• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • ३ घण्टा 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
  • ३ घण्टा 

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • १६ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • २० घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • २१ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • २१ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • २१ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • २३ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • १ दिन 

लोकप्रिय समाचार

  • १. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • २. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ३. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ८. विपद्पछि सरुवा रोगको प्रकोप

  • ९. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • १०. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

बागलुङमा सञ्चालित शिविरमा सात सय २८ बिरामी लाभान्वित

  •  शुक्रबार, असोज २६, २०८० मा प्रकाशित

गलकोट (बागलुङ) । बागलुङमा पहिलोपटक कलेजो र मिर्गौलाका बिरामीलाई लक्षित गरी सञ्चालन गरिएको शिविरबाट सात सय २८ जनाले लाभ लिएका छन् ।

पछिल्लो समय कलेजो र मिर्गौला रोगीका बिरामीको सङ्ख्यामा वृद्धि भइरहेको सन्दर्भमा यहाँको रोटरी क्लब अफ बागलुङले धवलागिरि अस्पतालमा बुधबार सञ्चालन गरेको दुईदिने ‘कलेजो र मिर्गौला परीक्षण शिविर’बाट सात सय २८ बिरामीले परीक्षण गराएका हुन् ।

रोटरी क्लब र रोट्रयाक्ट क्लब, इन्ट्रयाक्ट क्लब अफ होली चाइल्ड तथा न्यू ओयसीयसको आयोजना, धवलागिरि अस्पताल, बागलुङ नगरपालिका, स्वास्थ्य कार्यालय र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सहआयोजना एवं सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्राविधिक सहयोगमा दुई दिने शिविर सम्पन्न गरिएको हो ।

परीक्षण गरिएकामध्ये तीन सयको भिडियो एक्सरे गरिएको क्लबले जनाएको छ । २२ जना मिर्गौलाका क्रोनिक बिरामी र चार कलेजोका बिरामी फेला परेका क्लबका अध्यक्ष दीपेन्द्र घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार चार जनाले मृत्युपछि अङ्गदान गर्ने सहमति जनाएका छन् ।

शिविरमा कलेजो र मिर्गौला बचाउनका लागि खानपानमा सुधार गर्नुपर्ने सल्लाह दिइएको थियो । शिविरमा एक सय दुईको मधुमेह परीक्षण गरिएको थियो भने परीक्षणका लागि आएका बिरामीलाई रू एक लाख बराबरको औषधि निःशुल्क वितरण गरिएको अध्यक्ष घिमिरेले बताउनुभयो । सामाजिक कार्यमा सक्रिय क्लबको १८औँ स्थापना दिवसका अवसरमा शिविर सञ्चालन गरिएको उहाँको भनाइ थियो ।

“अनुचित खानपान र खराब जीवनशैलीका कारण पछिल्लो समय मिर्गौला र कलेजोका बिरामी वृद्धि भइसकेकाले शिविरबाट निःशुल्क सेवा दिइएको हो”, अध्यक्ष घिमिरेले भन्नुभयो, “शिविरमा पत्ता लगेका मिर्गौलाका क्रोनिक र कलेजोका बिरामीलाई थप उपचारका लागि सिफारिस गरेका छौँ ।”

निकै महँगो मानिएको कलेजो र मिर्गौलाको उपचार सेवा पाउँदा सहज भएको शिविरमा पुगेका सेवाग्राहीको भनाइ थियो । यहाँका नागरिकलाई कलेजो र मिर्गौलाको उपचार सेवा दिनुका साथै अङ्गदानका विषयमा पनि बुझाइएको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका चिकित्सक दीपा लामिछानेले बताउनुभयो । यसरी परीक्षण गर्दा आगामी दिनमा हुनसक्ने शारीरिक क्षतिलाई कम गराउन सहयोग पु¥याउने उहाँको भनाइ थियो ।

लामिछाने नेतृत्वको एक दर्जन स्वास्थ्यकर्मीको समूहले मिर्गौला र कलेजोका बिरामीलाई सेवा प्रदान गरेको थियो । रासस

शुक्रबार, असोज २६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

लोकप्रिय

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

ताजा

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.