• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • २७ मिनेट 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
  • ३० मिनेट 

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • १३ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • १८ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १८ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • १८ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • १८ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • २१ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ६. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ७. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ८. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ९. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

गाउँमा पुगेर विशेषज्ञ स्वास्थ्य सेवा दिँदै जैमिनी नगर

  •  सोमबार, माघ २९, २०८० मा प्रकाशित

ढोरपाटन (बागलुङ) । जैमिनी नगरपालिकाले गाउँ–गाउँमा पुगेर नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा दिन थालेको छ । नगरपालिकाले समयसमयमा शिविर सञ्चालन गरेर नागरिकलाई सहज रुपमा विशेषज्ञ स्वास्थ्य सेवा दिन थालेको हो ।

दूरदराजका ज्येष्ठ नागरिक, महिला तथा आर्थिक अवस्था कमजोर भएकाहरु उपचारका लागि अस्पताल वा स्वास्थ्य चौकी नजाने भएकाले पालिकाले गाउँमै पुगेर बिरामीको खोजी गरी उपचार गरिरहेको नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो ।

आर्थिक अभावका कारण सबै नागरिकले विशेषज्ञ स्वास्थ्य सेवा लिन नसक्ने अवस्था रहेकाले महिनामहिनामा गाउँ पुगेर निःशुल्क शिविर सञ्चालन गरिरहेको उहाँको भनाइ थियो ।

नगरपालिकाले माघमा मात्रै तीन वटा विशेषज्ञ डाक्टरसहितको शिविर सञ्चालन गरेको छ । उपप्रमुख शर्माले माघ पहिलो साता पालिका केन्द्र कुश्मिसेरामा दुई दिने स्वास्थ्य शिविर, दोस्रो साता वडा नं ७ र ८ का नागरिकलाई लक्षित गरी छिस्तीमा छालारोग सम्बन्धी शिविर सम्पन्न गरेको जानकारी दिनुभयो ।

आइतबार वडा नं २ र ३ लाई लक्षित गरी दमेक स्वास्थ्य चौकीमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिएको शर्माको भनाइ थियो । कोही पनि नागरिक आर्थिक अभावमा उपचार नपाएर अकालमा ज्यान गुमाउन नपरोस् भने गत वर्षदेखि गाउँगाउँमा विशेषज्ञसहितको स्वास्थ्य शिविर सञ्चालन गर्दै आइएको उहाँले बताउनुभयो ।

“हरेक नगरिकले सहज रुपमा स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने उद्देश्यले नगरपालिका लागिपरेको छ । सीमित स्रोत साधानकाबीच पनि हामीले सबै नागरिकलाई शिविर सञ्चालन गरेर विशेषज्ञ सेवा दिइरहेका छौँ । सबै ठाउँमा विशेषज्ञ डाक्टर राखेर नियमित सेवा दिन सकिने अवस्था नभएकाले शिविर सञ्चालन गरेका हौँ”, उपप्रमुख शर्माले भन्नुभयो, “शिविरमार्फत पालिकाका सबै वडामा पुगेर सेवा दिइरहेका छौँ ।”

पोखरा, बागलुङलगायतका अस्पतालमा कार्यरत विशेषज्ञ डाक्टरलाई लिएर गाउँ–गाउँमा शिविर सञ्चालन भइरहेको शर्माको भनाइ थियो । उहाँका अनुसार डा ओमकुमार श्रेष्ठ, बालरोग विशेषज्ञ किरण शर्मा, स्त्रीरोग विशेषज्ञ विष्णु पालिखे, फिजिसियन सरोजचन्द्र बराललगायतको टोलीले शिविर मार्फत सेवा दिइरहनुभएको छ ।

शिविरलाई स्वास्थ्य कार्यालय बागलुङले निरन्तर सहयोग गर्दै आएको शर्माले बताउनुभयो । शिविरमार्फत प्रजनन् स्वास्थ्य, पाठेघरको परीक्षण, भिडियो एक्सेर, पाठेघर तथा स्तन क्यान्सरको परीक्षण, बाल रोगलगायत बिरामीको स्वास्थ्य परीक्षण, उपचार र निःशुल्क औषधि वितरण गरिरहेको उहाँले जानकारी दिनुभयो । “गम्भीर रोगका बिरामीलाई समयमै उपचारका लागि सुझावसमेत दिने गरिएको छ”, उहाँले भन्नुभयो ।

वडा नं २ की ७२ वर्षीया लीलादेवी सापकोटाले आफू लामो समय बिरामी रहेको सुनाउँदै गाउँमा डाक्टर आएर सेवा दिएपछि उपचार पाएको बताउनुभयो । वर्षौँ अगाडि पाठेघरको शल्यक्रिया गरेको भन्दै अस्पताल टाढा हुँदा नियमित जाँच गर्न नपाएको उहाँले बताउनुभयो ।

गाउँमा धेरै बुढाबुढी बिरामी रहेको भन्दै डाक्टरले गाउँमा आएर सहज रुपमा स्वास्थ्य परीक्षण गरी उपचार गरेको सापकोटाको भनाइ थियो । “सामान्य रोगको उपचार गाउँका स्वास्थ्य चौकीमा गराउने गरेका थियौँ । जटिल खालको रोग लाग्यो भने बागलुङ, पोखरा र काठमाडौँ पुग्नुपर्ने बाध्यता थियो”, उहाँले भन्नुभयो, “अहिले नगरपालिकाले हाम्रै गाउँमा ठूला डाक्टर लिएर घरमै उपचार सेवा दिँदा समय र खर्चको सदुपयोग भएको छ । स्थानीय सरकारले जनताको भावना बुझ्न थालेको छ ।”

स्थानीय पशुपति सापकोटाले विशेषज्ञ डाक्टरसहित शिविरमार्फत गाउँका धेरै नागरिक लाभान्वित भएका बताउनुभयो । पहिलेको तुलनामा पछिल्लो समय जैमिनी नगरपालिकाको स्वास्थ्य क्षेत्रमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै आएको भन्दै थप दक्षजनशक्तिसहित स्वास्थ्य चौकीमा व्यवस्थापन गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । रासस

सोमबार, माघ २९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

ताजा

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.