रिसिङ । तनहूँ जिल्लाको रिसिङ गाउँपालिकाको श्री शिव सरस्वती माध्यमिक विद्यालय,रिसिङको ४९औं वार्षिकोत्सवकोमा आयोजित दुईदिने बृहत निःशुल्क स्वास्थ्य शिविरको पहिलो दिन १८० जनाले सेवा लिएका छन ।
ग्रामीण भेगका जनताको लागि स्वास्थ्य सेवा सहजरुपमा उपलब्ध गराउने उदेश्य अनुसार आयोजना गरिएको शिविर आज माघ २४ र भोलि २५ गते सम्म संचालन हुनेछ ।
शिविरमा वरिष्ठ ग्यास्ट्रो एण्ड हेपाटोलोजीष्ट डा.वरुण श्रेष्ठ,बरिष्ठ बालरोग विशेषज्ञ डा. दामोदर तिवारी, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. मन्जु पाण्डेय हाजोर्नी तथा नशा रोग विशेषज्ञ डा.योगेश राज पन्त लगायतको चिकित्सकले विरामीको स्वास्थ्य जाँच गर्नु भएको हो।
शिविरमा महिलाहरुको महिनावारी गडबढी, तल्लो पेट दुख्ने, उच्च रक्तचाप , मधुमेह ग्याष्टिक , रुखा खोकी ज्वरोको समस्या, घुँडाको ,मेरुदण्डको जोर्नी खिएको,नशा च्यापिने समस्या, कुमको जोर्नी जाम हुने समस्या , हाडजोर्नीको बाथको समस्या देखा परेको उपचार संलग्न चिकित्सकहरुले जानकारी दिनुभयको थियो।
रिसिङ गाउँपालिका,लायन्स क्लब अफ नारायणगढ चित्रवन,रोटरी क्लब अफ चितवन,रोटरी क्लब अफ नारायणगढ र धनलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.नारायणगढको आयोजनामा संचालित शिविरको प्राविधिक सहयोग भरतपुरस्थित नेशनल सिटी हस्पिटल लिमिटेडले गरेको हो। शिविर भोली माघ २५ गते पनि सञ्चालन हुंँदैछ ।
