• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • १४ घण्टा 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • २ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • २ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • २ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • २ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

एक वर्षदेखि स्वास्थ्य केन्द्र डाक्टर विहीन

  •  सोमबार, कार्तिक १३, २०८० मा प्रकाशित

कुश्मा पर्वत । गाउँका जनतालाई स्वास्थ्य सेवा प्रदान गर्न भनी स्थापना गरिएको प्राथमिक स्वास्थ्य केन्द्रमा विगत एक वर्षदेखि डाक्टर छैनन् । डाक्टर नहुँदा स्वास्थ्य सेवा लिन पर्ने सर्वसाधारण मर्कामा परेका छन् ।

डाक्टरविहीन रहेको पर्वतको कुश्मा नगरपालिका–१२ को ठुलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रको दुई वर्षदेखि एक्सरे मेसिन समेत प्रयोगविहीन छ । स्वास्थ्य चौकीमा डाक्टर नहुने र भएका स्वास्थ्य उपकरण पनि प्रयोगविहीन भएपछि स्वास्थ्य सेवा लिनेलाई सास्ती भएको छ ।

विगतमा दैनिकजसो ४० देखि ५० जना व्यक्तिसम्म स्वास्थ्य सेवा लिँदै आएकोमा यतिखेर डाक्टर नहुँदा सङ्ख्या घटेर १५ देखि २० जनामा झरेको छ ।

स्वास्थ्य चौकीमा निमित्त प्रमुखको जिम्मेवारी सम्हाल्नु भएकी अनमी भिमकुमारी शर्माले भन्नुभयो, “डाक्टर छैनन् भनेपछि सर्वसाधारणमा स्वास्थ्य संस्थाप्रति विश्वास कम हुने रहेछ । एकातिर डाक्टर नहुने अर्कोतिर भएका स्वास्थ्य उपकरण समेत बन्द हुँदा स्वास्थ्य सेवा प्रभावित बनेको छ ।”

स्वास्थ्य चौकीमा कार्यरत अनमी देवीकुमारी शर्माले भिडियो एक्स-रे चलाउन जान्ने व्यक्ति नहुँदा सबैभन्दा बढी गर्भवती स्वास्थ्य सेवा प्रभावित बनेको बताउँदै उहाँले भन्नुभयो, “भिडियो एक्स-रे मेसिन हामीसँग छ, तर चलाउन जान्ने दक्ष व्यक्ति छैनन् । चलाउन जान्ने स्टाफ नर्स सरुवा भएर जानुभयो । अरूलाई आउँदैन । छिटोभन्दा छिटो तालिम दिन सकेमा गर्भवती भएका दिदीबहिनीहरू परीक्षणका लागि टाढा धाउनु पर्ने थिएन ।”

गत आर्थिक वर्ष २०७९/८० मा सुत्केरी स्वास्थ्य सेवा ४० जनाले लिएका थिए भने अहिले साउनदेखि यता भने भिडियो एक्स-रे सेवाको अभावका कारण जम्मा ५ जनाले मात्रै लिएको स्वास्थ्यकर्मीको भनाइ छ । निमित्त प्रमुख शर्माका अनुसार स्वास्थ्य चौकीमा एकजना डाक्टर र एक स्टाफ नर्ससहित ९ जना स्वास्थ्यकर्मीको दरबन्दी भए पनि जम्मा ६ जना मात्रै कार्यरत छन् ।

ठूलीपोखरी स्वास्थ्य चौकीमा सेवा लिनका लागि थापाठाना, आर्थर, कार्कीनेटा, शंकरपोखरी, स्याङ्जाको अर्जुनचौपारीदेखि बिरामी आउने गर्दछन् । डाक्टर र स्वास्थ्य उपकरण नहुँदा सामान्य स्वास्थ्य उपचार सेवाका लागि समेत जिल्ला अस्पताल र पोखरातिर धाउन पर्ने बाध्यता आइपरेको छ ।

गुणस्तरीय स्वास्थ्य सेवाका लागि दरबन्दीअनुसारको डाक्टर ल्याउन र लाखौँ लागतको एक्स-रे मेसिन मर्मतका लागि कसैले पहल नगरेको स्थानीयवासीको गुनासो छ ।

स्वास्थ्यकर्मी रविना परियारका अनुसार स्वास्थ्य चौकीमा रहेको एक्स-रे मेसिन बिग्रिएर थन्किएको दुई वर्ष भइसकेको छ । ठूलीपोखरी स्वास्थ्य चौकीमा ७ महिना पहिले २०७९ फागुन २१ देखि २३ गतेसम्म वृहत् निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो ।

तीन दिनको स्वास्थ्य शिविरको आयोजक सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय निजामती कर्मचारी अस्पताल मिनभवन काठमाडौँ र सह–आयोजकमा कुश्मा नगरपालिका रहेका थिए । निःशुल्क भनिएको स्वास्थ्य शिविर सञ्चालनमा विनियोजित रकमभन्दा बढी खर्च भएपछि शिविर नै विवादित बनेको थियो ।

सोमबार, कार्तिक १३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ताजा

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.