• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • २ घण्टा 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
  • २ घण्टा 

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • १५ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • १९ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • २० घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • २० घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • २० घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • २२ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • २४ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ८. विपद्पछि सरुवा रोगको प्रकोप

  • ९. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

एक सय ५८ जनाले गरे मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया

  •  सोमबार, मङि्सर ११, २०८० मा प्रकाशित

डुम्रे (तनहुँ) । भानु नगरपालिकामा गरिएको निःशुल्क मोतियाबिन्दुको शल्यक्रियासहितको तीनदिने आँखा परीक्षण शिविरमा एक हजार १९ लाभान्वित भएका छन् । अधिकांश मानिसमा मोतियाबिन्दुका बिरामी बढ्न थालेपछि गाउँमा नै सहजरुपमा शल्यक्रियासहितको सेवा प्रवाह गर्ने उद्देश्यले शिविर गरिएको हो ।

आँखा परीक्षण गराएका एक हजार १९ मध्ये एक सय ५८ जनामा मोतियाबिन्दु निदान भएको नारायणगढ लायन्स क्लबका अध्यक्ष शान्तकुमार पियाले जानकारी दिनुभयो । उहाँका अनुसार आँखा परीक्षणका क्रममा मोतियाबिन्दु निदान भएका बिरामीको भानु नगरपालिका–२ नारेश्वरटारस्थित आधारभूत स्वास्थ्य केन्द्र सामुदायिक भवनमा शिविरमै निःशुल्क आँखाको शल्यक्रिया गरिएको हो ।

उहाँले भन्नुभयो, “यहाँ मोतियाबिन्दुका बिरामी बढी भएकाले सहजरुपमा गाउँघरमै सेवा प्रवाह गरिएको हो । बाइसजाँगर, चन्द्रावती, नारेश्वरटारलगायतका भानु नगरपालिकाभित्रका विभिन्न स्थानमा गरिएको मोतियाबिन्दु निदान भएका बिरामीको नारेश्वरटारमा शल्यक्रिया गरिएको छ ।”

भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले यस्ता शिविर समय समयमा गरी आँखा नदेखिने समस्या समाधान गर्ने प्रयासमा रहेको बताउनुभयो । अधिकांशमा मोतियाबिन्दुको समस्या देखिएको पाइएकाले शिविरले महत्वपूर्ण भूमिका खेलेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “आँखाको समस्या समाधानका लागि उपचारमा सहज बनाउने लक्ष्य लिएका छौँ । योजना तयार गरी यसको अगाडिको प्रक्रिया थाल्नेछौँ ।”

यस क्षेत्रमा आँखाका बिरामीको उपचारका लागि समस्या रहेकाले आँखा उपचार केन्द्र स्थापना गर्ने योजनाका लागि कार्यपालिका बैठकमा छलफल गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीयको स्वास्थ्य प्रमुख हो । सोहीअनुरुप काम गर्ने योजनासहित यसको विषयमा छलफल गर्न लागिएको हो ।”

शिविरमा नेपाल नेत्रज्योति सङ्घ, भरतपुर आँखा अस्पताल चितवनका डा रञ्जितकुमार शाहको प्रमुख नेतत्वमा डा मनिषा थापा, डा सृष्टि पौडेल, डा रमेश घिमिरे, डा वीरमाया तामाङलगायतका चिकित्सकले मोतियाबिन्दुको शल्यक्रिया गर्नुभएको थियो । डिएके फाउन्डेशनको आर्थिक सहयोगमा नेपाल नेत्रज्योति सङ्घ, भरतपुर आँखा अस्पताल चितवन, भानु नगरपालिकाको कार्यालय तनहुँ, नारायणगढ लायन्स क्लब चितवन, लायन्स क्लब अफ नारायणगढ नारायणी र भानु नगरपालिका–२ को कार्यालय, आधारभूत स्वास्थ्य केन्द्रको सहयोगमा शिविर गरिएको हो ।

भानु नगरपालिकामा आँखा परीक्षण केन्द्र स्थापना गर्ने योजना रहेको नारायणगढ लायन्स क्लब चितवनका अध्यक्ष शान्तकुमार पियाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नारेश्वरटार आधारभूत स्वास्थ्य केन्द्रमा नै आँखा उपचार केन्द्र स्थापना गर्ने योजना छ । नगरपालिकासँग समन्वय भइरहेको छ । यहाँबाट अनुरोधपत्र पेस भएमा हामीले अरु प्रक्रिया अगाडि बढाउनेछौँ ।” भानु नगरपालिका मात्रै नभई अन्य क्षेत्रका आँखाका बिरामीलाई सहज हुने उहाँले बताउनुभयो । रासस

सोमबार, मङि्सर ११, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

ताजा

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.