• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • ३ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • ७ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • ८ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • ८ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • ८ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • १० घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ११ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • १३ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • १३ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • १०. सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

स्वास्थ्य क्षेत्रमा सबैको पहुँच पुग्नु पर्छः मन्त्री जोशी

  •  शनिबार, फागुन १९, २०८० मा प्रकाशित

चितवन । बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले स्वास्थ्य क्षेत्रमा सबै जनताको अधिकार पुग्नु पर्ने बताउनुभयो । नेपाल रेडक्रस सोसाईटी चितवन शाखाको ५२ औं साधारणसभा आज सम्बोधन गर्दै उहाँले स्वास्थ्य क्षेत्रमा जनताको पहुँच पुग्नु पर्ने बताउनुभयो ।

स्वास्थ्य क्षेत्रमा अहिले भएका सेवाहरु अझै अपुग भएको भन्दै उहाँले यसलाई बिस्तार गर्दै अघि वढ्नुपर्ने बताउनुभयो । प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा गरेका कामहरु अहिले सम्मकै उत्कृष्ट भएको भन्दै उहाँले यसलाई अझै प्रभावकारी रुपमा कार्यान्वयमा ल्याउनु पर्ने बताउनुभयो । रेडक्रस एउटा सामाजिक संस्था भएको भन्दै उहाँले यसको गरिमा कायम गर्दै सामाजिक काममा लाग्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै अघि वढ्नुपर्ने हुन्छ ।”

कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारी, भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले रेडक्रसले बिपत्तीको समयमा खेल्ने भूमिका महत्वपूर्ण भएको बताउनुभयो । यसको भूमिकालाई अझै प्रभावकारी बनाउँदै लैजान सके समाज परिवर्तनमा सहज हुने उहाँहरुको भनाई थियो । जुन सुकै समयमा पनि बिना व्यवधान सेवामा लाग्नु सामान्य कुरा नरहेको उहाँहरुले बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति हरिप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गैडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारी, नेपाल रेडक्रस सोसाइटी वागमती प्रदेशका अध्यक्ष भोलानाथ रुपाखेती, मकवानपुर जिल्ला शाखाका सभापति लालबहादुर थापा, नवलपरासी सुस्ता पूर्वका सभापति ऋषिराम कंडेल,वी.पि.कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा. विजय न्यौपाने, नेपाली काँग्रेस चितवनका उपसभापति राजीव न्यौपाने, ने.क.पा. एमालेका प्रतिनिधि श्याम विष्ट, ने.क.पा. माओवादीका प्रतिनिधि सागर अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक कृष्णप्रसाद भूषाल, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन श्रेष्ठ, चितवन उद्योग संघका प्रतिनिधि गजेन्द्र अधिकारी, नेपाल क्षयरोग निवारण संस्था चितवनका सभापति दामोदर न्यौपाने, नेपाल पत्रकार महासंघ चितवनका नारायण अधिकारी लगायतले रेडक्रसले खेल्ने भूमिकाका बिषयमा बोल्नुभएको थियो ।

साधारण सभामा शाखाका मन्त्री राममणी खनाल बार्षिक प्रतिबेदन, कोषाध्यक्ष विजयराज खनालले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

साधारण सभाको अबसरमा पूर्व सभापति वावुराम श्रेष्ठ, पूर्वउपसभापति एवं शिक्षाविद् डा.केशवभक्त सापकोटा, कार्यसमितिका पूर्वसदस्य केदारनाथ कोइराला, नेपाल रेडक्रस सोसाइटी शुक्रनगरका निवर्तमान सभापति एवं भरतपुर महानगरपालिका वडा नं. २५ का वडा अध्यक्ष छविलाल सापकोटा, वीरेन्द्रनगर उपशाखाका पूर्वसभापति राजकुमार कंडेल, कृष्णपुर उपशाखाका पूर्वसभापति गंगाप्रसाद चापागाई, नेपाल पत्रकार महासंघका अध्यक्ष नारायण अधिकारीलाई सम्मान गरिएको थियो ।

शनिबार, फागुन १९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.