• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • २० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • १०. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्न मुख्यमन्त्री शर्माको आग्रह

  •  मङ्गलबार, फागुन ०८, २०८० मा प्रकाशित

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तारमा जोड दिनुपर्ने बताउनुभएको छ । कर्णाली प्रदेश अस्पतालको १८औँ स्थापना दिवस कार्यक्रमलाई सोमबार सम्बोधन गर्नुहुँदै उहाँले यहाँका नागरिकको स्वास्थ्य अवस्थालाई सुरक्षित बनाउन अस्पताल प्रशासनको विशेष हात रहेको बताउनुभयो ।

“धेरै अस्पतालले बिरामी बढ्दा सेवामा प्रभाव बढेको ठान्छन्,” उहाँले भन्नुभयो, “बिरामी होइन, हामीले रोग बढ्न नदिने गरी गुणस्तरीय सेवाको विकास र विस्तार गर्नुपर्दछ ।” प्रदेश सरकारले दशवटै जिल्लामा स्वास्थ्य सेवाको विकासमा विशेष जोड दिएको बताउँदै सङ्घीय सरकारको केन्द्रीकृत मानसिकताले केही अप्ठ्यारो परेको टिप्पणी गर्नुभयो । उहाँका अनुसार स्वस्थ र शान्त नागरिकमात्र समाजमा खुसी र सुखी हुन सक्छ । नेतृत्वले त्यो वातावरण निर्माणतर्फ सोच राख्नुपर्दछ । अस्पतालको सेवा वृद्धि र जनशक्ति व्यवस्थापनमा सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।

नेकपा (एमाले) कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले प्रदेश अस्पताल प्रदेश सरकारको बजेटमा उच्च प्राथमिकतामा परेको जनाउनुभयो । उहाँले भन्नुभयो, “नागरिक सेवा सर्वसुलभ बनाउन गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरौँ । जनसरोकारका सवालहरुलाई बृहत् रूपमा छलफलको विषय बनाऔँ ।”

आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले कर्णाली प्रदेश अस्पताल प्रदेश सरकारको गर्व गर्न लायक स्वास्थ्य संस्था बन्दै गएकाले यसलाई विशिष्ट स्वास्थ्य संस्थाका रुपमा विकास गर्नुपर्ने सुझाउनुभयो । कर्णाली सरकारका प्रमुख सचिव चुडामणि पौडेलले अस्पतालको सेवालाई आधुनिकीकरण गरी विशेषज्ञ सेवालाई गाउँमा पु¥याउनुपर्ने सुझाव दिनुभयो ।

प्रदेश अस्पतालका निर्देशक डा डम्बर खड्काले आठ वर्षको कार्यकालमा आठ उपलब्धि हासिल गरेको बताउनुभयो । भौतिक पूर्वाधारमा भएको विकास, जनशक्तिको पर्याप्तता, आधुनिक स्वास्थ्य उपकरण जडान, अस्पतालको सेवामा सुधार तथा विस्तार, जटिल खालका रोगको निदान तथा उपचारमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान र कोरोना महामारीसँगको साहसिक लडाइँ, अस्पतालको सर्वाङ्गीण विकासका लागि सरोकारवालासँगको प्रगाढ सम्बन्ध र सहकार्य तथा यी सबै प्रयासबाट आर्जित जनविश्वास प्रमुख उपलब्धि भएको उहाँले बताउनुभयो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको उपकुलपति डा मङ्गल रावलले पश्चिम नेपालको हिमाली क्षेत्र अवस्थित प्रतिष्ठान र प्रदेश अस्पतालबीचको सहकार्यले कर्णालीका नागरिकको स्वास्थ्य अवस्था जुरुक्कै माथि उठ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “बिरामी चाप बढ्नुले कतै हामीले नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पु¥याउन सकेनौँ कि भन्नेबारे गम्भीररुपले सोच्नै पर्दछ ।”

प्रतिष्ठानमा ९० भन्दा बढी विशेषज्ञसहित तीन सय ५० जनशक्ति रहेको जनाउँदै उपकुलपति रावलले ग्रामीण स्वास्थ्यको अध्ययन केन्द्र जुम्ला बन्ने जिकिर गर्नुभयो । प्राज्ञिक संस्था र अस्पताल दुवै एक अर्काका परिपूरक भएकाले प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल सुर्खेतको सहकार्य अपरिहार्य रहेको उहाँको भनाइ थियो । रासस

मङ्गलबार, फागुन ०८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.