• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • १३ घण्टा 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • २ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • २ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • २ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • २ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

दुर्गम गाउँमा स्वास्थ्य संस्था स्थापना, उपचारमा सहज

  •  बुधबार, कार्तिक १५, २०८० मा प्रकाशित

ढोरपाटन (बागलुङ) । तमानखोला गाउँपालिकाले गाउँगाउँ स्वास्थ्य संस्था स्थापना गरेपछि स्थानीयले सहज रुपमा सेवा पाउन थालेका छन् । कुनै पनि नागरिकले सामान्य स्वास्थ्य सेवा लिनका लागि घण्टौँ धाउनुपर्ने बाध्यताको अन्त्य गर्न गाउँगाउँमा स्वास्थ्य संस्था स्थापना गरेको हो । स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको गाउँपालिकाले सेवालाई थप प्रभावकारीसमेत बनाउन थालेको छ ।

स्वास्थ्य संस्था स्थापनासँगै एम्बुलेन्स सेवासमेत सञ्चालनमा ल्याएको छ । आफूहरू जनप्रतिनिधि भएर आउनुपूर्व तमानखोलामा तीनवटा स्वास्थ्य चौकी मात्रै रहेको भन्दै अहिले स्वास्थ्य संस्थाहरु धेरै ठाउँमा थपिएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले जानकारी दिनुभयो । गाउँपालिकाले वडा नम्बर ६ को नर्जाखानी, ४ को लाम्मेला र २ को बोङ्खानीमा सामुदायिक स्वास्थ्य एकाइ, वडा नं १ को सम्मर, २ को सिल्गुम र ५ को थास्पुरीमा प्राथमिक स्वास्थ्य परामर्श केन्द्र सञ्चालन गरेको अध्यक्ष बुढामगरले जानकारी दिनुभयो ।

आम नागरिकलाई सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा दिनका लागि पालिकाले विभिन्न स्थानमा स्वास्थ्य परामर्श केन्द्र र सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेको अध्यक्ष बुढामगरले बताउनुभयो । अब कोही पनि नागरिक सामान्य उपचारका लागि घण्टौँ लगाएर स्वास्थ्य संस्था पुग्नुपर्ने अवस्था नरहेको उहाँको भनाइ छ ।

अध्यक्ष बुढा मगरले भन्नुभयो, “अघिल्लो कार्यकालदेखि नै स्वास्थ्यमा सुधार हुँदै आएको छ, अहिले पनि हामीहरूले नयाँ प्रयासहरु गरिरहेका छौँ, एम्बुलेन्स सेवा थप भएको छ, यसले बिरामीलाई थोरै भए पनि राहत मिल्ने छ, भौगोलिक विकटताका कारण धेरै समस्या हामीहरुले झेल्नु परेको छ, यद्यपी समस्याहरू समाधान गर्नतर्फ लागिरहेका छौँ ।”

आधा दशक अगाडिसम्म बिरामीलाई डोला र ढोकोमा बोकेर अस्पताल अवस्था रहेकामा अहिले नजिकको स्वास्थ्य संस्थामा उपचार गराउन पाएको स्थानीय नीमकुमार रसाइलीले बताउनुभयो । गाउँमा स्वास्थ्य संस्था स्थापना भएपछि उपचारका लागि निकै सहज भएको भन्दै स्वास्थ्यमा ठूलै समस्या नआएसम्म टाढा जानुपर्ने अवस्था नभएको उहाँ बताउनुहुन्छ । पहिले गाउँमा स्वास्थ्य संस्था नहुँदा समयमा उपचार नपाउँदै धेरैले ज्यान गुमाउनु स्मरण गर्नुभयो ।

“पहिला हात, खुट्टामा चोटपटक लाग्यो भने दुई÷तीन घण्टा लगाएर बोङ्गादोभान जानुपथ्र्यो, अहिले घर छेउमै सामुदायिक स्वास्थ्य इकाइ खुलेको छ, सानातिना घाउ, चोटपटक र सामान्य बिरामीको उपचार यही गराउन पाएका छौँ”, रसाइलीले भन्नुभयो, “पहिलेको जस्तो दुःख छैन, गाउँमै बाटो आयो, मोटर गाडी गुड्छन्, विकास यही होला ।”

स्थानीय वीरबहादुर छन्त्यालले जटिल किसिमको रोग लागे मात्रै बुर्तिबाङ, पोखरा काठमाडौँ जानुपर्ने बताउनुभयो । गाउँमा धामी–झाँक्रीलाई मान्ने प्रचलन रहेको भन्दै पहिलेको तुलनामा स्वास्थ्य संस्था सञ्चालनमा आएपछि कम हुँदै गएको बताउनुभयो । खेती–किसानी गर्दा, घाँस–दाउरा गर्दा कहिलेकाहीँ चोटपटक लागे पनि घर छेउमै उपचार गराउन पाएको भन्दै खुसी व्यक्त गर्नुभयो । रासस

बुधबार, कार्तिक १५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ताजा

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.