तनहुंँ । तनहुँको भानु नगरपालिका–२ नारेश्वरटार स्थित आधारभूत स्वास्थ्य केन्द्रमा निःशुल्क आँखा शिविर सुरु भएको छ । शिविर सञ्चालनको पहिलो दिन शुक्रबार नेत्र परीक्षण गरिएका चार सय जनामध्ये एक सय पाँच जनाको मोतिविन्दुको शल्यक्रिया गर्नु पर्ने नगरका स्वास्थ्य प्रमुख ईश्वरीचन्द्र भट्टराईले जानकारी दिनुभयो ।
भरतपुर आँखा अस्पताल, नेपाल नेत्रज्योति सङ्घ चितवन, लायन्स क्लब अफ नारायणगढ, नारायणगढ लायन्स क्लब, भानु नगरपालिका र भानु स्वास्थ्य शाखाको समन्वयमा आयोजित शिविरमा आज र भोलि शल्यक्रिया गरिने छ । शिविरमा सेवाग्राहीलाई सहजरुपमा पुग्न नगरपालिकाले निःशुल्क बसको व्यवस्था पनि गरेको छ ।
