• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १४ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १५ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १५ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ८. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

स्वास्थ्यकर्मीले यसरी गरेका थिए भूकम्पमा घाइतेको उपचार

  •  शुक्रबार, पुष १३, २०८० मा प्रकाशित

जाजरकोट । गत कात्तिक १७ गते राति ११ः४७ बजे आएको भूकम्पसँगै जाजरकोटका स्वास्थ्यकर्मी एकाएक ब्युँझिए । निद्रा खुल्नासाथ उनीहरूका लागि एउटा ठूलो परीक्षा सुरु भयो । सुरक्षाकर्मीका टोली भूकम्पबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिँदै हातहातमा औजार लिएर जनधनको सुरक्षाका लागि निस्केजस्तै स्वास्थ्यकर्मी पनि स्वास्थ्य सामग्री लिएर बिरामीको ज्यान बचाउने ध्येयका साथ काममा जुटे ।

भर्खरै मात्र भवन बनेर केही स्वास्थ्यकर्मीको व्यवस्थापन भएको जिल्ला अस्पताल र पालिकामा रहेका स्वास्थ्य संस्थामा भूकम्पबाट घाइते भएका बिरामी भरिभराउ हुँदा उपचारमा खटिने स्वास्थ्यकर्मीलाई हम्मेहम्मे भइसकेको थियो । रातिको समय भएकाले सबै खालका सामग्री जुटाउनसमेत कठिन थियोे ।

सुरक्षाकर्मीको सबै टोली भूकम्पबाट भएको क्षतिको जानकारी लिँदै हातहातमा विभिन्न प्रकारका औजार लिएर जनधनको सुरक्षाका लागि निस्किए भने स्वास्थ्यकर्मी हतार, हतारमा स्वास्थ्य संस्थामा ल्याइएको बिरामीको ज्यान बचाउन क्रियाशिल थिए । भर्खरै मात्र भवन निर्माणदेखि केही स्वास्थ्यकर्मीको व्यवस्थापन भएको जिल्ला अस्पताल र पालिकामा रहेका स्वास्थ्य संस्थामा भूकम्पबाट घाइते भएका बिरामीले भरिभराउ हुँदा उपचारमा खटिने स्वास्थ्यकर्मीलाई भने हम्मेहम्मे भयो । रातिको समय भएकाले सबै खालका सामग्री जुटाउन र उचित व्यवस्थापन गर्न सकस भएको थियो ।

सीमित जनशक्तिका भरमा सञ्चालनमा रहेका जिल्लाका स्वास्थ्य संस्थामा ल्याइएका घाइतेको पीडादायी अवस्था हेर्दै ज्यान बचाउनु पहिलो प्राथमिता र बिरामीको वर्गीकरण गरेर अवस्थाअनुसारको उपचार गर्नु अर्को चुनौती थियो । सामान्य बिरामीलाई पनि नेपालगञ्ज वा सुर्खेतस्थित अस्पतालमा सिफिारिस गर्ने गरिएको भन्ने आरोप खेप्दै आएको जिल्ला अस्पतालले भूकम्पको समयमा भने विपदमा आफ्नो हैसियत र व्यवस्थापनको पाटोलाई सक्रियतापूर्वक सञ्चालन गरेको थियो । राति भएकाले सबैभन्दा ठूलो चुनौती उद्धारमा खटिएका सुरक्षाकर्मी र उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई थियो । सबैभन्दा बढी क्षति भएको नलगाड नगरपालिकास्थित नगर अस्पतालमा ठूलो समस्या भएको थियो । पन्ध्र श्ययाको भवनको निर्माण नभइसकेकोे र भएका संरचनामा समेत भूकम्पले क्षति पु¥याएपछि उपचारमा भारी समस्या भएको थियो । भूकम्प जाने बित्तिकै विद्युत सेवासमेत बन्द भएको थियो । फोनसमेत राम्रोसँग सञ्चालन नहुँदा थप हैरानी खेप्नुपरेको जिल्ला अस्पतालमा कार्यरत लालबहादुर बस्नेतले जानकारी दिनुभयो ।

एकाउन्न जनाको घटनास्थलमै मृत्यु भएको नलगाडमा दर्जनौ स्थानीयबासीहरु घाइते भएका थिए । सबै ठाउँमा कच्ची सडकसँगै सञ्चार सेवा पनि नहुँदा सही सूचना, तथा जानकारी लिएर स्वास्थ्य संस्थासम्म बिरामीलाई ल्याउनु समस्या भएको थियो । दल्लीस्थित स्वास्थ्य संस्थाको भवन भत्किएका कारण खुल्ला चौरमा भूकम्पबाट घाइते भएकालाई उपचार गरिएको थियो । सख्त घाइतेलाई तीन घण्टा टाढा रहेको सदरमुकामस्थित जिल्ला अस्पताल र चौरजहारी अस्पतालमा पु¥याउन झन अर्को समस्या भएको स्वास्थ्यकर्मी हेमा पुनले जानकारी दिनुभयो ।

बिरामी ल्याउन र उपचार गर्न सबैभन्दा बढी समस्या नलगाड नगरपालिकामा भएको थियो । उहाँकाअनुसार चारैतीरबाट बिरामी ल्याइएको थियो । कहाँ के भइरहेका छ भन्ने आधिकारिक जानकारीसमेत पाउन सजिलो थिएन । रातिको समयमा नेपाल टेलिकमका टावरले काम नगर्ने भएकाले घटनाको विवरण आदान–प्रदान गर्न कठिन थियो । भूकम्पको केन्द्रविन्दु रहेको बारेकोटमा भारी क्षति भएको हुनसक्ने अनुमान गरिएपनि भोलिपल्टअर्थात् कात्तिक १८ गते बिहान १० बजे मात्र फोन सेवा सञ्चालनमा आएपछि जानकारी लिन सकिएको थियो ।

बारेकोटमा भौतिक संरचनाको क्षति भए पनि मानवीय क्षति भने नभएको खबर पाएपछि जिल्लाका सुरक्षा अधिकारीहरु सूचनाको पहुँचमा पुगेका थिए । भूकम्पबाट सुरुमा जुन प्रकारको क्षति भएको होला भन्ने आँकलन गरिएको थियो, त्योभन्दा ठूलो मात्रामा विवरण सार्वजानिक भएपछि उपचार तथा उद्धारको पाटोमा चुनौती थपिएको थियो । सदरमुकाममा सबै प्रकारका सुरक्षाको टोलीले उद्धार गरे पनि नलगाडमा प्रहरी, स्वास्थ्यकर्मी, कर्मचारी र जनप्रतिनिधिको टोलीले भारी मात्रामा रातिको समयमा हैरानी खेप्नु परेको थियो । नलगाडका अधिकांश स्वास्थ्य संरचनामा क्षति पुगेको थियो । भूकम्प गएको आधा घण्टाभित्र सबै स्वास्थ्यकर्मीलाई नगर अस्पतालमा उपस्थित गराएर काम गरिएको नगरप्रमुख डम्बर रावतले बताउनुभयो ।

सशस्त्र सङ्घर्षका समयमा दोहोरो भिडन्त हुँदा घाइतेको उपचार तथा उद्धारको कामलाई नजिकबाट नियाल्नुभएका नगर प्रमुख रावतले भूकम्प गएको बेला त्यो सिकाइ काम लागेको बताउनुभयो । उपचार, उद्धार, आवास, खाना र पीडाले एकैपटक घेर्दा विकट ठाउँमा सञ्चालनमा रहेका पालिकाले काम गर्न सहज नभएको उहाँको भनाइ थियो । उद्धारका कामलाई २४ घण्टाभित्रै अन्तिम चरणमा पु¥याएको सरकारले अब भने दुर्गम क्षेत्रका स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई थप मजबुत बनाउनका लागि भारी मात्रामा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । विपत् बाजा बजाएर आउँदैन भनेझैँ भूकम्पले कसैलाई पनि छाडेन । अहिले केही कुराहरु सहज भए पनि स्वास्थ्यकर्मी, औषधि, खानेपानी, विद्युत् तथा जनशक्तिको समस्या भने यथावत नै छ । रासस

शुक्रबार, पुष १३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.