• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • १२ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • १७ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १७ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • १७ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • १७ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • २० घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • २१ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • २३ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ४. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ५. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ६. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ७. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ८. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ९. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

बागलुङ नगरपालिकामा घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य

  •  शुक्रबार, फागुन १८, २०८० मा प्रकाशित

ढोरपाटन (बागलुङ) । बागलुङ नगरपालिका भित्र पछिल्लो दुई वर्षयता घरमा सुत्केरीहुनेको सङ्ख्या शून्यमा झरेको छ । नगरपालिकाले विकट गाउँसम्म स्वास्थ्य सेवाको पहुँचसँगै जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरेपछि अहिले सो सफलता प्राप्त भएको हो । बागलुङ बजारमा सुविधासम्पन्न धवलागिरि अस्पताल हुँदा धेरै महिला सुत्केरी हुनका लागि अस्पातलमा आउने गरेका छन् भने गाउँ–गाउँमा भने बर्थिङ सेन्टरमा पुग्ने गर्छन् । गर्भवतीलाई स्वास्थ्य स्वयंसेविकाले घरघरमै पुगेर सचेत बनाउने गर्दै आएका छन् ।

अहिले हरेक गर्भवतीलाई स्वास्थ्य संस्थामै पुगेर बच्चा जन्माउनुपर्छ भन्ने चेतना बढेको नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताउनुभयो । पहिले बजार आसपासका गर्भवतीमात्रै स्वास्थ्य संस्थामा आएर बच्चा जन्माउने गरे पनि ग्रामीण क्षेत्रबाट कम आउने गरेको उहाँको भनाइ छ । हाल गाउँका स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरमा जनशक्ति व्यवस्थापनपछि टाढाका गर्भवतीलाई सहज हुँदै गएको प्रमुख खनाल बताउनुहुन्छ । कहिलेकाहीँ टाढाबाट स्वास्थ्य संस्थामा आउँदाआउँदै बाटोमा समेत नवजात शिशु जन्मने गरेको उहाँको भनाइ छ ।

“अहिले नागरिकमा चेतनाको वृद्धि भएको छ, पहिलेजस्तो घरमै शिशु जन्माउनुपर्छ भन्ने सोचको अन्त्य भएको छ, गर्भवतीको घरघरमा स्वयंसेविका पठाउने, फोन, एसएमएसमार्फत जानकारी गराउने गर्छौँ, जनचेतना फैलियो, उहाँहरू पनि सचेत हुनुभयो, त्यही भएर घरमा बच्चा जन्माउने अवस्थाको अन्त्य भयो”, उहाँले भन्नुभयो, “अहिले त गर्भवतीको मोबाइलमा गर्भ जाँच्न आउनु भनेर म्यासेज जान्छ, त्यही भएर पनि कसैले घरमा नवजात शिशु जन्माउनुहुन्न ।”

उहाँका अनुसार बागलुङ नगरपालिकाको १४ वटा वडामा २३ स्वास्थ्य संस्था छन् । ती मध्ये सात स्वास्थ्य संस्थामा बर्थिङ सेन्टरको सुविधा छ । नगरपालिकामा एउटा नगर अस्पताल, नौवटा स्वास्थ्य चौकी, तीनवटा आधारभूत स्वास्थ्य केन्द्र, आठवटा सहरी स्वास्थ्य एकाइ र एउटा मातृ तथा शिशु क्लिनिक रहेका छन् । स्वास्थ्यसम्बन्धी सेवासुविधा बढेपछि नागरिकले समस्या भोग्नु नपरेको उहाँको भनाइ छ । गत वर्षको तथ्याङ्कमा धवलागिरि अस्पतालमा मात्रै एक हजार महिला सुत्केरी भएको स्वास्थ्य शाखा प्रमुख खनालले बताउनुभयो ।

बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले सबै नागरिकलाई सहज स्वास्थ्यको पहुँचमा ल्याउनका लागि नगरपालिकाले योजनाबद्धरूपमा काम गरिरहेको बताउनुभयो । आमा र शिशुको ज्यानको सुरक्षाका लागि स्वास्थ्य संस्थामै सुत्केरी हुन जरुरी रहेको हुँदा नगरपालिकाले सोहीअनुसार प्रोहोत्सन गर्दा अहिले पालिका शून्य होमडेलिभरी हुन पुगेको उहाँको भनाइ छ । नगरपालिकाले स्वास्थ्य क्षेत्रमा हरेक वर्ष ठूलो लगानी गर्दै आएको र नागरिकले सोहीअनुसार सेवासुविधा पाउन थालेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “सबैभन्दा ठूलो स्वास्थ्य हो, नागरिकको स्वास्थ्य बचाउनु हाम्रो दायित्व हो, यसमा हामी प्रतिबद्ध भएर लागेका छौँ, बजार क्षेत्रका नागरिकले त धवलागिरि अस्पतालबाट सेवा लिन सक्नुहुन्छ, गाउँबाट आउनेलाई समस्या हुन्छ, त्यसले गर्दा गाउँगाउँका स्वास्थ्य संस्थालाई व्यवस्थित बनाउने र गुणस्तरीय स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ, नगरपालिकाभरि एम्बुलेन्स सेवा पनि सञ्चालन गरिरहेका छौँ ।”

शुक्रबार, फागुन १८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.