• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • १ घण्टा 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
  • १ घण्टा 

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • १४ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • १८ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १९ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • १९ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • १९ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • २१ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ४. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ५. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ६. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ७. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ८. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ९. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

‘बारपाक सुलिकोटमा बालबालिकामा रक्तअल्पताको समस्या’

  •  बिहिबार, माघ ०४, २०८० मा प्रकाशित

गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाभित्रका बालबालिकामा रक्तअल्पताको समस्या देखिएको छ । गाउँपालिकाले सञ्चालन गरेको विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रमअन्तर्गत पालिकाभित्र अध्ययनरत १० वर्षभन्दा माथि १२ कक्षासम्मका बालबालिकामा ‘हेमोग्लोबिन’ परीक्षण गर्दा धेरै बालबालिकामा रक्तअल्पताको समस्या देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा अधिकृत कृष्ण भट्टले राससलाई जानकारी दिनुभयो ।

रक्तअल्पता देखिएकामध्ये केही बालबालिकामा कडाखालको रक्तअल्पता देखिएको उहाँले बताउनुभयो । ‘‘रगत जाँच गरिएकामध्ये करिब २८ दशमलव ४८ प्रतिशतभन्दा बढी बालबालिकामा रक्तअल्पता देखिएको छ”, उहाँले भन्नुभयो, “ परीक्षण गरिएका १४ जना बालिका र दुईजना बालकमा कडा खालको रक्तअल्पता देखिएको छ । शरीरमा आवश्यक पर्ने प्रोटिन, भिटामिन र खनिजको मात्रा कम हुँदा रगतमा हेमोग्लोबिनको मात्रा हुन्छ । ” उहाँका अनुसार जाँच गरिएकामध्ये पाँच सय २५ बालबालिकामा हेमोग्लोबिनको मात्रा १० देखि १२ जी/डीएल रहेको पाइएको छ भने १८ जनामा हेमोग्लोबिनको मात्रा नौ जी÷डीएलभन्दा कम रहेको पाइएको छ । हेमोग्लोबिनको मात्रा पुरुषमा १३ दशमलव पाँच जी÷डीएल र महिलामा १२ जी/डीएलभन्दा कम भएमा त्यसलाई रक्तअल्पता भएको मानिन्छ ।

हेमोग्लोबिनको मात्रा नौ जी÷डीएलभन्दा कम भएमा कडा खालको रक्तअल्पता भएको मानिन्छ । “हेमोग्लोबिन कमीले शरीरमा रगतको मात्रा घट्ने र दैनिक कामकाज गर्नका लागि बाधा पुग्न सक्छ”, स्वास्थ्य शाखा अधिकृत भट्टले भन्नुभयो, “हमोग्लाबिनको मात्रा कम हुँदा शरीरका विभिन्न भागमा अक्सिजनयुक्त रगत पुर्याउने क्षमतामा ह्रास आउने र शरीरलाई आवश्यक पर्ने अक्सिजनको कमी हुन गई श्वासप्रश्वासमा समस्या हुन सक्छ ।”

गाउँपालिका स्वास्थ्य शाखाले स्थानीयस्तरमा रहेका ल्याबसँग समन्वय गरी मङ्सिर २८ बाट पुस ४ गतेसम्म पालिकाभित्रका सबै विद्यालयका बालबालिकाको हेमोग्लोबिन र रक्त सञ्चार ग्रुपको परीक्षण गरेको थियो । पोषणयुक्त खानेकुराभन्दा बाहिरबाट आयात गरिएका जङ्कफुडको प्रयोगका कारण धेरैजसो बालबालिकामा हेमोग्लोबिनको मात्रामा कमी देखिएको हुनसक्ने स्वास्थ्य शाखा अधिकृत भट्ट बताउनुहुन्छ । “गाउँपालिकाभित्र पोषण सुधार कार्यक्रम सञ्चालन भए, तर पोषण सुधारका लागि उत्पादन गरिएका खाद्यवस्तु बेचेर चाउचाउ खाने बानीको विकास भयो, कोदोलाई तिस्कार गर्ने, चामलको भात धेरै खाने संस्कार बसेको छ”, उहाँले भन्नुभयो, “स्थानीय उत्पादनको प्रयोगभन्दा बाहिरबाट ल्याइएको जङ्कफुड प्रयोगले समस्या निम्त्याउँदै गएको छ ।” कार्यक्रमबाट प्राप्त रिर्पोटका आधारमा आगामी दिनमा कार्यक्रम बनाउन सकियो भने पालिकाभित्रको स्वास्थ्य क्षेत्रमा सकारात्मक प्रभाव पर्ने उहाँ बताउनुहुन्छ ।

“यो कार्यक्रम गाउँपालिकाको एउटा सर्भे पनि हो”, उहाँले भन्नुभयो, “सर्भे गर्दा धेरै बालबालिकामा रक्तअल्पता देखिनु बालबालिकामा पोषणको अवस्था कमजोर भन्ने पत्ता लगाउनु हो, अहिले प्राप्त भएको तथ्याङ्कले आगामी दिनमा योजना बनाएर समस्या समाधान गर्न सजिलो हुन्छ ।” हेमोग्लोविनको मात्रा सुधारका लागि मुख्यरूपमा मानिस व्यक्तिगत खानपानमा सुधार गर्नुपर्ने स्वास्थ्य अधिकृत भट्टले बताउनुभयो । कोहीकसैमा परजीवी जुकाका कारणले पनि रक्तअल्पता हुनसक्ने उहाँको भनाइ छ । गाउँपालिकाले हरेक बर्षको मङ्सिर र जेठमा छ–छ महिनाको फरकमा बालबालिकालाई नियमितरूपमा जुकाको औषधि खुवाउने गरेको छ । ‘‘विकासका कुरा जति गरे पनि हाम्रा बालबालिका स्वस्थ्य भएनन् भने हामी सफल हुन सक्दैनौँ”, उहाँले भन्नुभयो, “बालबालिका भनेका भोलिका कर्णधार हुन्, हामीले बालबालिकाको बृत्तिविकासमा ध्यान दिनैपर्छ ।”

पालिकाभित्रका बालबालिकामा रक्तअल्पताको समस्या धेरै देखिएपछि स्वास्थ्य शाखाले अबदेखि किशोरीका लागि सञ्चालन गर्दै आएको आइरन फोलिक एसिड चक्की खुवाउने कार्यक्रममा स्वास्थ्यकर्मी नै परिचालन गर्ने जनाएको छ । रासस

बिहिबार, माघ ०४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

ताजा

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.