• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १४ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १७ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १९ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

स्वास्थ्य परीक्षण गर्दै कर्णाली सरकार

  •  शनिबार, माघ १३, २०८० मा प्रकाशित

कर्णाली । कर्णाली प्रदेश सरकारले उच्च रक्तचाप, मधुमेह र मिर्गौलाका बिरामीलाई लक्षित स्वास्थ्य परीक्षण अभियान अगाडि बढाएको छ । सरकारले ५५ वर्षमाथिका नागरिकमा उच्च रक्तचाप, मधुमेह र मिर्गौलाको समस्या देखिने भएकाले अभियान सञ्चालन गर्न थालिएको जनाएको छ ।

स्वास्थ्य परीक्षणका लागि लगत सङ्कलन गर्न प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले यसअघि रुकुमपश्चिम र पश्चिम सुर्खेतको चौकुनेमा स्वास्थ्यकर्मीलाई अभिमुखीकरण दिइसकेको छ । साथै शुक्रबार वीरेन्द्रनगरका स्वास्थ्यकर्मीलाई अभिमुखीकरण दिइएको निर्देशनालयले जनाएको छ ।

रुकुमपश्चिममा स्वास्थ्य परीक्षण सुरु भइसकेको छ भने चौकुने–१ मा ५५ वर्षमाथिका नागरिकको स्वास्थ्य परीक्षण सुरु भएको निर्देशनालयका निर्देशक डा रविन खड्काले जानकारी दिनुभयो । वीरेन्द्रनगर नगरपालिका–६ को मुख्य बजारमा यही माघ १७ गतेदेखि परीक्षण सुरु गरिने उहाँले बताउनुभयो ।

निर्देशक खड्काले नसर्ने रोगको समयमा नै पहिचान गरी निदान तथा रोकथामका उपाय अपनाउँदा त्यसबाट हुनसक्ने जटिलतालाई न्यूनीकरण गर्न सकिने भएकाले ५५ वर्षमाथिका नागरिकका लागि अभियान सञ्चालन गरिएको बताउनुभयो । अभियानअन्तर्गत सेवाग्राहीलाई आवश्यक परामर्श उपलब्ध गराइने उहाँको भनाइ थियो ।

“समुदायस्तरमा नसर्ने रोग सम्बन्धी सचेतना अभिवृद्धि गरी जोखिम तथा राग लागिहाले हुनसक्ने जटिलता न्यूनीकरणमा यो अभियानले सहयोग गर्नेछ”, निर्देशक खड्काले भन्नुभयो, “यसबाट रोग लाग्ने तथा मृत्यु हुने दर कम हुने र व्यक्तिगत रुपमा स्वास्थ्य उपचारमा कम खर्च हुने अपेक्षा गरेका छौँ ।” अभियानमा ५५ वर्ष माथिका नागरिकको उच्च रक्तचाप, मधुमेह र मृर्गौला सम्बन्धी रोगको परीक्षण गरिने उहाँले बताउनुभयो ।

सामाजिक विकास मन्त्रालयका सचिव डा भोजराज शर्मा काफ्लेले सबैभन्दा दुर्गम चौकुने–१ सुर्खेतका ५५ वर्ष माथिका नागरिकको स्वास्थ्य परीक्षण गर्दा अपेक्षा गरेको भन्दा बढी रोगी देखिएको बताउनुभयो । उहाँका अनुसार अब सुगम वीरेन्द्रनगर–६ मा अभियान सञ्चालन गर्ने कार्यक्रम छ ।

चौकुनेमा शैक्षिक, आर्थिक र स्वास्थ्यका हिसाबले कमजोर नागरिकको बसोबास छ । उनीहरु आफ्नैले उब्जनी गरी खान्छन्”, काफ्लेले भन्नुभयो, “वीरेन्द्रनगरमा सम्पन्न ठाउँ भएपनि यहाँका अधिकांशले बजारबाट खाद्यान्न तथा तरकारी किनेर खाने गर्दछन्,” उहाँले भन्नुभयो, “उनीहरुको स्वास्थ्यमा के अन्तर छ भन्ने अध्ययन तथा खोज गर्नु यो अभियानको उद्देश्य हो ।”

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा शक्तिप्रसाद सुवेदीले यो कार्यक्रमको सुरुवाती चरण भएकाले अहिले ५५ वर्षमाथिका नागरिकलाई मात्र अभियानमा समेटिएको बताउनुभयो । उहाँका अनुसार उच्च रक्तचाप भएका बिरामीको मिर्गौला र मधुमेहको अवस्था पत्ता लगाउन प्रदेश सरकारले विशेष जोड दिएको छ । अभियानमा सहभागी बिरामीलाई नसर्ने रोग सम्बन्धी केही औषधि निःशुल्क उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो ।

निर्देशनालयका जनस्वास्थ्य निरीक्षक किरणकुमार शर्माले नेपालमा वयस्क जनसङ्ख्याको २५ प्रतिशतमा उच्च रक्तचाप हुँदा कर्णालीमा २१ प्रतिशत रहेको तथ्याङ्क प्रस्तुत गर्नुभयो । तथ्याङ्क प्रस्तुत गर्दै उहाँले भन्नुभयो, “नेपालमा नसर्ने रोगमा ३० प्रतिशत मुटु सम्बन्धी, अन्य १३ प्रतिशत, घातक स्वासप्रश्वास सम्बन्धी १०, क्यान्सर नौ र मधुमेहबाट चार गरी ६६ प्रतिशत मानिसको मृत्यु भइरहेको छ । कर्णालीमा नसर्ने रोगबाट मृत्यु हुनेको दर ७०–८० प्रतिशत रहेको छ ।”

विश्वमा नसर्नेरोगबाट ७१, निम्न तथा मध्यम आय भएका देशहरुमा ८६ र नेपालमा ७० प्रतिशत मानिसको मृत्यु भइरहेको निरीक्षक शर्माले जानकारी दिनुभयो । नसर्ने रोगसम्बन्धी जनचेतना जगाउँदै यसको समयमा नै उपचार तथा रोकथामका लागि सबै सरोकारवाला निकाय सँगसगै भएरकाम गष्र्नुपर्ने उहाँको भनाइ थियो ।

अस्वस्थकर जीवनशैली, कसरतको अभाव, जोखिमपूर्ण कामलगायत कारणले नसर्ने रोगसम्बन्धी समस्या भएकाको सङ्ख्या दिनप्रतिदिन बढिरहेको शर्माले बताउनुभयो । नियमित व्यायम, स्वस्थ र ताजा खाना, तनाबरहित जीवनशैलिलगायत कुरामा परिवर्तन गर्न सके नसर्ने रोगको जोखिमबाट बच्न सकिने उहाँको सुझाव थियो ।

शनिबार, माघ १३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.