• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • २ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • ६ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • ७ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • ७ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • ७ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • ९ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ११ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • १३ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • १३ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

  • १०. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

क्यान्सर बिरामीको लागि एक दम्पतीद्धारा घर जग्गा बेचेर कोष स्थापना

  •  सोमबार, फागुन १४, २०८० मा प्रकाशित

चितवन । क्यान्सर रोगबाट पीडित बिरामीको उपचारका लागि एक दम्पतीले आफ्नो घर जग्गा बेचेर सहयोग कोष स्थापना गर्नुभएको छ । काठमाडौँको किर्तीपुर नगरपालिका–१ ट्याङ्लाफाँट बस्ने ७३ वर्षिय तीर्थराज पराजुली र उहाँकी श्रीमती शारदा देवी पराजुलीले कोष स्थापना गर्नुभएको हो ।

उहाँहरुले काठमाडौँमा रहेको घर जग्गा बेचेर क्यान्सर पीडित बिरामीको उपचारका लागि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सहयोग कोष स्थापना गर्नुभएको छ । उहाँहरुले आफ्नो छोरा स्व डा अञ्जन पराजुलीको सम्झनामा रु एक करोड एक लाख ११ हजार एक सय ११ बराबरको ‘अञ्जन स्मृति क्यान्सर पीडित सहयोग कोष’ स्थापना गर्नुभएको हो ।

स्व अञ्जनको ठूलो आन्द्रामा क्यान्सर भइ विसं २०७८ वैशाख १ गते ४२ वर्षको उमेरमा निधन भएको थियो । अष्ट्रेलियामा रहनुभएका अञ्जनको उपचारका क्रममा विदेशमा नै निधन भएपछि परिवारले क्यान्सरका कारण कोही मर्नु नपरोस् भनेर कोष स्थापना गरिएको बुबा तीर्थराजले बताउनुभयो ।

क्यान्सरको समयमा पहिचान हुन नसक्दा छोरो गुमाउनु परेको बताउँदै उहाँले यो रोगबाट आर्थिक अवस्था कमजोर भएकालाई बचाउनका लागि कोष स्थापना गरिएको बताउनुभयो ।

तीर्थराजले भन्नुभयो, “हामी त पीडामा भयौँ नै, अरु कोही पनि यस्तो पीडामा पर्नु नपरोस्, हाम्रो सहयोग काम लागोस् भनेर कोष स्थापना गरेका हौँ ।” क्यान्सर पीडितलाई सरकारले दिने अनुदान सहयोग रकम सकिएपछि यो कोषबाट उपचार गर्ने गरी रकम हस्तान्तरण गरिने उहाँले जानकारी दिनुभयो ।

पराजुली परिवारले सो रकम बराबरको चेक आज अस्पतालका कार्यकारी निर्देशक डा शवजी पौडेल र अध्यक्ष डा विजय न्यौपानेलाई हस्तान्तरण गर्नुभएको छ । कोष सञ्चालनका लागि अस्पतालका कार्यकारी निर्देशकको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने, कोषबाट सुविधा प्राप्त गर्ने व्यक्तिको विवरण दातालाई जानकारी गराउने, सेवा प्राप्त बिरामीलाई भेट्ने र कुरा गर्ने वातावरण सृजना गर्ने, सुविधा प्रदान गरिएका व्यक्तिको उपचारको किसिम र त्यसको अवस्थालगायत विषयमा जानकारी गराउने गरी दुईपक्षीय सम्झौता गरिएको छ ।

रकम ग्रहण गर्दै अस्पतालका अध्यक्ष डा न्यौपानेले कोषबाट धेरै बिरामीले नयाँ जीवन पाउने विश्वास व्यक्त गर्नुभयो । यसको सही सदुपयोग गरिने उहाँको भनाइ छ ।

अस्पतालका कार्यकारी निर्देशक डा पौडेलले कोषलाई सञ्चालन गर्नका लागि कार्यविधि बनाएर अघि बढ्ने बताउनुभयो । अशक्त, असाहाय तथा आर्थिक अवस्था कमजोर भएकाको पहिचानका लागि समिति गठन गरेर काम गरिने उहाँको भनाइ छ । रासस

सोमबार, फागुन १४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.