• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • १ घण्टा 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
  • १ घण्टा 

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • १४ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • १८ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १९ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • १९ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • १९ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • २२ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ४. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ५. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ६. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ७. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ८. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ९. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

प्रभावकारी बन्यो ‘प्रसूति प्रतिक्षा घर’

  •  मङ्गलबार, माघ ०२, २०८० मा प्रकाशित

गलकोट (बागलुङ) । केही वर्षअघिसम्म घरमै सुत्केरी हुने गरेका बागलुङका गर्भवती अहिले समयअगावै स्वास्थ्य संस्था पुग्ने गरेका छन् । जिल्लाका स्वास्थ्य चौकीमा ‘प्रसूति प्रतिक्षा घर’को व्यवस्था गरिएपछि यहाँका सुत्केरी र गर्भवतीलाई यसबाट राहत मिलेको छ ।

स्थानीय पालिका र ग्रामीण स्वास्थ्य सुधार परियोजनाको साझेदारीमा बागलुङका २२ बर्थिङ सेन्टर रहेका स्वास्थ्य संस्थामा प्रसूति प्रतिक्षा घरको व्यवस्था गरिएको छ । सुत्केरी हुनुअगावै स्वास्थ्य संस्थामा कुरुवासहित खाना खाने र बस्ने व्यवस्था मिलाइएको छ ।

जैमिनी नगरपालिका–५ बिनामारेकी २२ वर्षीया यामुना नेपाली दुई महिना अघि शिशुलाई जन्म दिन छिमेकी वडाको सर्कुवा स्वास्थ्यचौकी पुग्नुभयो । जैमिनी नगरपालिका–४ सकुवा स्वास्थ्यचौकीमै सुत्केरी हुन उहाँलाई प्रसूति प्रतिक्षा घरले प्रेरित गरेको थियो । सुत्केरी हुने समय आएपछि गर्भवती एक–दुई दिन पहिले नै स्वास्थ्यचौकी पुग्न थालेपछि सम्भावित खतराबाट समेत जोगिन थालेका छन् ।

“दुई दिनअगावै सकुवा स्वास्थचौकीमा आएर कुरुवासहित बसेँ, स्वास्थ्यमा सुधार आएपछि मात्रै घर फर्केँ”, नेपालीले भन्नुभयो, “स्वास्थ्यकर्मीको निगरानीमा नवजात शिशुको उचित स्याहार भयो, हामीजस्ता व्यक्ति होटलमा बसेर सुत्केरी हुन समस्या हुन्थ्यो, अहिले त पकाउने खाद्यान्न लिएर स्वास्थ्यचौकी आए हुँदोरहेछ, पकाउने भाँडाकँुडा, ग्यास चुलो र कुरुवा सुत्ने बेडसहितको सेवा स्वास्थ्य संस्थामै हुँदा सहज भयो ।”

यामुना मात्र होइन, अधिकांश गर्भवतीलाई खाने, बस्ने र कुरुवाको समस्याले सताउने गरेको छ । पछिल्लो समय बागलुङमा पकाएर खाने र बस्ने सुविधासहितको प्रसूति प्रतिक्षा घरले सहज भएको छ । खर्च र समयको बचत भएको छ । प्रसूति प्रतिक्षा घर यहाँका गर्भवती सुत्केरी हुनकै लागि कुश्मिसेरा तथा बागलुङ बजार पुग्ने गरेका थिए ।

जिल्लामै सबैभन्दा बढी सुत्केरी हुने स्वास्थ्य संस्थाका रूपमा चिनिएको निसीखोला गाउँपालिका–३ स्थित बोहोरागाउँ स्वास्थ्य संस्थामा निसीखोला गाउँपालिका र ग्रामीण स्वास्थ्य सुधार परियोजनाको सहयोगमा प्रसूति प्रतिक्षा घर निर्माण गरिएको छ । भान्साघर र सुत्ने ठाउँसहितको प्रसूति प्रतिक्षा घरले गर्भवतीलाई खर्च र जोखिम दुवै कम गराएको स्वास्थ्यचौकीका प्रमुख कसिन्द्र शाहीले जानकारी दिनुभयो । बोहोरागाउँ स्वास्थ्यचौकीमा गत वर्षमात्रै एक सय ४० गर्भवती सुरक्षितरुपमा सुत्केरी भएको उहाँले बताउनुभयो ।

यस वर्ष साउनयता हालसम्म ५४ गर्भवती सुरक्षितरुपमा सुत्केरी भइसकेका छन् । विसं २०७७ अघि सुत्केरी हुन स्वास्थ्य संस्थामा आउने गर्भवती होटलमा कुरुवासहित बस्नुपर्ने बाध्यता थियो । प्रसूति प्रतिक्षा घर निर्माणपछि उक्त समस्या हटेको छ ।

विसं २०७७ मा निसीखोला गाउँपालिकाको रु तीन लाख र ग्रामीण स्वास्थ्य सुधार परियोजनाको रु दुई लाख ५० हजारको लागतमा प्रसूति प्रतिक्षा घर निर्माण गरिएको हो । “दुई गर्भवती र दुई कुरुवा बस्न मिल्ने कोठा निर्माण गरिएको छ, पकाउने खाद्य सामग्री घरबाटै लिएर आउनु पर्छ, स्वास्थ्य संस्थामै बस्दा गर्भवती र सुत्केरी अवस्थामा आउन सक्ने आकस्मिक जोखिम घट्ने तथा स्वास्थ्यकर्मीको निगरानीमा बस्न पाउँदा सहज भएको छ”, शाहीले भन्नुभयो ।

ग्रामीण स्वास्थ्य सुधार परियोजना विवाइसी बागलुङ र स्थानीय पालिकाको साझेदारीमा २२ बर्थिङ सेन्टरमा बस्ने र पकाएर खाने सुविधासहितको प्रसूति प्रतिक्षा घर निर्माण गरिएको परियोजना विज्ञ गणेश बरुवालले जानकारी दिनुभयो । सरकारको प्रसूति प्रतिक्षा घर बनाउने नीति र कार्यक्रममा परियोजना साझेदार बनेको उल्लेख गर्दै उहाँले गर्भवती र सुत्केरीलाई समय, खर्च बचतसँगै जोखिमसमेत घटेको छ ।

बोहोरागाउँमा प्रसूति प्रतिक्षा घर निर्माण गरिएको छ । केही स्थानमा भवन मर्मतसम्भार गरेर प्रसूति प्रतिक्षा घरको व्यवस्था गरिएको छ । धेरै स्थानमा स्वास्थ्य संस्थाभित्रै प्रसूति प्रतिक्षा घर बनाइएको छ । जिल्लामा ६८ बर्थिङ सेन्टर भए पनि आवश्यकता र प्राथमिकताका आधारमा स्थानीय सरकारले प्रसूति प्रतिक्षा घर बनाउँदै गएका छन् । प्रसूति प्रतिक्षा घरका कारण राहत मिलेको निसीखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जुनी घर्तीमगरले बताउनुभयो । रासस

मङ्गलबार, माघ ०२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

ताजा

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.