• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • ३ घण्टा 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
  • ३ घण्टा 

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • १६ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • २० घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • २१ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • २१ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • २१ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • २३ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • १ दिन 

लोकप्रिय समाचार

  • १. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • २. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ३. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ४. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ५. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ८. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ९. विपद्पछि सरुवा रोगको प्रकोप

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

दुर्गम गाउँमा स्वास्थ्य संस्था स्थापना, उपचारमा सहज

  •  बुधबार, कार्तिक १५, २०८० मा प्रकाशित

ढोरपाटन (बागलुङ) । तमानखोला गाउँपालिकाले गाउँगाउँ स्वास्थ्य संस्था स्थापना गरेपछि स्थानीयले सहज रुपमा सेवा पाउन थालेका छन् । कुनै पनि नागरिकले सामान्य स्वास्थ्य सेवा लिनका लागि घण्टौँ धाउनुपर्ने बाध्यताको अन्त्य गर्न गाउँगाउँमा स्वास्थ्य संस्था स्थापना गरेको हो । स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको गाउँपालिकाले सेवालाई थप प्रभावकारीसमेत बनाउन थालेको छ ।

स्वास्थ्य संस्था स्थापनासँगै एम्बुलेन्स सेवासमेत सञ्चालनमा ल्याएको छ । आफूहरू जनप्रतिनिधि भएर आउनुपूर्व तमानखोलामा तीनवटा स्वास्थ्य चौकी मात्रै रहेको भन्दै अहिले स्वास्थ्य संस्थाहरु धेरै ठाउँमा थपिएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले जानकारी दिनुभयो । गाउँपालिकाले वडा नम्बर ६ को नर्जाखानी, ४ को लाम्मेला र २ को बोङ्खानीमा सामुदायिक स्वास्थ्य एकाइ, वडा नं १ को सम्मर, २ को सिल्गुम र ५ को थास्पुरीमा प्राथमिक स्वास्थ्य परामर्श केन्द्र सञ्चालन गरेको अध्यक्ष बुढामगरले जानकारी दिनुभयो ।

आम नागरिकलाई सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा दिनका लागि पालिकाले विभिन्न स्थानमा स्वास्थ्य परामर्श केन्द्र र सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेको अध्यक्ष बुढामगरले बताउनुभयो । अब कोही पनि नागरिक सामान्य उपचारका लागि घण्टौँ लगाएर स्वास्थ्य संस्था पुग्नुपर्ने अवस्था नरहेको उहाँको भनाइ छ ।

अध्यक्ष बुढा मगरले भन्नुभयो, “अघिल्लो कार्यकालदेखि नै स्वास्थ्यमा सुधार हुँदै आएको छ, अहिले पनि हामीहरूले नयाँ प्रयासहरु गरिरहेका छौँ, एम्बुलेन्स सेवा थप भएको छ, यसले बिरामीलाई थोरै भए पनि राहत मिल्ने छ, भौगोलिक विकटताका कारण धेरै समस्या हामीहरुले झेल्नु परेको छ, यद्यपी समस्याहरू समाधान गर्नतर्फ लागिरहेका छौँ ।”

आधा दशक अगाडिसम्म बिरामीलाई डोला र ढोकोमा बोकेर अस्पताल अवस्था रहेकामा अहिले नजिकको स्वास्थ्य संस्थामा उपचार गराउन पाएको स्थानीय नीमकुमार रसाइलीले बताउनुभयो । गाउँमा स्वास्थ्य संस्था स्थापना भएपछि उपचारका लागि निकै सहज भएको भन्दै स्वास्थ्यमा ठूलै समस्या नआएसम्म टाढा जानुपर्ने अवस्था नभएको उहाँ बताउनुहुन्छ । पहिले गाउँमा स्वास्थ्य संस्था नहुँदा समयमा उपचार नपाउँदै धेरैले ज्यान गुमाउनु स्मरण गर्नुभयो ।

“पहिला हात, खुट्टामा चोटपटक लाग्यो भने दुई÷तीन घण्टा लगाएर बोङ्गादोभान जानुपथ्र्यो, अहिले घर छेउमै सामुदायिक स्वास्थ्य इकाइ खुलेको छ, सानातिना घाउ, चोटपटक र सामान्य बिरामीको उपचार यही गराउन पाएका छौँ”, रसाइलीले भन्नुभयो, “पहिलेको जस्तो दुःख छैन, गाउँमै बाटो आयो, मोटर गाडी गुड्छन्, विकास यही होला ।”

स्थानीय वीरबहादुर छन्त्यालले जटिल किसिमको रोग लागे मात्रै बुर्तिबाङ, पोखरा काठमाडौँ जानुपर्ने बताउनुभयो । गाउँमा धामी–झाँक्रीलाई मान्ने प्रचलन रहेको भन्दै पहिलेको तुलनामा स्वास्थ्य संस्था सञ्चालनमा आएपछि कम हुँदै गएको बताउनुभयो । खेती–किसानी गर्दा, घाँस–दाउरा गर्दा कहिलेकाहीँ चोटपटक लागे पनि घर छेउमै उपचार गराउन पाएको भन्दै खुसी व्यक्त गर्नुभयो । रासस

बुधबार, कार्तिक १५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

लोकप्रिय

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

ताजा

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.