• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १८ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १८ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १८ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. आँखा अस्पतालमा बिरामी बढे

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

स्वास्थ्य क्षेत्रमा बजेट र जनशक्ति अभाव

  •  आइतबार, असोज २८, २०८० मा प्रकाशित

गण्डकी । स्वास्थ्य क्षेत्रले बजेट र जनशक्ति अभावको सामना गर्नुपरिरहेको छ । यसले गण्डकी प्रदेशमा स्वास्थ्य सेवाको गुणस्तर र पहुँचमा चुनौती थपिएको छ । प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका अनुसार आधारभूत सेवाका लागि चाहिने औषधि किन्नसमेत पर्याप्त बजेट छैन ।

प्रदेश सरकारले चालु आवमा कुल बजेटको छ प्रतिशतमात्र स्वास्थ्य क्षेत्रका लागि छुट्याएको मन्त्रालयका सचिव डा विनोदविन्दु शर्माले बताउनुभयो । “स्वास्थ्यमा बजेट र जनशक्तिको अभाव छ । विसं २०३५ अघिको दरबन्दी संरचनामा काम गर्नुपर्दा अस्पतालहरूलाई ठूलो चुनौती भइरहेको छ”, उहाँले भन्नुभयो ।

सचिव डा शर्माले कतिपय विशेषज्ञ पदमा चिकित्सक माग गर्दा आवेदनसमेत नपरेको सुनाउनुभयो । “दरबन्दीअनुसार स्वास्थ्यमा अझै पनि २६ प्रतिशत जनशक्तिको पदपूर्ति हुनसकेको छैन”, उहाँले भन्नुभयो, “समयसापेक्षरूपमा अस्पतालहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्नुपर्ने अवस्था छ ।”

माग र आवश्यकताका आधारमा विशेषज्ञसहित थप पाँच सय स्वास्थ्यकर्मी गण्डकी प्रदेशलाई चाहिने मन्त्रालयले जनाएको छ । मन्त्रालयअन्तर्गत सात सय ९३ जनाको दरबन्दी रहेकामा पाँच सय ९३ जनाको मात्र पदपूर्ति भएको छ ।

मन्त्रालयतर्फ नौ, प्रदेशस्तरीय कार्यालयतर्फ २१, अस्पतालतर्फ एक सय ४०, स्वास्थ्य कार्यालयतर्फ २७ र आयुर्वेद कार्यालयमा तीन जनाको दरबन्दी रिक्त रहेको मन्त्रालयका सचिव शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रालयले अस्पतालको सेवा प्रवाहलाई व्यवस्थित र प्रभावकारी बनाउन एक सय ६३ जनाको अस्थायी दरबन्दी स्वीकृत गरी जनशक्ति व्यवस्थापन गरेको छ ।

कतिपय अस्पतालमा भित्र्याइएका अत्याधुनिक स्वास्थ्य उपकरण सञ्चालनका लागि पनि जनशक्ति अभाव रहेको मन्त्रालयले जनाएको छ । बजेट अभावका कारण अस्पताल भवनलगायत भौतिक पूर्वाधारका काम पनि प्रभावित बनिरहेको सचिव डा शर्माले बताउनुभयो । लमजुङ, स्याङ्जा र दमौली अस्पताल भवन निर्माणमा बजेट अभाव रहेको उहाँको भनाइ थियो ।

“प्रदेश गौरवको आयोजनाका रूपमा घोषणा गरिएको क्यान्सर, मुटु र मिर्गौला रोगको विशिष्टीकृत अस्पताल निर्माण योजना पनि जग्गा र बजेटको सुनिश्चितता नहुँदा अलपत्र परेको छ”, शर्माले भन्नुभयो, “मातृशिशु, महिला तथा बाल अस्पताल बनाउने योजना पनि अगाडि बढ्न सकेको छैन ।” उहाँका अनुसार खोप, औषधि ढुवानीलगायत अत्यावश्यकीय सेवाका लागि चाहिने सवारीसाधनको समेत अभाव रहेको छ ।

उपप्रादेशिक तहको धवलागिरि अस्पतालका प्रमख मेडिकल सुपरिटेन्डेन्ट डा रविरञ्जन प्रधानले जनशक्ति अभावका कारण पूर्ण क्षमतामा सेवा दिन कठिन भइरहेको बताउनुभयो । “अहिले प्रदेश सरकारले केही विशेषज्ञ चिकित्सक पठाएको छ । चाहिने जति अझै पुगेको छैन । भएको स्रोत साधनबाट अधिकतम सेवा दिन अस्पताल कटिबद्ध छ”, उहाँले भन्नुभयो, “उपप्रादेशिक तहमा स्तरवृद्धि घोषणा गरिएको यस अस्पतालका लागि पूर्वाधार र जनशक्ति पनि सोहीअनुसार व्यवस्थापन हुनुपर्छ ।”

सङ्घीय निजामती सेवा ऐन नबनेकाले पनि प्रदेशमा जनशक्ति व्यवस्थापनमा चुनौती थपिएको मन्त्रालयको भनाइ छ । मन्त्रालयको लक्ष्यअनुसार स्वास्थ्य सेवालाई डिजिटाइजेसन गर्नेदेखि रुपान्तरणकारी आयोजना कार्यान्वयन गर्न स्रोत साधनको कमी हुन नहुने सचिव डा शर्माले बताउनुभयो ।

स्रोत साधनको सीमितताका बाबजुद स्वास्थ्य सेवा र पूर्वाधार विस्तारमा आशातित काम भइरहेको उहाँको भनाइ थियो । प्रदेश सरकारको लगानीमा कास्कीमा २५ शय्याको डायलायसिस केन्द्र, मनाङ र मुस्ताङमा जिल्ला अस्पताल र पोखरामा सङ्क्रामक तथा सरुवा रोग अस्पतालको भवन निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो ।

श्र्माका अनुसार दुई जिल्ला अस्पताल भवन क्रमागत र सरुवा रोग अस्पताल भवन निर्माण बहुवर्षीय आयोजना हो । मुस्ताङ जिल्ला अस्पताल भवन रू १२ करोड, मनाङ जिल्ला अस्पताल भवन रू १५ करोड ५५ लाख र सरुवा रोग अस्पताल भवन रू ३२ करोडमा ठेक्का सम्झौता भएको उहाँले जानकारी दिनुभयो ।

गत आवमा मुस्ताङको अस्पतालका लागि रू पाँच करोड, मनाङका लागि रू छ करोड र सरुवा रोग अस्पताललाई रू आठ करोड बजेट विनियोजन गरिएको थियो । सो बजेटमा मनाङ र मुस्ताङ अस्पताल भवन निर्माणको वित्तीय प्रगति भने न्यून देखिएको छ । गत आवमा सरुवा रोग अस्पताल भवनको वित्तीय प्रगति ८७ दशमलव ०३ प्रतिशत भएको सचिव डा शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार मनाङ अस्पताल भवनको ५८ दसमलव ०६ र मुस्ताङ अस्पताल भवनको ३२ दसमलव ०८ प्रतिशत वित्तीय प्रगति देखिएको छ । पच्चीस शय्याको मुस्ताङ अस्पताल विसं २०७७ चैत २२ मा शिलान्यास गरिएकामा निर्माणले अझै पूर्णता पाउन सकेको छैन । अरु दुई अस्पताल भवनको निर्माणकार्य पनि सुस्त छ । रासस

आइतबार, असोज २८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.