिन्ता व्यक्त गर्नुभयो । गाउँपालिका अध्यक्ष राजु थापाले स्थानीयका घरमा असर नपर्ने गरी बाटो खोलेर स्वास्थ्य चौकी सञ्चालन गर्न छलफल भैरहेको बताउनुभयो । रासस

सोमबार, असोज ०८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

लोकप्रिय

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

ताजा

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.