• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • १४ घण्टा 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • २ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • २ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • २ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • २ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

बुलिङटार : स्वास्थ्य क्षेत्रमा गरिएका प्रयास र सफलता

  •  मङ्गलबार, कार्तिक १४, २०८० मा प्रकाशित

स्वास्थ्य क्षेत्रमा गरिएका प्रयास र सफलता
बुलिङटार गाउँपालिका :
बुलिङटार गाउँपालिका तात्कालिन कोटथर,डाँडाझेरी,बुलिङटार,अर्खला,जौवारी (४–९ वडाहरु) र भारतीपुर गाउँ विकास समितिहरु मिलाएर बुलिङटार गाउँपालिकाको स्थापना गरिएको हो । यस ठाउँमा ऐतिहासिक मन्दिर तथा प्रसिद्ध ठाउँ बुलिङटार अर्थात समतल ठाउँमा रहेको गण्डकी प्रदेश अन्तर्गत नवलपरासी(बर्दघाट–सुस्ता पूर्व) जिल्लाको सदरमुकाम कावासोती बाट ४४ किलोमिटर दुरीमा अवस्थित यस गाउँपालिका १४७ दशमलब ६८ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको विश्वमान चित्रमा २७ दशमलव ७५०४७८ देखि २७ दशमलव ८४८७४६ उत्तरी अक्षांश र ८४ दशमलव ०९६१११ देखि ८४ दशमलब ३०१८२ पूर्वी देशान्तर सम्म फैलिएको यस गाउँपालिकाले नेपालको कुल भु–भागको ० दशमलव ०७८८ प्रतिशत र नवलपरासी(बर्दघाट–सुस्ता पूर्व)को १४ दशमलव १५ प्रतिशत भु–भाग ओगटेको छ ।

यसको पूर्वमा गंैडाकोट नगरपालिका,पश्चिममा बौदिकाली गाउँपालिका,उत्तरमा ऋषिङ गाउँपालिका र दक्षिणमा देवचुली नगरपालिका रहेको कुल १४ हजार ६३७ जनसंख्याको बसोबास रहेको छ । बुलिङटार गाउँपालिका छ वटा वडामा विभाजन भएको छ । साथै यस गाउँपालिकाको भाग पहाडी भेगमा अवस्थित रहेको छ । नेपाल सरकारको पछिल्लो राष्ट्रिय स्वास्थ्य योजना अनुसार साविकको स्वास्थ्य संस्थाहरुमा सेवा लिनका लागि समस्या भएका वडाहरुमा सामुदायिक स्वास्थ्य ईकाइ खोलेर सेवा दिने गरिएको छ । सो स्वास्थ्य संस्थाहरु वडा नम्बर १ मा कोटथर स्वास्थ्य चौकी र कोटथर सामुदायिक स्वास्थ्य ईकाइ,वडा नम्बर २ मा डाँडाझेरी स्वास्थ्य चौकी र पेलेगा सामुदायिक स्वास्थ्य ईकाइ,वडा नम्बर ३ मा बुलिङटार प्राथमिक स्वास्थ्य केन्द्र,वडा नम्बर ४ मा अर्खला स्वास्थ्य चौकी र सुनारथुम्की सामुदायिक स्वास्थ्य इकाई,वडा नम्बर ५ मा जौवारी स्वास्थ्य चौकी र वडा नम्बर ६ मा भारतीपुर स्वास्थ्य चौकी, घुमारी सामुदायिक स्वास्थ्य इकाई र हडाहा सामुदायिक स्वास्थ्य इकाईहरु रहेका छन ।

नियमित स्वास्थ्य कार्यक्रम जस्तै–राष्ट्रिय खोप कार्यक्रम,क्षयरोग/कुष्ठरोग नियन्त्रण कार्यक्रम,औलो/कालाजार रोग नियन्त्रण कार्यक्रम,परिवार स्वास्थ्य कार्यक्रम,प्राथमिक उपचार/गाउँघर क्लिनिक सेवा कार्यक्रम,सुरक्षित मातृत्व कार्यक्रम,बाल स्वास्थ्य र पोषण कार्यक्रमको सञ्चालन भई रहेका छन ।


स्वास्थ्य संस्था विवरण :

प्राथमिक स्वास्थ्य केन्द्र संख्या – १, स्वास्थ्य चौकी संख्या –५ , सामुदायिक स्वास्थ्य इकाई संख्या – ५ साथै नागरिक आरोग्य सेवा केन्द्र संख्या –१ रहेका छन ।

कर्मचारी विवरणहरु:
स्थायी संख्या –२४ जना ,करार संख्या –२७ जना, हे.अ.–३ ,मे.अ. –१ जना, स्टाफनर्स –१ ,हे.अ.–१ जना, अ.हे.ब.–१० जना , अ.हे.ब.–७ जना ,अ.न.मी. –१० जना ,अ.न.मी.–४ जना, का.स.–१३ जना र वैद्य –१ जना रहेका छन ।


ग्रामीण क्षेत्रमा स्वास्थ्यको समस्याहरु :

बाटो–घाटोको समस्याका कारण समयमा औषधि ढुवानीमा समस्या, बिद्युत,खानेपानी,इन्टरनेटको समस्या रहेका छन ।

यस गाउँपालिकाबाट गरिएका रचनात्मक कार्यहरु :
जस्तै :
गर्भवतीको स्वास्थ्य परिक्षण र दुईबर्ष भन्दा कम उमेरका बालबालिकाहरुको बृद्धि अनुगमन गर्दा अण्डा वितरण कार्य गरिन्छ साथै पालिकाको बर्थिङ सेन्टरमा सुत्केरी हुने आमाहरुका लागि पोषण वापतका रकम वितरण,चार वटा स्वास्थ्य संस्थाहरुमा बर्थिङ सेन्टरको स्थापना,सबै वडाहरुमा ल्याब सञ्चालन गरि सेवा दिने गरिएको र जेष्ठ नागरिक,अपाङ,अशक्तहरुको घरघरमा गएर स्वास्थ्य परिक्षण गर्ने गरिएको साथै सबै वडाहरुमा विभिन्न प्रकारका रोगहरुको नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने गरेको छ । भौगोलिक कठिनाईका कारण विरामीहरुले समयमा गई स्वास्थ्य संस्थाहरुमा उपचार लिनका लागि असहज भएका कारण ठाउँ अनुसार पाँचवटा सामुदायिक स्वास्थ्य ईकाइहरु र एक वटा नागरिक आरोग्य केन्द्र खोली सेवा दिने गरिएको छ । साथै नेपाल सरकारको स्वीकृत दरबन्दी भन्दा बढी कर्मचारीहरुका लागि गाउँपालिकाको आन्तरिक श्रोतबाट तलब भत्ता खुवाउने ब्यवस्था मिलाईएको छ ।

साथै गाउँपालिकाले बिरामीहरुको सेवाका लागि एक एम्बुलेन्स खरिद गरि सेवामा ल्याउने गरिएको छ । त्यसैगरी आ.ब.२०७७/७८ मा गण्डकी प्रदेशले स्वास्थ्य कार्यक्रमहरुको मुल्यांकन गर्दा यस पालिका प्रदेशको अठारांै स्थान र नवलपुर जिल्लामा तेस्रो स्थान हासिल गरेको थियो भने आ.ब.२०७८/७९मा गण्डकी प्रदेशले स्वास्थ्य कार्यक्रमहरुको मुल्यांकन गर्दा यस पालिका प्रदेशको एघारौं स्थान र नवलपुर जिल्लामा पहिलो स्थान हासिल गर्न सफल भएको छ । भने आ.व.२०७९/८० मा गण्डकी प्रदेश स्वास्थ्य कार्यक्रमहरुको मुल्यांकनमा बुलिङटार प्रदेश भित्र छैटौं स्थान साथै नवलपुर जिल्लामा पुन प्रथम स्थान प्राप्त गरेको छ ।

लेखक अशोककुमार श्रेष्ठ नवलपुर जिल्ला (बर्दघाट–सुस्ता पूर्व) स्थित बुलिङटार गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ ।

मङ्गलबार, कार्तिक १४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ताजा

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.