• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १६ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १६ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १६ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

मानसिक रोगप्रति संवेदनशील हुनुपर्नेमा सरोकारवालाको जोड

  •  शुक्रबार, फागुन १८, २०८० मा प्रकाशित

कर्णाली । पछिल्लो समयमा नेपाली समाजमा मानसिक रोगप्रति संवेदनशील नहुँदा यो विकराल समस्याका रुपमा देखिन थालेको सरोकारवालाहरुले बताएका छन् ।

कर्णाल प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजना तथा सिएमसी नेपालको समन्वय तथा सहकार्यमा आज वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली प्रादेशिक मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनैतिक कार्ययोजनाको निर्माण प्रक्रिया र कार्यान्वयको अवस्था विषयक छलफलमा सहभागी सरोकारवालाहरुले मानिसक रोगले समाज भित्रभित्रै प्रभावित भएको बताएका हुन् ।

गण्डकी प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सुशीला सिम्खडाले मानव स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति भएको उल्लेख गर्दै समृद्ध समाज निर्माणका लागि मानसिकरुपमा स्वस्थ नागरिक हुनुपर्छ भन्नुभयो । “खानपिन, वैदेशिक रोजगार र हाम्रो जीवनशैलीका कारण अहिले मानसिक रोग बढ्दै गएको छ,” उहाँले भन्नुभयो, “यसको रोकथाम तथा नियन्त्रणमा सबै तहका सरकारले आवश्यक नीति तथा रणनैतिक कार्ययोजना बनाएर अगाडि बढ्नुपर्दछ ।”

त्यसैगरी, लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री राजु खनालले पछिल्लो समय समाजमा मानसिक रोग र दुर्घटनाबाट धेरै मानिसको मृत्यु भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले मानिसहरु नसर्ने रोगको जोखिममा छन् । यस क्षेत्रमा विशेषज्ञ जनशक्ति उत्पादन गर्नेतर्फ ध्यान दिन जरुरी छ ।

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले ‘डिप्रेसन’का कारण आत्महत्या बढ्दै गएकाले त्यसलाई नियन्त्रण गर्न राज्य गम्भीर हुनुपर्ने बताउनुभयो ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका सचिव डा भोजराज शर्मा काफ्लेले एसियामै स्वास्थ्यमा सबैभन्दा बलियो सञ्जाल भएको देश नेपाल भएको दाबी गर्दै व्यवस्थापनमा सबल पक्ष भनेकै संवेदनशीलता हो भन्नुभयो ।

मधेस प्रदेशका स्वास्थ्य सचिव डा प्रमोदकुमार यादवले ६३ लाख जनसङ्ख्या भएको मधेसका लागि तीनजना मानसिक रोग विशेषज्ञ जनशक्ति रहेका जनाउनुभयो ।

लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा जनार्दन पन्थीले मनोपरामर्शदाताबाट समयसमयमा सुझाव लिनुपर्ने बताउनुभयो ।

स्विस राजदूतावासका प्रतिनिधि प्रतिज्ञा सिम्खडाले सङ्घीयताको मर्मअनुसार मानसिक स्वास्थ्यसम्बन्धी रणनीतिलाई नजिकबाट नियाल्दै आएको बताउनुभयो ।

कर्णाली प्रदेश अस्पतालका मानसिक रोग विशेषज्ञ डा सुशील समदर्शीले मनोसामाजिक अपाङ्गता भएका व्यक्तिलाई थप सहयोग पुग्नेगरी कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति र कार्ययोजना तयार गरेको बताउनुभयो ।

सिएमसी नेपालका प्राविधिक निर्देशक डा पशुपति महतले मानसिक स्वास्थ्यको विद्यमान अवस्था, सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर शाहीले प्रदेशस्तरमा मानसिक स्वास्थ्य रणनीतिक कार्ययोजना, कार्यान्वयनका क्रममा देखिएका सबल र सुुधार गर्नुपर्ने पक्ष, डा वासुदेव कार्कीले राष्ट्रिय मानसिक स्वास्थ्य नीति, प्रादेशिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजनाको मस्यौदा र यसका विशेषताका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । रासस

शुक्रबार, फागुन १८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.