• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • २० घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • २१ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • २१ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. आँखा अस्पतालमा बिरामी बढे

  • ५. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ६. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

  • १०. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

‘आगामी बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिन्छौँ ’

  •  शनिबार, माघ १३, २०८० मा प्रकाशित

पर्वत । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्ने बताउनुभएको छ ।

पर्वत अस्पतालमा हेमोडायलाइसिस सेवाको आज शुभारम्भ गर्दै उहाँले आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट स्वास्थ्य क्षेत्र केन्द्रित गरिने जानकारी दिनुभयो । उहाँले प्रदेशको स्वास्थ्य सुधारमा धेरै आवश्यकता रहे पनि स्रोत र साधन सीमित हुँदा तत्काल गर्न नसकिएको बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेले नागरिकले सम्पत्ति बेचेर उपचार गर्नुपर्ने दिनको अत्य गरिने बताउनुभयो । कुनै ठूलो रोग लागिहाल्यो भने पनि सामान्य नागरिकले आफ्नो घरखेत बिक्री गरेर उपचार गर्न नपरोस् भन्नेतर्फ प्रदेश सरकार गम्भीर भएर लागेको उहाँको भनाइ छ ।

मुख्यमन्त्री पाण्डेले आगामी आर्थिक वर्षभित्र मिर्गौलाको डायलासिस गर्नुपर्ने बिरामीको सङ्ख्या शून्यमा झारिने बताउनुभयो । अहिले भइरहेको स्रोतसाधनबाट छ सय ६६ जनाले उपचार सेवा लिइरहेका र अझै एक सय ७८ जना डायलासिस गर्नुपर्ने बिरामी प्रतिक्षारत रहेको बताउँदै एक वर्षभित्रमा यो सङ्ख्या शून्यमा झारिने उहाँले बताउनुभयो ।

उहाँले आगामी आर्थिक वर्षमा गोरखा र पर्वत अस्पताललाई स्तरोन्नति गरी ५० श्ययाको अस्पताल बनाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । मुख्यमन्त्री पाण्डेले १० वर्ष मुनिका बालबालिकाको उपचारसेवा गत वर्षदेखि नै निःशुल्क गरिँदै आएको बताउनुभयो ।

उहाँले स्वास्थ्य सेवालाई सर्वसुलभ र गाउँगाउँमा रहेका स्वास्थ्यचौकीसम्म गुणस्तरीय सेवा विस्तारका लागि पहल भइरहेको बताउनुभयो । उहाँले पर्वत अस्पतालमा चालु आर्थिक वर्षभित्रै ‘बि’ ग्रेडको एम्बुलेन्स सेवा उपलब्ध गराउने र खानेपानीको समस्या समाधानका लागि सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो ।

उहाँले आगामी वर्षदेखि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन रकम दिने व्यवस्था गरिने बताउँदै उक्त कार्यक्रमले पोखरामा मात्र सीमित विशेषज्ञ डाक्टर अन्य जिल्लामा जाने विश्वास व्यक्त गर्नुभयो । “विशेषज्ञ डाक्टरको दरबन्दी प्रदेशभरि नै अभाव छ”, उहाँले भन्नुभयो, “पोखराभन्दा बाहिरी जिल्लामा जान नमान्ने समस्याले पनि नागरिकले सेवा पाउन नसकेका हुन् ।”

गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव डा विनोदविन्दु शर्माले गण्डकी प्रदेशका पर्वत, बागलुङ, लमजुङ, स्याङ्जालगायत जिल्लामा डायलासिस गर्नुपर्ने प्रतिक्षारत बिरामीको सङ्ख्या शून्यमा झरिसकेको बताउनुभयो । उहाँले प्रदेश सरकारले थप रु एक करोड ५५ लाख विनियोजन गरेकाले अन्य जिल्लामा डायलासिस गर्नुपर्ने बिरामीलाई चालु आर्थिक वर्षभित्र सेवा दिनेगरी तयारी गरिएको बताउनुभयो ।

उहाँले सुत्केरी हुन नसकेका महिलालाई प्रदेश सरकारले निःशुल्क हेलिकप्टर सेवा सुरुआत गरेको जनाउँदै चालु आर्थिक वर्षमै ६४ महिलाले सेवा लिएको बताउनुभयो । प्रदेशका ११ वटै जिल्लामा २४सै घन्टा हेलिकप्टर सेवा सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो ।

डायलासिस सेवा विस्तार भएपछि हप्तामा दुई पटकसम्म सेवा लिनुपर्ने बिरामीलाई थप सहज भएको छ । अहिले पर्वत, बागलुङ र म्याग्दीका गरी २६ बिरामीले पर्वत अस्पतालबाट नियमित डायलासिस सेवा लिँदै आएका छन् । अझै थप सात जनालाई सेवा दिन सकिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बास्तोलाले जानकारी दिनुभयो ।

सात श्ययामा नियमितरुपमा बिरामी राखेर डायलासिस गर्न थालेपछि आफूहरुलाई सहज भएको बिरामी अलिमान सुनुवारले बताउनुभयो । पाँच महिनादेखि नियमित डायलासिस गर्दै आएका सुनुवारले पहिलेभन्दा अहिले निकै सहज भएको र अस्पताल आउँदाकै दिन सेवा लिन पाइएको बताउनुभयो । रासस

शनिबार, माघ १३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

आँखा अस्पतालमा बिरामी बढे

अत्यावश्यक औषधि उत्पादनको समझदारी

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.