• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • ३ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • ४ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • ४ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • ४ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • ६ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ७ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ९ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ९ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ९ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

  • १०. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

सुडानमा आएको बाढीका कारण १६ लाख बालबालिका भोकमरीको जोखिममा : संयुक्त राष्ट्रसङ्घ

  •  सोमबार, कार्तिक २०, २०८० मा प्रकाशित

नैरोबी, केन्या । दक्षिण सुडानमा आगामी वर्ष पाँच वर्षमुनिका १६ लाखभन्दा बढी बालबालिका कुपोषणको सिकार हुने जोखिम रहेको संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रमले सोमबार जनाएको छ ।
सन् २०११ मा सुडानबाट स्वतन्त्र भएयता विश्वको सबैभन्दा नयाँ राष्ट्रले घातक द्वन्द्व, प्राकृतिक विपत्ति, आर्थिक बेचैनी र निरन्तर राजनीतिक कलहको सामना गर्दै आएको छ ।
देशका केही भागमा बर्सेनि बाढी आउने क्रम बढ्दै जाँदा जलमग्न क्षेत्रका बासिन्दाले खाना पाउनसमेत समस्या भोग्नुपरेको छ भने उनीहरू रोगको महामारीसँग पनि जुधिरहेका छन् ।
“सन् २०२४ मा पाँच वर्षमुनिका १६ लाखभन्दा बढी बालबालिका कुपोषणबाट पीडित हुने अनुमान गरिएको छ,” डब्लुएफपीले भनेको छ ।
गत बर्ष बाढीले जमिनको ठूलो भाग डुबाएको रुबकोना काउन्टीमा करिब सबै मानिसलाई २०२१ देखि साना टापुहरूमा बस्न बाध्य बनाएको छ, अप्रिलदेखि खाद्य असुरक्षाको त्रास १२० प्रतिशतभन्दा बढीले बढेको छ ।
देशको उत्तरी भागमा पर्ने काउन्टीले सन् २०२४ को अप्रिलसम्ममा भोकमरीको भयावह अवस्थाको सामना गर्नुपर्ने अनुमान गरिएको छ ।
“जलवायु सङ्कटको प्रत्यक्ष प्रभावमा बाँच्नुको यो वास्तविकता हो,” जुबामा डब्ल्यूएफपीकी कन्ट्री डाइरेक्टर मेरी एलेन म्याकग्रोर्टीले भन्नुभयो ।
उहाँले भन्नुभयो, “हामी कुपोषणमा अत्यन्त चिन्ताजनक वृद्धि देखिरहेका छौं जुन अत्यधिक भीडभाड र जलमग्न अवस्थामा बाँच्नुको प्रत्यक्ष परिणाम हो ।”
“पानीबाट सर्ने रोगहरूको फैलावटले कुपोषणको रोकथाम र उपचारमा मानवीय निकायहरूले गर्ने कुनै पनि कामलाई उजागर गर्दछ र यसबाट साना बच्चाहरूलाई सबैभन्दा बढी असर परिरहेको छ,” उहाँले बताउनुभयो ।
सुडानको क्रूर युद्धबाट भागेर भागेका लाखौं दक्षिण सुडानी शरणार्थीहरू स्वदेश फर्केपछि यो सङ्कट झनै जटिल बनेको छ र डब्लुएफपीले गत महिना परिवारहरूले ‘भोकमरीको आपतकालीन अवस्था’ को सामना गरिरहेको चेतावनी दिएको थियो ।
सुडानमा गत अप्रिलको मध्यमा सुरु भएको द्वन्द्वका कारण अहिलेसम्म १० हजारभन्दा बढीले ज्यान गुमाइसकेका सशस्त्र द्वन्द्व स्थान तथा घटना तथ्याङ्क कार्यक्रमको अनुमान छ ।
धेरै युद्धविरामहरू हिंसा रोक्न असफल भएका छन् जसले व्यापक क्षेत्रमा मानवीय सङ्कटको भय बढाएको छ ।
विश्वको सबैभन्दा गरिब राष्ट्रमध्येको एक दक्षिण सुडानले आफ्नो आधा जीवन युद्धमा बिताएको छ र आज सत्ता साझेदारी गर्ने प्रतिद्वन्द्वी नेताहरूबीच पाँच वर्ष चलेको गृहयुद्धमा करिब तीन लाख ८० हजार व्यक्तिको मृत्यु भएको छ ।
संयुक्त राष्ट्रसङ्घले दक्षिण सुडानको नेतृत्वले रक्तपात मच्चाउन, राजनीतिक स्वतन्त्रतामाथि अंकुश लगाउन र सार्वजनिक सम्पत्ती दोहनमा भूमिका खेलेको भन्दै पटक–पटक आलोचना गर्दै आएको छ ।
दक्षिण सुडानसँग तेलको ठूलो भण्डार छ तर यो ‘गम्भीर मानवीय सङ्कट’ मा रहेको विश्व बैंकले जनाएको छ । यहाँ सन् २०२३ मा करिब ९४ लाख मानिस अर्थात् ७६ प्रतिशत जनसङ्ख्यालाई मानवीय सहायताको आवश्यकता हुने अनुमान गरिएको छ । रासस

सोमबार, कार्तिक २०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

झापा र कैलालीमा खोप अभियान

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.