• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • ३ घण्टा 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
  • ३ घण्टा 

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • १६ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • २० घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • २१ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • २१ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • २१ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • २३ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • १ दिन 

लोकप्रिय समाचार

  • १. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • २. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ३. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ८. विपद्पछि सरुवा रोगको प्रकोप

  • ९. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • १०. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

बुलिङटार : स्वास्थ्य क्षेत्रमा गरिएका प्रयास र सफलता

  •  मङ्गलबार, कार्तिक १४, २०८० मा प्रकाशित

स्वास्थ्य क्षेत्रमा गरिएका प्रयास र सफलता
बुलिङटार गाउँपालिका :
बुलिङटार गाउँपालिका तात्कालिन कोटथर,डाँडाझेरी,बुलिङटार,अर्खला,जौवारी (४–९ वडाहरु) र भारतीपुर गाउँ विकास समितिहरु मिलाएर बुलिङटार गाउँपालिकाको स्थापना गरिएको हो । यस ठाउँमा ऐतिहासिक मन्दिर तथा प्रसिद्ध ठाउँ बुलिङटार अर्थात समतल ठाउँमा रहेको गण्डकी प्रदेश अन्तर्गत नवलपरासी(बर्दघाट–सुस्ता पूर्व) जिल्लाको सदरमुकाम कावासोती बाट ४४ किलोमिटर दुरीमा अवस्थित यस गाउँपालिका १४७ दशमलब ६८ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको विश्वमान चित्रमा २७ दशमलव ७५०४७८ देखि २७ दशमलव ८४८७४६ उत्तरी अक्षांश र ८४ दशमलव ०९६१११ देखि ८४ दशमलब ३०१८२ पूर्वी देशान्तर सम्म फैलिएको यस गाउँपालिकाले नेपालको कुल भु–भागको ० दशमलव ०७८८ प्रतिशत र नवलपरासी(बर्दघाट–सुस्ता पूर्व)को १४ दशमलव १५ प्रतिशत भु–भाग ओगटेको छ ।

यसको पूर्वमा गंैडाकोट नगरपालिका,पश्चिममा बौदिकाली गाउँपालिका,उत्तरमा ऋषिङ गाउँपालिका र दक्षिणमा देवचुली नगरपालिका रहेको कुल १४ हजार ६३७ जनसंख्याको बसोबास रहेको छ । बुलिङटार गाउँपालिका छ वटा वडामा विभाजन भएको छ । साथै यस गाउँपालिकाको भाग पहाडी भेगमा अवस्थित रहेको छ । नेपाल सरकारको पछिल्लो राष्ट्रिय स्वास्थ्य योजना अनुसार साविकको स्वास्थ्य संस्थाहरुमा सेवा लिनका लागि समस्या भएका वडाहरुमा सामुदायिक स्वास्थ्य ईकाइ खोलेर सेवा दिने गरिएको छ । सो स्वास्थ्य संस्थाहरु वडा नम्बर १ मा कोटथर स्वास्थ्य चौकी र कोटथर सामुदायिक स्वास्थ्य ईकाइ,वडा नम्बर २ मा डाँडाझेरी स्वास्थ्य चौकी र पेलेगा सामुदायिक स्वास्थ्य ईकाइ,वडा नम्बर ३ मा बुलिङटार प्राथमिक स्वास्थ्य केन्द्र,वडा नम्बर ४ मा अर्खला स्वास्थ्य चौकी र सुनारथुम्की सामुदायिक स्वास्थ्य इकाई,वडा नम्बर ५ मा जौवारी स्वास्थ्य चौकी र वडा नम्बर ६ मा भारतीपुर स्वास्थ्य चौकी, घुमारी सामुदायिक स्वास्थ्य इकाई र हडाहा सामुदायिक स्वास्थ्य इकाईहरु रहेका छन ।

नियमित स्वास्थ्य कार्यक्रम जस्तै–राष्ट्रिय खोप कार्यक्रम,क्षयरोग/कुष्ठरोग नियन्त्रण कार्यक्रम,औलो/कालाजार रोग नियन्त्रण कार्यक्रम,परिवार स्वास्थ्य कार्यक्रम,प्राथमिक उपचार/गाउँघर क्लिनिक सेवा कार्यक्रम,सुरक्षित मातृत्व कार्यक्रम,बाल स्वास्थ्य र पोषण कार्यक्रमको सञ्चालन भई रहेका छन ।


स्वास्थ्य संस्था विवरण :

प्राथमिक स्वास्थ्य केन्द्र संख्या – १, स्वास्थ्य चौकी संख्या –५ , सामुदायिक स्वास्थ्य इकाई संख्या – ५ साथै नागरिक आरोग्य सेवा केन्द्र संख्या –१ रहेका छन ।

कर्मचारी विवरणहरु:
स्थायी संख्या –२४ जना ,करार संख्या –२७ जना, हे.अ.–३ ,मे.अ. –१ जना, स्टाफनर्स –१ ,हे.अ.–१ जना, अ.हे.ब.–१० जना , अ.हे.ब.–७ जना ,अ.न.मी. –१० जना ,अ.न.मी.–४ जना, का.स.–१३ जना र वैद्य –१ जना रहेका छन ।


ग्रामीण क्षेत्रमा स्वास्थ्यको समस्याहरु :

बाटो–घाटोको समस्याका कारण समयमा औषधि ढुवानीमा समस्या, बिद्युत,खानेपानी,इन्टरनेटको समस्या रहेका छन ।

यस गाउँपालिकाबाट गरिएका रचनात्मक कार्यहरु :
जस्तै :
गर्भवतीको स्वास्थ्य परिक्षण र दुईबर्ष भन्दा कम उमेरका बालबालिकाहरुको बृद्धि अनुगमन गर्दा अण्डा वितरण कार्य गरिन्छ साथै पालिकाको बर्थिङ सेन्टरमा सुत्केरी हुने आमाहरुका लागि पोषण वापतका रकम वितरण,चार वटा स्वास्थ्य संस्थाहरुमा बर्थिङ सेन्टरको स्थापना,सबै वडाहरुमा ल्याब सञ्चालन गरि सेवा दिने गरिएको र जेष्ठ नागरिक,अपाङ,अशक्तहरुको घरघरमा गएर स्वास्थ्य परिक्षण गर्ने गरिएको साथै सबै वडाहरुमा विभिन्न प्रकारका रोगहरुको नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने गरेको छ । भौगोलिक कठिनाईका कारण विरामीहरुले समयमा गई स्वास्थ्य संस्थाहरुमा उपचार लिनका लागि असहज भएका कारण ठाउँ अनुसार पाँचवटा सामुदायिक स्वास्थ्य ईकाइहरु र एक वटा नागरिक आरोग्य केन्द्र खोली सेवा दिने गरिएको छ । साथै नेपाल सरकारको स्वीकृत दरबन्दी भन्दा बढी कर्मचारीहरुका लागि गाउँपालिकाको आन्तरिक श्रोतबाट तलब भत्ता खुवाउने ब्यवस्था मिलाईएको छ ।

साथै गाउँपालिकाले बिरामीहरुको सेवाका लागि एक एम्बुलेन्स खरिद गरि सेवामा ल्याउने गरिएको छ । त्यसैगरी आ.ब.२०७७/७८ मा गण्डकी प्रदेशले स्वास्थ्य कार्यक्रमहरुको मुल्यांकन गर्दा यस पालिका प्रदेशको अठारांै स्थान र नवलपुर जिल्लामा तेस्रो स्थान हासिल गरेको थियो भने आ.ब.२०७८/७९मा गण्डकी प्रदेशले स्वास्थ्य कार्यक्रमहरुको मुल्यांकन गर्दा यस पालिका प्रदेशको एघारौं स्थान र नवलपुर जिल्लामा पहिलो स्थान हासिल गर्न सफल भएको छ । भने आ.व.२०७९/८० मा गण्डकी प्रदेश स्वास्थ्य कार्यक्रमहरुको मुल्यांकनमा बुलिङटार प्रदेश भित्र छैटौं स्थान साथै नवलपुर जिल्लामा पुन प्रथम स्थान प्राप्त गरेको छ ।

लेखक अशोककुमार श्रेष्ठ नवलपुर जिल्ला (बर्दघाट–सुस्ता पूर्व) स्थित बुलिङटार गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ ।

मङ्गलबार, कार्तिक १४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

लोकप्रिय

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

ताजा

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.